धादिङ बचत संघलाई सुदृढ र उत्कृष्ट बनाउँछौः नवनिर्वाचित अध्यक्ष नवराज शर्मा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ बचत संघलाई सुदृढ र उत्कृष्ट बनाउँछौः नवनिर्वाचित अध्यक्ष नवराज शर्मा 

धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले भर्खरै नवराज शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति पाएको छ । जिल्ला बचत संघको पुस ३ गते शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट नवराज शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र इन्द्र बहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको हो । नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त सभाले शर्मालाई सहज नेतृत्व हस्तान्तरण गरेको हो । संघीय राजधानीसँगै अडेस लागेको जिल्ला सहकारीको प्रशस्त सम्भावना भएको ठाउँ हो । 

प्राज्ञिक व्यक्तित्व समेत रहुनभएका नवनिर्वाचित अध्यक्ष शर्माका लागि सहकारी क्षेत्र नौलो नभएपनि बचत संघको बागडोर भने नयाँ हो । व्यवस्थापन संकायमा स्नातकोत्तर र जनप्रशासनमा एम.फिल (थेसीस वर्ष) अध्ययन गर्नुभएका उहाँको सहकारी यात्रा २०५४ सालमा जिल्लास्थित श्रोत परिचालन साकोसको सञ्चालकबाट सुरु भएको हो । उहाँ जिल्लास्थित नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख समेत हुनुहुन्छ ।

२०२९ साल पुस १५ गते जन्मिनुभएका शर्मा स्थानीयहरुको पहलमा बचत ऋणको कारोबार गर्ने विश्वासीलो सहकारी संस्था नभएकोले जिल्ला सदरमुकाममा संस्था स्थापना गर्ने क्रमबाटै यस क्षेत्र आबद्ध भएको बताउनुहुन्छ ।

श्रोत परिचालन साकोसको सचिव, उपाध्यक्ष र २ कार्यकाल अध्यक्ष, हाल सल्लाहकार, धादिङ वचत तथा ऋण सहकारी संघको २ कार्यकाल उपाध्यक्ष, जिल्ला सहकारी संघको सञ्चालक सहकारी अनुभवका धनी प्राज्ञिक व्यक्तित्व शर्मासँग जिल्लाको समग्र सहकारी अभियान, बचत ऋण सहकारी अभियान, जिल्ला बचत संघको सम्भावना, सेवा, प्राथमिकता क्षेत्र, रणनीति आदि विषयमा साकोस आवाजले गरेको इमेल अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।)

धादिङ जिल्ला बचत संघको अध्यक्ष निर्वाचित हुनुभएको छ ? कस्तो महशुस भैरहेको छ ?
अध्यक्ष निर्वाचित हुँदा खुशीका साथै बचत संघलाई हालको अवस्थाबाट माथि उठाइ एक सुदृढ संघ बनाउने जिम्मेवारी महशुस भएको छ ।

नयाँ सञ्चालक समिति कस्तो बनेको छ ?
नयाँ सञ्चालक समिति भौगोलिक, लैङ्गिक रुपमा समावेशी, अनुभवी, उत्साही एवम् उर्जाशील बनेको छ ।

अध्यक्ष उठ्ने निश्चय गर्दा बचत संघलाई के कसरी अघि बढाउने सोच बनाउनुभएको थियो ? प्राथमिकताका क्षेत्र र योजनाहरु के छन् ?
संघको कारोबार वृद्धि, सदस्य संस्थाहरुको विश्वास आर्जन, सदस्यता विस्तार र संघलाई देशकै उत्कृष्ट संघमध्येको एक बनाउने रणनीतिक सोच थियो । जहाँसम्म प्राथमिकताका कुरा छन्ः सदयता विस्तार, सदस्य संस्थाहरुको सुदृढीकरण, स्थानीय तहहरुसँग समन्वय, अन्तर लगानी कार्यक्रममा सबै संस्थाहरुको सहभागिता, गुणस्तर सुनिश्चितता कार्यक्रममा संघको संलग्नता रही आफै प्रमाणीकृत गर्ने आदि छन् ।

बचत संघको अवस्था कस्तो छ ?
दुई वर्ष अघि १० लाखको वासलात रहेको बचत संघ मुनाफा आर्जन गर्न नसकेको अवस्थामा थियो भने हाल सदस्य संस्थाहरुको विश्वास जित्दै आफनो कारोबार र सक्रियतालाई बढाउन सफल भएको छ । हाल संस्थाको वासलाल ४ करोडको रहेको छ भने संस्थाले सञ्चित नोक्सान कटाइ १० प्रतिशत मुनाफा दिन र तालिम प्रशिक्षण लगायतका सेवा दिन सफल भएको छ । यो अवस्थालाई थप मजबुत बनाउने जिम्मेवारी नयाँ सञ्चालक समितिमा आएको छ ।

संघका सम्भावनाहरु के कस्तो पाउनुभएको छ ?
सदस्यता र कारोबार बिस्तारको संभावना, स्थानीय तहहरुसँग समन्वय गरी संयुक्त रुपमा कार्यक्रमहरु गर्न सक्ने, नेफ्स्कूनसँगको सहकार्यमा ब्राण्डिङ कार्यक्रममा संलग्न संस्थाहरुलाई ब्रण्डिङ गर्न सकिने, स्थानीय स्तरको आफ्नै गुणस्तर सुनिश्चतताको कार्यक्रम विकास गर्न सकिने लगायतका धेरै सम्भावना छन् ।

संघका चुनौतीहरु के छन् जस्तो लाग्छ ?
भौगोलिक विषमता, प्रतिस्पर्धा र विगतमा त्यति राम्रो गर्न नसकेको कारणबाट सदस्यहरुको विश्वास जित्ने विषयहरु चुनौतीपूर्ण नै छन् ।

बचत संघको पछिल्लो रणनीतिक योजना कहिले बनेको थियो ? त्यसका मुख्य लक्ष्य, योजना, कार्यक्रम र उपलब्धिहरुको अवस्था कस्तो छ ?
२०७६ सालमा निर्माण गरिएको रणनीतिक योजनाका मुख्य लक्ष्यहरुमा अन्तर लगानी कारोबार बृद्धि, सदस्यहरुको क्षमता विकास विकास, सदस्यता विस्तार, एक्सेस, प्रोबेशनमा, कर्र्बस र्काक्रममा सहभागी हुन नसक्ने साना संस्थाहरुको लागि छुट्टै स्थानीय स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम विकास आदि प्रमुख थिए ।

सबै अर्थिक लक्ष्य प्राप्त भएका छन् भने कोभिडका कारण क्षमता विकासका कार्यक्रमहरु सबै हुन सकेनन् । साना सहकारीलाई गुणस्तर सुनिश्चितता कार्यक्रममा ल्याउने लक्ष्य आंशिक रुपमा पूरा भएको छ ।

जिल्लाको समग्र सहकारी अभियान कस्तो पाउनुभएको छ ? 
धादिङ जिल्लाभर हाल ६ वटा विषयका गरी कुल ४२७ सहकारीहरु छन् । पालिका स्तरीय संघ एउटा छ । ९१ वटा बचत ऋण सहकारी छन् ।

जिल्ला र प्रदेशस्तरीय नियामक निकायबाट कानूनी र नीतिगत रुपमा के कस्तो सहयोग मिलेको छ ?
गुणस्तर सुनिश्चितता कार्यममा सहकार्य, अन्तर लगानी, क्षमता विकास कार्यक्रम आदिमा सहकार्य र सहयोग हुँदै आएको छ ।

बचत संघले हालसम्म प्राप्त गरेका उपलब्धिहरु के हुन ? 
जिल्लाको सबैभन्दा सक्रिय संघ भएका कारण सबैभन्दा बढी सदस्य सस्थाहरुलाई तालिम शिक्षा प्रदान गर्ने, अन्तर लगानी कार्यक्रम अन्तरगत सदस्य संस्थाहरुको तरलता व्यवस्थापनमा बचत संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सहकारीमार्फत समृद्धि सम्भव छ ?
अवश्य सम्भव छ । पूँजी निर्माण र परिचालनमा महत्वपूर्ण भूमिका भएको सहकारीहरुमार्फत उद्यमशिलताको विकास, वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, सामाजिक र साँस्कृतिक शसक्तिकरण, महिला र सिमान्तकृत समुदायको शसक्तिकरण आदिमा सहकारीहरुले महत्वपूर्ण काम गरेका छन् र गर्न सक्छन् ।

हाल तपाईका अरु जिम्मेवारीहरु के छन् ? 
नीलकण्ठ बहुमुखी क्याम्पसको विगत पाँच वर्षदेखि क्याम्पस प्रमुख, नेपाल हृदय रोग निवारण प्रतिष्ठान धादिङ शाखाको कोषाध्यक्ष, चिल्ड्रेनपार्क आवासीय मा.वि.को संस्थापक जस्तो भूमिकामा समेत संलग्न हुनुहुन्छ ।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
आफ्नो पेशालाई पहिलो प्राथमिकता राखी बाँकी समय सहकारी लगायतका अन्य सामाजिक संघ संस्थालाई दिदैं आएको छु । विशेष गरेर बिहान र साँझको समय क्याम्पस, दिउँसो १२ बजेखि ३ बजेसम्म संघ संस्थाहरुमा समय व्यथित हुन्छ ।

अन्त्यमा केही भन्नु छ कि ?
सहकारीमार्फत समाजवाद तिरको लक्ष्य प्राप्तिमा सबै सहकारीकर्मी लाग्नुपर्ने आवश्यकता छ । जिल्लाको समग्र सहकारी अभियान, जिल्ला बचत संघको अवस्था र मेरो व्यक्तिगत पाटाहरु सम्बन्धमा केही विचार राख्ने अवसरको लागि नेफ्स्कूनको अनलाइन प्रकाशन साकोस आवाजलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

 


 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप