उदयपुरको सहयोगी साकोस 'प्रोबेसन' कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उदयपुरको सहयोगी साकोस 'प्रोबेसन' कार्यक्रममा आबद्ध

 गुणस्तरीयताका लागि 'प्रोबेसन' रोजिएको अध्यक्ष सुवेदीको भनाइ

काठमाडौं । उदयपुर जिल्लाको बेलंका नगरपालिका ९ स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । २०६६ साल असोज १८ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएको सहयोगी साकोसले असोज २२ गतेबाट कारोबार सञ्चालन गरेको थियो । संस्थालाई वित्तीय रुपमा सुरक्षित, सबल र दिगो बनाउन नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरणसम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा सहभागी हुने निर्णय भएको अध्यक्ष पुष्पराज सुवेदीले साकोस अवाजलाई जानकारी गराउनुभयो । अध्यक्ष सुवेदीका अनुसार संस्थाको वित्तीय शुद्धता, सुरक्षा, संरचनागत सुधार र विश्वसनीयता वृद्धिको उद्देश्य र अपेक्षासहित गुणस्तरीय सुनिश्चिततासम्बन्धी प्रमाणीकरण कार्यक्रममा आबद्धता जनाउने सहमति सञ्चालक समिति बैठकले गरेको हो । आज साकोसका कार्यालयमा प्रोबेसन कार्यक्रम सम्झौता भएको हो । कार्यक्रममा साकोसका अध्यक्ष सुवेदी, नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, कार्यक्रम अधिकृत मुकेश दाहालसँगै संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

२८ जनाबाट जनही ५ हजार रुपैयाँका दरले सेयर पुँजी संकलन गरी सुरु भएको सहयोगी साकोसमा हाल ३५ सय सदस्य छन् । सदयहरुलाई आयआर्जनको काममा जोड्नुपर्ने आवश्यकतालाई साकोसले बोध गरेको भन्दै उद्यमशीलतामा सहयोगी योजना तथा सेवा विस्तारलाई प्राथमिकतामा राखिएको अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । कोभिडले गर्दा सदस्यहरुको आय आर्जनका विकल्पहरु साँघुरिएका कारण भाखा नाघेको ऋण व्यवस्थापन चुनौती भएको उहाँले बताउनुभयो । बेलंका नगरपालिका भर कार्यक्षेत्र रहेको साकोसको वडा नं ४ लालबजारमा सेवा केन्द्र रहेको छ भने १० जना कर्मचारीहरु कार्यरत छन् । २ करोड ११ लाख सेयर पुँजी रहेको संस्थाले २१ करोड ७६ लाख बढी ऋण प्रवाह गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप