बालकुमारी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बालकुमारी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को २१औं बार्षिक साधारणसभा पुस १० गते शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष तुईलाल श्रेष्ठ को अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, जिल्ला सहकारी संघ लि. भक्तपुरका लेखासमिति संयोजक ध्रुव बहादुर रायमाझी, स्थानीय सहकारीकर्मी लगायत सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सदस्यहरुको उपस्थिति रहेको थियो । 

सभालाई संम्बोधन गर्दै प्रमुख अतिथि संघका अध्यक्ष पौड्यालले अब्बल र संगठित संस्थाको रुपमा परिचित बालकुमारी साकोस अब गुणस्तरीय विकास र विस्तारसँगै सदस्यहरुको धन सृजना गर्ने अभियानमा जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो । नेफ्स्कूनले साकोसको दीगो संस्थागत विकासका लागि स्तरीकरण कार्यक्रम साथै सुरक्षित, विश्वसनीय र सदस्यको बचतको सुरक्षाका लागि स्थिरीकरण कोष मार्फत सुरक्षा कवजको रुपमा काम गर्न दृढताका साथ अगाडि बढेको बताउनुभयो । कोष औपचारिक रुपमा सञ्चालनको प्रक्रियामा अगाडि बढेको बताउँदै कोषले असामान्य अवस्थामा पनि सदस्यको पैसाको सुरक्षा गर्ने दावी उहाँले गर्नुभयो ।
  
बचत ऋण सहकारीका पिता एफ. डब्ल.ु राइफाइसनको सहकारी सिद्धान्त स्वसहयोग, स्वशासन र स्वउत्तरदयित्वको चर्चा गर्दै अध्यक्ष पौड्यालले सहकारी संस्था सदस्यको संस्था भएको र त्यहाँका सञ्चालक केवल अभियानको सहयात्री मात्रै रहेको प्रशंङ्ग औल्याउनुभयो । उहाँले  भक्तपुर जिल्ला पर्यटकीय दृष्टिकोणबाट अनुपम नमुना भएकोले पनि यहाँ भित्रने करिबन २० लाख नागरिसँग जोडिएका उद्यमशिलता विकासका नयाँ आयामहरुको खोजीमा बालकुमारी लगायत भक्तपुरका बचत संघ र बचत संस्थाहरुले जोडिनुपर्ने भन्दै त्यसका लागि शुभकामना व्यक्त गर्नुभयो ।

भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखजुले आगामी दिनमा संस्थाको थप सफलता, उन्नती प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । 

सदस्यहरुको सामाजिक तथा आर्थिक उत्थानका साथै विविध सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आइरहेको सहकारीले समुदाय र सदस्यको हितमा काम गर्दै जिल्लामै नमूना सहकारीको छवि निर्माण गर्न सकिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।  

सभामा आ.व. २०७८।७९ को कार्ययोजना प्रस्तुत गर्दै उहाँले शेयरपुँजी वृद्धि गर्दै जाने, कर्मचारीको क्षमता अभिवृद्धिका लागि पुनर्ताजगी तालिम सञ्चालन गर्ने, संस्थामा आवद्ध सदस्य एवं विभिन्न समितिमा रहेकाहरुलाई क्षमता अभिवृद्धि गर्ने, एसएमएस मोबाइल बैंकिङ लगायताका सुविधा थप गर्ने र सदस्यहरुलाई उद्यमी बनाउन उद्यमशीलता तालिम सञ्चालन गरी प्रोत्साहन गर्ने योजना रहेको श्रेष्ठले उल्लेख गर्नुभयो ।  

त्यसैगरी आन्तरिक पर्यटनलाई प्रोत्साहन दिन अध्ययन अवलोकन भ्रमण गर्ने, सेवा केन्द्र स्थापना गर्ने, आदर्श मा.वि. लायकुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र यस वर्ष बालप्रेम मा.वि., सुगाटोलका विद्यार्थीहरुलाई पनि बालकुमारी छात्रवृत्ति प्रदान गरिने उहाँले जानकारी गराउनुभयो । 

संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले आ. व. २०७७।७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिड १९ महामारीमा तनाव व्यवस्थापन, तरलता व्यवस्थापन र ऋण लगानी सम्बन्धी अन्तक्र्रिया, खानपान र व्यायामको महत्व सम्बन्धी प्रवचन, वैवाहिक जबर्जस्तीकरणी विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

संस्थाका कोषाध्यक्ष सुदीप श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयरपुँजी १२ करोड ७४ लाख, जगेडा तथा अन्य कोषमा ५ करोड १२ लाख, १ अर्ब ६४ करोड ८६ लाख बचत संकलन र १ अर्ब ४४ करोड ४४ लाख ऋण लगानी गरेको बताउनुभयो । संस्थामा ५ हजार १ सय ६२ जना सदस्य आवद्ध रहेका छन् । 

सभाले साकोसका विभिन्न सेवामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, जेष्ठ सदस्य, बाल बचतकर्ताहरु, कर्मचारी, तालिम प्रशिक्षक लगायतलाई सम्मान तथा कदरपत्र प्रदान गरेको थियो । त्यसैगरी नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाललाई साकोसको सञ्चालक समिति, कर्मचारी लगायतलाई विभिन्न प्रकारका तालिम तथा शिक्षा प्रदान गरेको प्रति उच्च सम्मान गर्दै उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको थियो । २०५७ सालमा २८ जना स्थानीय जागरुक, समाजसेवी, शिक्षासेवी एवं व्यापारीद्वारा स्थापित बालकुमारी साकोसले हालसम्म जिल्लाभर उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप