गोरखाको श्री गोरखकाली साकोस ‘प्रोबेसन’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोरखाको श्री गोरखकाली साकोस ‘प्रोबेसन’ कार्यक्रममा आबद्ध

काठमाडौं । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा अवस्थित श्री गोरखकाली बचत तथा ऋण सहकारी संस्था लि. स्तरीकरण कार्यक्रम ‘प्रोबेसन’ मा आबद्ध भएको छ । २०४८ साल साउन ७ गतेदेखि बचत संकलनको सुरुवात गरेको श्री गोरखकालीले २०५०  साल साउन ७ गते डिभिजन सहकारी कार्यालय तनहुँको दमौलीमा दर्ता भई कारोबारमा पूर्णता प्राप्त गरेको थियो । 

संस्थालाई वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने र समयानुकुल प्रविधिमैत्री बनाउँदै जाने उद्देश्यले नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरण सम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा सहभागी हुने निर्णय भएको संस्थाका अध्यक्ष सुजन कुँबरले साकोस अवाजलाई जानकारी गराउनुभयो । अध्यक्ष कुँवरका अनुसार साकोसका सेवाहरुलाई गुणस्तरीय बनाउँदै नीति विधिमा सञ्चालनमा ल्याउन, सदस्यहरुलाई आर्थिकरुपले सबल बनाउन र दीगो गुणस्तरीय र विश्वसनीय साकोस निर्माणमा अघि बढ्न स्तरीकरण कार्यक्रममा सहभागी बन्ने निर्णय भएको जानकारी गराउनुभयो ।

सदस्यहरुलाई बचत तथा ऋण सेवा मार्फत आयआर्जनका काममा जोड्दै सहकारी र सामुहिकताको भावनाबाट सदस्यको सामाजिक आर्थिक सुरक्षा कायम गरी व्यावसायिक सक्षमताको विकास गर्ने उद्देश्य संस्थाले लिएको संस्थाका सचिव देवेन्द्र बस्नेतले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जनका क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवर्धन गर्ने उद्देश्य साकोसले लिएको छ ।” 

आजभन्दा करिबन ३० बर्ष अगाडि स्थानीय २२ जनाको सानो पैसा संकलनबाट सुरु भएको गोरखकाली साकोसको यात्रा आजसम्म आइपुग्दा १ हजार ७ सय १३ जना सदस्यमार्फत १४ करोड भन्दा बढीको कारोबार सम्भव भएको छ । २ करोड १६ लाख २८ हजार ८०० सेयर पुँजी, करिब १० करोड बचत, ५० लाखभन्दा बढी जगेडा कोष र ११ करोड ६५ लाख भन्दा बढि ऋण प्रवाह गर्न सफल भएको छ । गोरखा नगरपालिकाको वडा नंं ६,८,९,१० र ११ मा कार्यक्षेत्र विस्तार गरेको गोरखकाली साकोसमा ६ जना कर्मचारी कार्यरत छन् । 

साकोसले चालु आ.ब. भित्र सदस्य विस्तार सँगै सेयर पुँजी, प्रति सेयर मूल्य, बचत साथै ऋण लगानी बृद्धिको योजना अगाडि सारेको छ । यससँगै साकोसले स्थानीय व्यावसायी ऋणि सदस्यहरुलाई दैनिक बचत संकलनमा जोड्ने, निशुल्क ऐच्छिक बचत खाता खोल्ने, कार्यक्षेत्र भित्रका सबै संघ संस्थाहरुको आर्थिक कारोबार साकोससँग गर्न लगाउने, बचत योजना र ऋण लगानीको छुट्टाछुट्टै कार्यविधि निर्माण गर्ने, कर्मचारी तालिम तथा सदस्य शिक्षाका कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु योजनाबद्ध रुपमा अगाडि सारेको छ ।  

साकोसको कार्यालयमा पुस ८ गते भएको सम्झौता कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य एवम् लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमलादेवि गिरी, लमजुङ फिल्ड इन्चार्ज विनोद ढकाल र साकोसको तर्फबाट अध्यक्ष सुजन कुँवर, उपाध्यक्ष तारा कुमारी बस्नेत, सचिव देवेन्द्र बस्नेत र सञ्चालक सदस्यहरु भीमसेन कुँवर, कपिल नेपाली, देव सिंह बस्नेत र व्यवस्थापक अमृत बहादुर श्रेष्ठ सहितको सहभागिता थियो ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप