६ बुदेँ घोषणा जारी गर्दै ‘वर्तमान सहकारी अभियान’ सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६ बुदेँ घोषणा जारी गर्दै ‘वर्तमान सहकारी अभियान’ सम्पन्न 

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “वर्तमान सहकारी अभियान” विषयक नगरस्तरीय गोष्ठी ६ बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ ।  प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको अनुमति विना संचालित प्रदेशस्तरिय बहुउद्देश्यीय सहकारी संस्थाहरुको अनुगमनलाई जोड दिदै अनियमित ढंगले संचालित संस्थाहरुलाई कानुनको दायरामा ल्याइने बताउनु भयो । हिजो सम्पन्न गोष्ठीमा उँहाले भक्तपुरमा नमुना सहकारी संचालन गर्न सहकारीकर्मीहरुलाई प्रेरित गर्नुभयो । सहकारी ऐन तथा कानुनहरु जनताको हितमा भए कार्यान्वयन पक्ष बलियो हुने बताउनुहुदैं प्रमुख प्रजापतिले सहकारीहरुले सदस्यहरुको सिर्जनशीलतालाई ध्यानमा राखी सीपमूलक तालिमहरु संचालन गरी रोजगारी सिर्जनातर्फ ध्यानदिनुपर्ने बताउनुभयो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वर्तमान सहकारीको समस्या तथा समाधानका लागि संघको पहल विषयमा कार्यत्रपत्र प्रस्तुत गर्दै सहकारी संस्थामा तरलता संकट हुन सक्ने सम्भावना ध्यानमा राखी सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सुशासनमा संचालन भएका सहकारी संस्थाहरुमा तरलताको समस्या कम हुने बताउदैं कानुन विपरित संचालित बहुउद्देश्यीय सहकारीहरु संचालनमा रोक लगाउनुपर्ने, एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने र मालपोतमा ३० लाखसम्मको रोक्का दस्तुर रु.५०० बाट रु.८००० सम्म बृद्धि गरेकोमा विरोध जनाउनुभयो । उहाँले सहकारी संघसंस्थाहरुबीचको कारोबारमा अग्रिम व्याजकर १५ प्रतिशतको व्यवस्था अन्यायपूर्ण र व्यावहारिक नभएको बताउनुभयो । 

संघका उपाध्यक्ष हरि बल्लले हालको बर्तमान सहकारी अभियानका समस्या तथा चुनौती पहिचान गरी समाधानका लागि सबै एकजुट हुन गोष्ठि आयोजना गरेको कुरा बताउनु भयो । वहाँले सहकारी अभियानले देशको आर्थिक, सामाजिक र संस्कृतीक विकासमा यथोचित टेवा पु¥याइएको बताउनुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजु संघका सेवा सुविधा र गतिविधिबारे प्रस्तुत गर्नु भयो । वहाँले हालको तरलता संकट राज्यबाट पुँजीगत खर्च नहुन, निर्यात भन्दा आयात बृद्धि हुनु, रेमिटाइन्स घट्नु, बैदेशिक सहयोग प्राप्त नहुनु र बैंक वित्तीय संस्थाको सीडि रेसियो बढ्नुका कारणले देखिएको बताउनुभयो । बैंकले ऋण दिन नसक्दा सहकारीमा ऋणको माग बढेको बताउदै सहकारीले पनि तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । संघले संस्थाको तरलता व्यवस्थापनका लागि ३ महिने र १ बर्षे तरलता व्यवस्थापन ऋणको व्यवस्था गर्दै आएको वहाँले बताउनुभयो ।

गोष्ठिका सभापति संघका सचिव एवम् उपसमितिका संयोजक जगनाथ प्रजापतिले गोष्ठिमा प्रस्तुत कार्यपत्रका आधारमा छलफलबाट प्राप्त निष्कर्ष तपसिल बमोजिम ६ बुदें धोषणा गर्नुभयो । गोष्ठिमा भक्तपुर नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १०८ जनाको सहभागिता रह्यो । गोष्ठिको संचालन उसमितिका सदस्य राजन जतिले गर्नुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा मिति २०७८ पुष १५ गते भक्तपुर बैंक्वेट, भक्तपुरमा सम्पन्न “वर्तमान सहकारी अभियान” विषयक गोष्ठीमा सहभागीहरुले सर्वसम्मत पारित गरी निम्न अनुसार घोषणा गर्दछौं । 

६ बुदेँ घोषणा

१. सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था अन्तराष्ट्रिय सहकारी सिद्धान्त र नेपालको संविधान २०७२ को धारा १७ को उपधारा २ बमोजिम प्रतिकूल रहेको ठहर गर्दै खारेज वा संशोधनका लागि माग गर्दछौं । 

२ .सहकारी ऐनमा भएको कालो सूचीको व्यवस्था, कर्जा सूचना केन्द्रको स्थापना र कर्जा असुली न्यायधिकरणको स्थापना कार्यान्वनमा ल्याउन सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दछौं ।

३. नगरपालिका क्षेत्रमा सहकारीको आयकर ५ प्रतिशत हुँदा पनि सहकारी संघ संस्थाको कारोबारमा व्याजमा अग्रिमकर १५ प्रतिशत नै कायम गर्नु न्योचित नभएको ठहर गर्दै सहकारी संघ संस्था विचको कारोबारमा अग्रिम व्याजकर हटाउनुपर्ने वा संशोधनका लागि सम्बन्धित निकायमा पहल गर्न प्रतिबद्ध छौं ।

४. प्रदेश सरकारले प्रदेश कानुन विपरित बहुउद्देश्यीय सहकारी दर्ता भएका संस्थामा रकम जम्मा नगर्न सदस्यरुलाई अनुरोध गर्नुको साथै कानुन विपरित नगर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने र स्थानीय तहसँग समन्वय गर्न प्रतिबद्ध छौं ।

५.    वर्तमान तरलता संकटको समाधान गर्न ठूलो लगानीलाई स्थगित गरी सानो ऋणलाई मात्र प्राथमिकताका आधारमा ऋण लगानी गर्न प्रतिबद्ध छौं ।

६. सहकारीमा तरलता संकट आउन नदिन सहकारीको पैसा सहकारीमा भन्ने नारा अनुसार सहकारी संस्थाहरुले जिल्ला बचत तथा ऋण सहकारी संघमा अन्तरलगानी कारोबार बढाउन प्रतिबद्ध छौं ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप