स्थानीय निकायसँगको समन्वयमा हाम्रो जनकल्याणको सामाजिक सचेतना अभियान सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थानीय निकायसँगको समन्वयमा हाम्रो जनकल्याणको सामाजिक सचेतना अभियान सुरु 

दोलखा । जिल्लाको चरिकोटमा अवस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले भीमेश्वर नगरपालिका र चरिघ्याङ टोल सुधार समितिसँगको साझेदारी तथा समन्वयमा फोहोर वर्गिकरण र व्यवस्थापनका लागि सचेतना कार्यक्रमको सुरुवात गरेको छ । 

अभियानको शुभारम्भ गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत बहादुर केसीले भीमेश्वरले थालेको फोहोर व्यवस्थापनको अभियानले वातावरणीय संरक्षणमात्र होइन घर, समाज र शहर नै सफा हुनेदेखि फोहोर व्यवास्थापनबाट पैसा आर्जन र रोजगारी समेत सिर्जना हुने भएकाले यसलाई सफल बनाउनु सबै नगरवासीको दायित्व हुने बताउनु भयो । खास गरी शहर र बजार केन्द्रित भई अहिले अभियान थालिएको भएपनि आगामी दिनमा यसलाई नगरभर अभियानका रुपमा थालिने पनि नगर प्रमुख के सी ले बताउनु भयो । 

अभियानमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरु र भीमेश्वर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको एडिबि फोहोर व्यवस्थापन प्रा. लि. का कर्मचारीहरु स्वयंसेवकका रुपमा हरेक भान्सामा पुगी फोहोर वर्गिकरणबारे जानकारी गराउँदै भान्सामा फोहोर वर्गिकरणका बारेमा तयार गरिएको स्टिकर टाँस्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी स्वयंसेवकहरुले तीन रङ्गको झोला पनि निःशुल्क वितरण गर्नुहुनेछ । संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष हरिबंश चौलागाई, वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खडका, इन्जिनियर सुरेश राउत, एडिबि फोहोर व्यवस्थापन प्रालिका सञ्चालक धु्रब बस्नेत, चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दाबा लामा लगायत समितिका सदस्य, हाम्रो जनकल्याण साकोसका सञ्चालक, कर्मचारी लगायत स्थानीय घरधनीहरुको उपस्थिति रहेको थियो । यो अभियान एक महिना सम्म चल्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी गराउनुभयो । 

जेष्ठ सदस्य सम्मान कार्यक्रम

सामाजिक उत्तरदायित्व अन्तरगत हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आज ८० वर्ष माथिका शेयर सदस्यलाई एउटा ब्ल्यांकेट र आधा केजी हर्लिक्स घरघरमा पुगी वितरण गरेको छ भने ७० देखि ७९ वर्षका जेष्ठ सदस्यहरुलाई आधा केजि हर्लिक्स र एउटा कप वितरण गरेको छ । ५५ जनाभन्दा बढी ८० वर्षका जेष्ठ नागरिक र १०० भन्दा बढी ७० देखि ७९ वर्षका जेष्ठ सदस्यलाई घरदैलो कार्यक्रमार्फत भेटघाट गर्ने र उक्त सामग्री वितरण गर्ने संस्थाको तयारी रहेको संस्थाका व्यवस्थापक बस्नेतले साकोस आवाजलाई जानकारी गराउनुभयो । 


 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप