स्थानीय निकायसँगको समन्वयमा हाम्रो जनकल्याणको सामाजिक सचेतना अभियान सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थानीय निकायसँगको समन्वयमा हाम्रो जनकल्याणको सामाजिक सचेतना अभियान सुरु 

दोलखा । जिल्लाको चरिकोटमा अवस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले भीमेश्वर नगरपालिका र चरिघ्याङ टोल सुधार समितिसँगको साझेदारी तथा समन्वयमा फोहोर वर्गिकरण र व्यवस्थापनका लागि सचेतना कार्यक्रमको सुरुवात गरेको छ । 

अभियानको शुभारम्भ गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत बहादुर केसीले भीमेश्वरले थालेको फोहोर व्यवस्थापनको अभियानले वातावरणीय संरक्षणमात्र होइन घर, समाज र शहर नै सफा हुनेदेखि फोहोर व्यवास्थापनबाट पैसा आर्जन र रोजगारी समेत सिर्जना हुने भएकाले यसलाई सफल बनाउनु सबै नगरवासीको दायित्व हुने बताउनु भयो । खास गरी शहर र बजार केन्द्रित भई अहिले अभियान थालिएको भएपनि आगामी दिनमा यसलाई नगरभर अभियानका रुपमा थालिने पनि नगर प्रमुख के सी ले बताउनु भयो । 

अभियानमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरु र भीमेश्वर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको एडिबि फोहोर व्यवस्थापन प्रा. लि. का कर्मचारीहरु स्वयंसेवकका रुपमा हरेक भान्सामा पुगी फोहोर वर्गिकरणबारे जानकारी गराउँदै भान्सामा फोहोर वर्गिकरणका बारेमा तयार गरिएको स्टिकर टाँस्ने कार्यक्रम रहेको छ । 

त्यसैगरी स्वयंसेवकहरुले तीन रङ्गको झोला पनि निःशुल्क वितरण गर्नुहुनेछ । संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष हरिबंश चौलागाई, वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खडका, इन्जिनियर सुरेश राउत, एडिबि फोहोर व्यवस्थापन प्रालिका सञ्चालक धु्रब बस्नेत, चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दाबा लामा लगायत समितिका सदस्य, हाम्रो जनकल्याण साकोसका सञ्चालक, कर्मचारी लगायत स्थानीय घरधनीहरुको उपस्थिति रहेको थियो । यो अभियान एक महिना सम्म चल्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी गराउनुभयो । 

जेष्ठ सदस्य सम्मान कार्यक्रम

सामाजिक उत्तरदायित्व अन्तरगत हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आज ८० वर्ष माथिका शेयर सदस्यलाई एउटा ब्ल्यांकेट र आधा केजी हर्लिक्स घरघरमा पुगी वितरण गरेको छ भने ७० देखि ७९ वर्षका जेष्ठ सदस्यहरुलाई आधा केजि हर्लिक्स र एउटा कप वितरण गरेको छ । ५५ जनाभन्दा बढी ८० वर्षका जेष्ठ नागरिक र १०० भन्दा बढी ७० देखि ७९ वर्षका जेष्ठ सदस्यलाई घरदैलो कार्यक्रमार्फत भेटघाट गर्ने र उक्त सामग्री वितरण गर्ने संस्थाको तयारी रहेको संस्थाका व्यवस्थापक बस्नेतले साकोस आवाजलाई जानकारी गराउनुभयो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप