उर्लाबारीस्थित नारी संकल्प साकोसको संस्थागत विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उर्लाबारीस्थित नारी संकल्प साकोसको संस्थागत विकास तालिम सम्पन्न

काठमाडौं । मोरङको उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि.को संस्थागत विकास तालिम (Institutional Development Training) यही पुस १३ गतेदखि पुस १५ गते आयोजना गरिएको छ । नेफ्स्कूनकी सञ्चालक एवम् साकोसकी उपाध्यक्ष गोमा नेपालको अध्यक्षतामा आयोजित तालिम उद्घाटन तथा समापन सत्रका प्रमुख अतिथि क्रमशः लेटाङ नगरपालिकाका मेयर शंकर राई तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो रहनुभएको थियो । लेटाङस्थित कृषि विकास बैंक तालिम केन्द्रमा सञ्चालित तालिममा नारी संकल्पका सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न विषयगत उपसमिति तथा कर्मचारीहरु गरी २८ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा दुबै नगरपालिकाका मेयरहरुले सहकारी संस्थाहरु सुशासित हुनुपर्नेमा बिशेष जोड दिनुभएको साकोसका व्यवस्थापक चित्र न्यौपानेले साकोस आवाजलाई जानकारी गराउनुभयो । सहकारीमार्फत सदस्य र समुदायको जीवनस्तर परिवर्तन सम्भव भएको बताउँदै नगरप्रमुखहरुले नीति र विधिसम्मत् ढंगले संस्थाहरु सञ्चालनलाई प्राथमिकतामा राखिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । यस्तै उद्घाटन र समापन दुबै सत्रको अध्यक्षता गर्नुभएकी संस्थाकी उपाध्यक्ष गोमा नेपालले संस्थागत तालिममा सिकेका विषयहरुलाई संस्था सञ्चालनमा लागू गर्ने जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले महिलाहरुद्वारा सञ्चालित जिल्लाकै अब्बल बचत तथा ऋण सहकारीलाई थप सदस्य मैत्री, विश्वसनीय र गुणस्तरीय बनाउने सामुहिक प्रतिबद्धताअनुरुप अघि बढ्ने स्पष्ट पार्नुभयो । नेफ्स्कून सञ्चालक नेपालले भन्नुभयो, ‘तालिमले सुशासित, दिगो र मर्यादित साकोस बनाउने अझ बढी जिम्मेवारी थपिएको छ । हामी त्यसै दिशातर्फ दत्तचित्त भएर लाग्नेछौं ।’

तालिम सहजीकरण नेफस्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले तथा कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको थियो । २०६३ सालमा स्थापित नारी संकल्प साकोसमा हाल ३ हजार महिला सदस्य छन् भने १६ करोड बढीको स्थिति विवरण पत्र छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप