साकोसहरुको रणनीतिक व्यावसायिक योजनामा ६ अन्तर्वस्तु आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुको रणनीतिक व्यावसायिक योजनामा ६ अन्तर्वस्तु आवश्यक

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि. वालकोट, भक्तपुरको आयोजनामा बागमती क्लष्टर चौथोको छैंठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा पुस १६ गते भएको उक्त कार्यशालाका प्रमुख अतिथि संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल रहनुभएको थियो । काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरका १०  साकोसबाट २७ जनाको उपस्थिति रहेको कार्यशालको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष विवेक श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

प्रमुख अतिथि नेफ्स्कूनका सीईओ पोखरेलले एउटा ग्रील वर्कशपको उदाहरण दिदै फलामको छडबाट वर्कशपमा राम्रा वस्तु निर्माण गरेजस्तै PALM कार्यशालाबाट पनि गुणस्तरीय साकोस निर्माण गर्न सकिने बताउनुभयो । संस्थाहरुले रणनीतिक व्यावसायिक योजना निर्माण गर्दा वृद्धिको रणनीति, बिस्तारको रणनीति, संजाल सहभागिताको रणनीति, वस्तु तथा सेवाको रणनीति लगायत ६ ओटा रणनीतिहरु समावेश गनुपर्ने भन्दै उहाँले ती रणनीतिहरु प्रोबेसन कार्यक्रमको म्यानुअलमा समेत समावेश भएको उल्लेख गर्नुभयो ।

नेफ्स्कूनका सीईओ पोखरेलले साकोसहरुले आफ्ना सदस्यहरुको बचतको सुरक्षाको निम्ति अनिवार्य रुपमा PEARLS मापदण्ड अनुसारको जोखिम कोषको व्यवस्था गरेर जानुपर्नेमा जोड दिनुभएको थियो । बचत तथा ऋण सहकारीहरुको स्थिरिकरण कोष सुरक्षा कवच भएकाले सबै साकोसहरुलाई कोषमा सहभागिताका लागि आव्हान समेत उहाँले गर्नुभयो । नेफ्स्कूनले केन्द्रीय तरलता कोषको स्थापन गर्न लागेको बताउँदै सीईओ पोखरेलले उक्त कोषमा आफ्नो साकोसको तरलताको निश्चित रकम जम्मा गरी सहभागिताको लागि अनुरोध गर्दै त्यसले साकोसहरुमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने जानकारी गराउनुभयो । वर्तमान अवस्थामा देखिएको तरलता संकटको अवस्थामा सजगता अपनाउँदै केन्द्रीय संघमार्फत कारोबार गर्न समेत सीईओ पोखरेलले आव्हान गर्नुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप