पद मानको लागि भन्दा जिम्मेबारी बहनका लागि होः महासंघ अध्यक्ष कडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पद मानको लागि भन्दा जिम्मेबारी बहनका लागि होः महासंघ अध्यक्ष कडेल

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि ले  सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।अभिमुखीकरण कार्यक्रममा सबै समितिहरुको काम कर्तव्य, अधिकार, दायित्वका साथै सहकारी र बचत ऋण सहकारी अभियानका विविध पक्षहरुका बारेमा सहजीकरण गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् साकोसका अध्यक्ष ऋषिराज घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल रहनुभएको थियो ।

प्रमुख अतिथि कडेलले एशियाली ऋण महासंघका समेत अध्यक्ष भइसक्नुभएको ऋषिराज घिमिरे बाबियाखर्क साकोसको अध्यक्ष रहुनभएकाले उहाँको नेतृत्वमा संस्थाले थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीहरुले सुशासनमा बिशेष ध्यान दिनुपर्ने बताउँदै प्रविधिकरणमार्फत सदस्यहरुलाई सहज र विश्वसनीय सेवा प्रवाह समयको माग भएकोमा बिशेष जोड दिनुपर्ने । ‘मर्यादित र प्रविधिमैत्री हुनैपर्छ, अन्यथा सदस्यको विश्वास जित्न अब कठिन हुन्छ,’ नेफ्स्कूनमा बाबियाखर्कका अध्यक्षसँगै काम गर्नुभएका कडेलले भन्नुभयो, ‘सहकारी संस्थाम पद भनेको मानका लागि भन्दा पनि जिम्मेवारी बहनका लागि हो । यो हामी सबैले बुझ्नुपर्छ ।’ बाबियाखर्कको नयाँ सञ्चालक समितिको कामको मुल्याङ्कन ४ वर्षपछि हुने भन्दै यो कार्यकालमा संस्थालाई थप उचाईमा पुर्याउने कामका लागि शुभकामना व्यक्त गर्नुभयो ।

 व्यक्तिगत तवरमा पनि कडेल र घिमिरेबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । जसलाई सम्बोधनका क्रममा बाबियाखर्कका अध्यक्ष घिमिरेले पनि उल्लेख गर्नुभयो,‘ हामी दुईको वेबलेन्थ मिल्छ ।’ उहाँले संस्थालाई थप विश्वसनीय बनाउन सबै समिति उपसमितिहरुको महत्वपूर्ण भूमिका हुने भएकाले आवश्यक नीतिगत निर्णयहरु समयमै र सही गर्नेमा आश्वस्त तुल्याउनुभयोे । अध्यक्ष घिमिरेले सहकारी क्षेत्रको आफ्नो लामो अनुभवलाई बाबियाखर्कको उन्नति र प्रगतिमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै सदस्यता विस्तार, सेवा केन्द्र विस्तार, एकीकरण, प्रविधिकरण जस्ता विषयमा रणनीतिक योजनाको रिभ्यू गर्दै त्यसैमा टेकेर अघि बढिने स्पष्ट पार्नुभयो ।

उहाँले अंग्रेजी नयाँ वर्षको पहिलो दिनमै अभिमुखीकरण कार्यक्रम राखिएको भन्दै यसले पनि सुरुवातबाटै कामप्रति लाग्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन सत्र साकोसका व्यवस्थापक बल्देव कुमार पौड्यालले सञ्चालन गर्नुभएको थियो भने अभिमुखीकरण कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाको व्यवस्थापनको पनि सहभागिता थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप