एकीकृत फ्रेण्डसिप साकोसको सातौ स्थापना (एकीकरण) दिवस सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत फ्रेण्डसिप साकोसको सातौ स्थापना (एकीकरण) दिवस सम्पन्न 

जिरी । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था जिरी को सातौ स्थापना (एकीकरण) दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यत तथा साकोसका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेल, नेफ्स्कूनका सञ्चालक जिवराज खड्का, वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, जिसस दोलखाकी उपप्रमुख मनमाया जिरेल लगाएत भिमेश्वर,जिरि, वैतेश्वर, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका सहकारी बिभाग हेर्ने प्रमुख सहितको उपस्थितिमा भएको कार्यक्रममा नेप्स्कूनका बिभागिय प्रमुख दुर्गा प्रसाद ढकालले प्रस्तुतिकरण गर्नुभएको थियो ।

हिजो सम्पन्न स्थापना दिवसको अवसरमा “सहकारी संस्था संचालन तथा कानुनी जोखिम ब्यबस्थापन एवम सहकारी संस्था संचालनमा स्थानीय तहको भुमिका बिषयक प्रशिक्षण कार्यक्रम तथा एकीकरण गरिएका सहकारी संस्थाका संस्थापक अध्यक्ष हरुलाई सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा संस्थाको वर्तमान अवस्था बारे प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले एकीकृत फ्रेण्डसीप साकोसले आफ्ना शेयर सदस्यहरूलाई मध्यनजर गर्दै मुख्य कार्यालय सहित १२ वटा सेवा केन्द्रबाट सेवा सञ्चालन गरिरहेको संस्थाले आगामी बर्ष काठमाडौको कोटेश्वर, रामेछापको मन्थली र भुजीमा आफ्नो सेवाकेन्द्र वितार गर्ने योजना बनाएको बताउनुभयो ।

संस्थाले जेष्ठ नागरिकहरूलाई बृद्व भत्ता, सुत्केरी स्याहार, सदस्य बिमा, मोबाइल बैकिंङ, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ, लगायतका सेवा तथा कार्यक्रमहरु गर्दै सदस्यहरूको मन जितिरहेको छ, २०४८ सालमा स्थापना भएको फ्रेण्डसिप साकोसले २०७१ सालमा एकै पटक ९ वटा सहकारी संस्थाहरूसँग एकीकरण गरेर एकीकृत फ्रेण्डसिपको नाम बाट परिचित भई सदस्यहरूलाई लक्षित गर्दै विभिन्न ६५ वटा शिर्षकमा ऋण लगानी गरीरहेको छ भने २४ प्रकारमा बचत संकलन गरिरहेको छ, सहकारी संस्थाले हाल सम्म १४ वटा सहकारी संस्थाहरुसँग एकीकरण गरिसकेको छ ।

आगामी दिनमा पनि अन्य सहकारीहरूसँग एकीकरण गर्दै आफ्नो सेवालाई थप सहज, सरल र ब्यवस्थित बनाउने लक्ष्य रहेको संस्थाका अध्यक्ष भुमिराज खड्काले बताउनुभयो, जिरी नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय रहेको संस्थाको रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तथा दोलखा जिल्लाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको छ, हाल एकीकृत फ्रेण्डसीप साकोसको कुल पुजी १ अर्ब १० करोड २३ लाख ९० हजार रहेको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि परितोष पौडेल,नेफ्स्कूनका केन्द्रिय सदस्य जिवसराज खड्का,जिरी नगर प्रमुख टंक जिरेल,वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य,संस्थापक अध्यक्ष केशब कार्की,नेपाली काङ्ग्रेस जिरिका सभापति सोनाम शेर्पा,सहकारी का उपाध्यक्ष गोपाल जिरेल,सचिब केदार जिरेल लगायलेत मन्तव्य राख्नुभएको थियो।

यसैबीच, आज नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले साकोसका कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम सहजीकरण गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप