हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिताः छात्र यशोदा ढुंगेल प्रथम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिताः छात्र यशोदा ढुंगेल प्रथम

दोलखा । हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा अन्तरगत पुस १६ गते शुक्रबार भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको सेतीदेवी माध्यमिक विद्यालयमा ग्रामीण विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रगियोगिता सम्पन्न भएको छ । वक्तृत्वकला प्रगियोगिताको प्रतिस्पर्धामा सहभागी मध्ये कक्षा १० का छात्र यशोदा ढुंगेल प्रथम, छात्र मनोज श्रेष्ठ द्वितीय, कक्षा ७ मा अध्ययनरत छात्रा सुस्मा खडका तृतीय र कक्षा ८ मा अध्ययनरत बिस्मिता ढुंगेलले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।

विद्यालयमा रहेको हाम्रो जनकल्याण बाल क्लबको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा सातदेखि कक्षा १० सम्म अध्ययनरत ११ जना छात्रछात्राले भाग लिएका थिए ।

वक्तृत्वकलामा सहभागी छात्राछात्रालाई सहकारी शिक्षा र विद्यार्थीको उच्च शिक्षाका बारेमा जानकारी गराउँदै हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन ग्रामीण अर्थतन्त्र सबल हुनुपर्ने, ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना गर्न कृषिमा आधुनिकिरण गर्नुपर्ने, बजारीकरणलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्ने, उत्पादनका साधनहरुको प्रतिफल वृद्धि गर्न लगानी सुनिश्चित हुनुपर्ने भएकाले पनि ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन स्थानीय सहकारीको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोडदिनु भएको थियो । थोरै थोरै बचतबाट पनि तत्कालिन समस्या समधान गर्न सकिने भएकाले बाल बचत गर्नपनि विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । 

विजयी छात्राछात्रलाई संस्थाका तर्फबाट नगद पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी सहभागी छात्रछात्रालाई संस्थाको लोगो अंकित कप विरतण गरिएको संस्थाका सूचना अधिकृत पर्वत न्यौपानेले जानकारी दिनुभयो ।

असहाय छात्रवृत्ति वितरण

हाम्रो जनकल्याण साकोसले विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी मनोज श्रेष्ठलाई यस बर्षको असहाय सन्तती छात्रवृत्ति वितरणको रकम हस्तान्तरण गरेको छ । वार्षिक २५ सयका दरले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने उक्त छात्रवृत्ति मनोज श्रेष्ठले कक्षा सातदेखि प्राप्त गरिरहेका छन् । विद्यालय शिक्षा कार्यक्रमको अवसर पारेर विद्यार्थी मनोज श्रेष्ठलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । वार्षिक २५ सयका दरले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने उक्त छात्रवृत्ति मनोज श्रेष्ठले कक्षा सातदेखि प्राप्त गरिरहेका छन् । 

बाबु आमा मध्ये एक जना गुमाएका तर हाम्रो जनकल्याण साकोसमा सदस्य रहेका परिवारका एक जना छोराछोरी वा बाबुआमा दुबै नभएका बालबालिका मध्ये परिवारमा एक जना विद्यार्थीलाई संस्थाले कक्षा ६ देखि १० सम्म असहाय सन्तती छात्रवृत्ति वितरण गर्ने व्यवस्था गरेको छ । सो अनुसार संस्थाले वर्षमा १५ भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप