बनेपास्थित सक्षम साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बनेपास्थित सक्षम साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । काभ्रेको बनेपास्थित सक्षम बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेफ्स्कूनका पूर्व अध्यक्ष सहकारीविज्ञ कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा हिजो भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, संस्कृतिविद ज्ञानकाजी मानन्धर, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, कलाकार भुषण भोमी श्रेष्ठ, साहित्यिक स्रष्टा सुर्य लाकोजु, भक्तपुर जिल्ला बचत संघकी सदस्य सन्तोषी खतिवडा, नेफ्स्कूनका पूर्व प्रशासन प्रमुख शिव अधिकारी, कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेका अध्यक्ष विवेकराज ठकुरी लगायतका अतिथिको उपस्थिति थियो ।

कार्यक्रममा भुषणभोमी श्रेष्ठको शब्द, संगित रहेको मेरो बनेपा मेरो गौरव गीत लोकार्पण गरिएको थियो । उक्त गीत सक्षम साकोसले निर्माण गरेको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

संस्थाकी प्रबन्धक पार्वती थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष सरोजकाजी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सक्षम साकोसले पुष ११ गतेदेखि १६ गतेसम्म संस्थाबाट सुझाव संकलन गरेको थियो । साकोसले आर्थिक कारोबारका अलावा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस अघि पनि विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । साथै कैलाशभक्त प्रधानाङ्गले लेख्नुभएको अस्थिर मुलुकमा स्थिर सहकारी पुस्तकको प्रकाशन र ज्ञानकाजी मानन्धरले लेख्नुभएको बनेपा स्तवन पुस्तकको दोश्रो संस्करण प्रकाशन गरेको थियो । संस्थाले सक्षम साकोस गरिबी निवारण कोषमार्फत आर्थिक पहुँच नपुगेका व्यक्तिहरुमा पहुँच पुर्याइ उद्यमी बनाउन सहयोग गर्दै आएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप