स्थापनादिवसको पूर्वसन्ध्यामा सिद्धिगणेश साकोसद्वारा विभिन्न सीपमुलक तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापनादिवसको पूर्वसन्ध्यामा सिद्धिगणेश साकोसद्वारा विभिन्न सीपमुलक तालिम सञ्चालन

भक्तपुर । भक्तपुरस्थित सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यहि पुस २९ गते २८औं स्थापना दिवस छ । स्थापना दिवसको पूर्वसन्ध्यामा साकोसले आफ्ना सदस्यहरुलाई लक्षित गर्दै विभिन्न सीपमुलक तालिम सँगै ‘असल बैठक प्रणाली तालिम’  समेत सञ्चालन गरेको छ । 

साकोसको महिला तथा बालबालिका उपसमितिको आयोजनामा सदस्यहरुलाई अमिलो बनाउने, ग्याँस चुलो मर्मत गर्ने तथा असल बैठक प्रणाली तालिम सञ्चालन गरेको हो । 

तालिममा संस्थाका अध्यक्ष राजन लाखाजुले आर्जित सीपलाई व्यवहारमा लागु गरेको खण्डमा सीपयुक्त व्यक्तिले सहज रुपमा जीवनयापन गर्न सक्ने विचार व्यक्त गर्नुभयो । 

आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार लवजुले अमिलोको बजार सम्भावनायुक्त रहेको र यसमा एक्लैको प्रयासमा पनि उद्यम चलाउन सक्ने भएकोले तालिमबाट प्राप्त सीपलाई व्यहारमा लागु गर्न सहभागीहरुमा अनुरोध गर्नुभयो । 

तालिम सहजीकरण प्रशिक्षक कमलकेशरी दुवाल र आयोजक उपसमितिका सचिव रञ्जना प्रजापतिले गर्नुभएको थियो । सोहि दिने यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा कमलविनायक मन्दिर परिसरमा ग्याँस चुलो मर्मत तालिम पनि सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष लाखाजुले भान्सामा ग्याँस तथा चुलोको सर्तकताका साथ प्रयोग गर्नुपर्ने तथा सानो असावधानीले पनि ठूलो क्षति निम्त्याउन सक्ने जोखिम भएकोले हरेक गृहिणीले ग्याँस चुलो तथा सिलिडण्रको प्रयोग तथा मर्मत सम्बन्धि जानकारी राख्नुपर्ने भएकोले तालिम आयोजना गरिएको बताउनुभयो । 

आयोजक उपसमितिका संयोजक एवं सञ्चालक कृष्णनारायण दुमरुले वर्तमान समयमा ग्याँसको प्रयोग तथा मर्मत सम्बन्धि जानकारी अनिवार्य भएकोले साकोसले न्यूनतम शुल्कमा गृहिणी लक्षित तालिम आयोजना गरेको बताउनुभयो ।  तालिममा ३३ जना सदस्यको सहभागिता रहेको थियो । 

त्यसैगरी आजै लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा संस्थामा आवद्ध समुह लक्षित असल बैठक प्रणाली तालिम सञ्चालन भएको थियो । अध्यक्ष राजन लाखाजुले महिला सशक्तिकरणको उद्देश्यकासाथ सिद्धि गणेश साकोसले लघुवित्त तथा बचत समुह परिचालन कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुहुँदै तालिमबाट सहभागीहरुले माइन्युटिङ, राय तथा सुझाव पेश गर्ने लगायतका बैठक सञ्चालन तरिका सम्बन्धि ज्ञान आर्जन गर्नेमा विश्वास व्यक्त गर्नुभयो । 

संस्थाका का.मू. व्यवस्थापक शिला गोसाईंले बैठक बस्ने क्रममा सहभागीहरुमा देखिएको कमी कमजोरी तालिमले पुरा गर्नेमा आशा गर्दै स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिहरुबाट आयोजित कार्यक्रमहरु बारे जानकारी दिनुभयो ।

आयोजक उपसमितिका संयोजक एवं सञ्चालक कमल कोजुले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा उपसमितिका सचिव केशव बोहजुले पनि बोल्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप