सम्पूर्ण समय सहकारीकै लागि: काभ्रे बचत संघका नवनिर्वाचित अध्यक्ष नकर्मी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पूर्ण समय सहकारीकै लागि: काभ्रे बचत संघका नवनिर्वाचित अध्यक्ष नकर्मी

(काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को यही पुस १० गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले बनेपा–८, काभ्रे स्थायी घर भएका जितेन्द्र नकर्मीको अध्यक्षता १३ सदस्यीय सञ्चालक समिति र शिवप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको हो । संघका अध्यक्ष रामहरि के.सी.को अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।  कार्यक्रममा विशिष्ठ अतिथिमा प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघका जिल्ला अध्यक्ष र स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष नकर्मीसँग साकोस आवाजले गरेको इमेल अन्तर्वार्ताको सम्पादित अंशः )

तपाईको प्रारम्भिक संस्था कुन हो र जिल्ला संघ प्रवेश कसरी भयो ?
मेरो प्रारम्भिक संस्था बनेपा बचत तथा ऋण सहकारी संस्था लि.हो । मिति २०६२ पौष १० गतेको निर्वाचनबाट लेखा सदस्यका रुपमा काभ्रे बचत संघ प्रवेश गरेको हुँ । 

अध्यक्ष निर्वाचित हुनुभएको छ कस्तो अनुभव भएको छ ?
अध्यक्ष निर्वाचित हुँदा खुसी लाग्नु सामान्य हो । हर्षसँगै जिम्मेवारी थपिएको अनुभव भएको छ । यसमा खरो उत्रनुपर्छ भन्ने विषयले बेला बेला झस्काइरहन्छ ।

नयाँ सञ्चालक समिति कस्तो बनेको छ ?
युवा तथा सहकारी ज्ञान भएको सञ्चालक समिति बनेको छ । जिल्ला संघको विकासमा लाग्ने जोशिलो टीम बनेको छ भन्नेमा विश्वस्त छु ।

बचत संघलाई के कसरी अघि बढाउने सोच बनाउनुभएको छ ? 
२०५४ पौष १० गते स्थापित संघलाई मुलतः आर्थिक रुपमा थप सक्षम बनाउँदै सँगै सामाजिक क्रियाकलापहरुद्वारा समुदायमा छवि उजिल्याउने विविध प्रकृतिका कामहरु रणनीतिक योजनाका आधारमा अघि बढाउने सोच बनाएका छौं । यस्तै, जिल्लामा स्थापित सहकारी संस्थाहरुलाई सक्षम र दिगो रुपमा सञ्चालनमा हरसम्भव सहयोग गर्ने पनि काम गर्नेछौं । बहस पैरवी र तालिम शिक्षाका काम त छदैछन् ।

बचत संघको अवस्था कस्तो छ ?
आर्थिक कारोवार सन्तोषजनक रहेको संघले जिल्लाका साकोसहरुको लागि नीतिगत सहजीकरणमा सहयोग गर्दै आएको छ । सहकारीमा जनशक्ति बिकासमा टेवा पुर्याइरहेको छ । सहकारी अभियानमा महत्वपूर्ण भुमिका रहेको र साकोसको नीति नियममा तयार गर्न पनि सहयोग गरेको छ । आर्थिक र सामाजिक रुपमा सक्षम भएपनि यसलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता छ ।

संघका सम्भावनाहरु के कस्तो पाउनुभएको छ ?
साकोसहरुको संस्थागत बिकासको लागि आवश्यक सबै काम गर्न सक्ने सक्षम संघको रुपमा पाएको छु । यसैगरी, सदस्यता बिस्तार, पुँजी वृद्धिका सम्भावना पनि छ ।

संघका चुनौतीहरु के छन् जस्तो लाग्छ ?
चुनौतीहरु धेरै छन् । कोभिड, तरलतासँगै प्रतिस्पर्धात्मक बजार, सहकारी ऐन, कानून, नियमावली, निर्देशिका र मापदण्डहरुका छिद्रहरु लगायत छन् । यद्यपि, नेतृत्वको पहिचान चुनौतीहरुको सामना शक्तिका आधारमा हुने भएकाले तिनलाई अवसरको रुपमा लिएको छु ।

बचत संघको पछिल्लो रणनीतिक योजना कहिले बनेको थियो ? त्यसका मुख्य लक्ष्य, योजना, कार्यक्रम र उपलब्धिहरुको अवस्था कस्तो छ ?
२०७४ सालमा नै बनेको थियो । मुख्य लक्ष्य भनेको प्रारम्भिक साकोसको उत्थान तथा नीतिगत बिकासमा टेवा दिनु रहेको छ । फलस्वरुप अधिकांश साकोसहरु नीति नियम भित्र रही कारोबार गर्दै आएका छन् ।

जिल्लाको समग्र सहकारी अभियान कस्तो पाउनु भएको छ ? 
जिल्लामा १४९५ वटा सहकारी दर्ता भएको अवस्था छ ।  ४ वटा बचत ऋण सहकारीहरु ब्राण्डेड छन् । यसकारण जिल्लाको सहकारी अभियान राम्रो भएको महशूस भएको छ ।

जिल्ला र प्रदेशस्तरीय नियामक निकायबाट कानूनी र नीतिगत रुपमा के कस्तो सहयोग मिलेको छ ?
सहकारी ऐन, नियमावली, लगायत समय समयका दिइएका निर्देशन बाहेका खासै ठूलो सहयोग भएको छैन । हुनत त्यसका लागि हामीबाट पनि ठोस पहलकद्मी नभएको हुनसक्छ, जुन कुरालाई अब अघि बढाउनुपर्ने छ ।

सहकारीमार्फत समृद्धि सम्भव छ ?
राज्यको ३ खम्वे अर्थ नीति मध्ये १ खम्वाको रुपमा रहेका सहकारी भएकोले समृद्धि सम्भव छ ।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
म पूर्ण रुपमा सहकारी क्षेत्रमा मात्रै संलग्न भएकाले समय व्यवस्थापनमा कुनै कठिनाइ हुँदैन । जिल्ला बचत संघ र सहकारी क्षेत्रलाई नै पूर्ण समय दिनसक्छु । यो मेरो लागि ‘प्लस पोइन्ट’ पनि हो भन्ने लाग्छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप