सक्रिय महिला साकोसकी ‘सक्रिय’ व्यवस्थापक सबिना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सक्रिय महिला साकोसकी ‘सक्रिय’ व्यवस्थापक सबिना

‘इच्छा स्टाफ नर्स बन्ने थियो तर परिस्थितिले सहकारीतर्फ मोडियो । आज विगत सम्झदा लाग्छ, सहकारीले परिचयको आयातन फराकिलो बनाएको छ । त्यसबेला बुबाको मन राख्न सहकारी प्रवेश गरेँ तर काम गर्न थालेपछि छोड्नै मन लागेन ।’ इन्द्रसरोबर-४, फाखेल, मकवानपुरस्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक सबिना लामा करिब ८ वर्षअघिको जीवनको त्यो महत्वपूर्ण मोड सुनाउनुहुन्छ । पुस २० गते अपरान्ह सक्रिय साकोस पुग्दा व्यवस्थापक लामाले हसिलो मुद्राले स्वागत गर्दै स्मृतिका पाना पल्टाउनुभयो । 

स्टाफ नर्सको सपना

करिब ८ वर्षअघि सक्रिय महिला साकोसमा कर्मचारीको खडेरी पर्यो । विज्ञापन प्रकाशित भयो । त्यसबेला संस्थाको कारोबार कुल १ करोड ९७ लाख रुपैयाँ थियो । सबिना लामा काठमाडौंमा स्टाफ नर्सको तयारी गर्दै हुनुहुन्थ्यो । सहकारी उहाँको सोच भन्दा बाहिरको विषय थियो । तर, गाउँमा सामाजिक क्षेत्रमा समेत लाग्नुभएका बुबाले स्थानीय महिला सहकारीमा रोजगारीको अवसर सृजना भएपछि व्यक्तित्व विकासमा सहयोग पुग्ने भन्दै आवेदन दिन आग्रह गर्नुभयो । खासमा बुबाको विचार गाउँमै केही गर्नुपर्छ भन्ने थियो । पढाइको पखेटा फिजाउने उमेरकी लामाले सुनेको नसुनेझै गर्नुभयो । स्टार्फ नर्सको सबिनाको सपनालाई सहकारीले डेग चलाउन सकेन । बुबालाई ‘म आउदिन, स्टाफ नर्सको तयारी गर्छु’ भन्नुभयो । गाउँमा संस्थाले खोजेजस्तो कर्मचारी भेटेन । दोस्रो पटक विज्ञापन गर्यो । अवस्था दोहोरियो । तेस्रो पटक विज्ञापन प्रकाशित गर्न संस्था बाध्य भयो ।

‘तेस्रो चोटिको विज्ञापनपछि भने बुबाको करले गाउँ आउनै पर्यो, इच्छा नभएपनि बुबाको मन राख्न आएँ र फर्म भरेँ, सबै प्रक्रिया पछि छनौट पनि भएँ । अब भने काम सुरु गर्नुपर्ने बाध्यता बढ्यो, ’उहाँले सुनाउनुभयो, ‘सुरुमा बुबाको मन राख्न एक दुई महिना काम गर्छु र पुनः स्टाफ नर्सकै लागि फर्किन्छु भन्ने सोच थियो तर समस्या र सम्भावनाहरु दुबै बुझ्दै गएपछि छोड्ने मन तुरियो ।’ अब सबिना लामाले ‘होस गाउँमै केही गर्छु’ ठान्नुभयो । संस्थाले उपयुक्त सयमा उपयुक्त जिम्मेवारी प्रदान गरेपछि चित्त पनि गढ्दै गयो । लेखापालबाट साकोसमा प्रवेश गर्नुभएकी लामा २०७३ साउन १० गतेदेखि व्यवस्थापकमा बढुवा हुनुभयो ।  सुरुमा उहाँको मासिक तलब ३ हजार रुपैयाँ थियो । 

निरन्तर सहकारी सिकाइ

व्यवस्थापक लामाले संस्थागत विकास, सीयूडीसीसी, सीयूएमसीसी, वित्तीय साक्षरता, रणनीतिक योजना निर्माण, लेखा व्यवस्थापन, नेतृत्व विकास लगायतका थुप्रै तालिमहरु लिइसक्नुभएको छ । संस्थाको ‘ग्रोथ’ मा उहाँका सिकाइहरु देखिन्छन् । परिणामतः मकवानपुर जिल्ला बचत संघबाट आर्थिक वर्ष २०७५/७६ को जिल्लास्तरीय उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत हुनुभयो । साकोसले प्रोबेसन ब्राण्ड प्राप्त गरिसकेको छ । नेफ्स्कूनको ३२ औं वार्षिक साधारण सभाबाट सर्वोत्कृष्ट साकोस (महिलातर्फ) सम्मान पनि प्राप्त गरिसकेको अवस्था छ ।

पढाइको प्रेरणा काकाबाट 

लेखापालको रुपमा सक्रिय महिलामा काम गर्न थालेपछि लामाको पढाइ रोकियो । फेरि त्यसबेला गाउँ नजिक कलेज थिएन । कामले समय धेरै सिध्याउथ्यो । औपचारिक अध्ययनलाई निरन्तरता दिन नसेकेको धेरै समय पछुतो लाग्यो । त्यसबीच आफु जस्तै विविध कारणले पढाइमा ब्रेक लागेका काकाले दृढसंकल्प लिएर ६० वर्षमा भर्खर स्नातक सक्नुभयो । त्यसको प्रत्यक्ष प्रेरणा भतिजीलाई नपर्ने कुरै थिएन ।

लामाले पनि कम्मर कस्नुभयो । सोही कारण टुटेको अध्ययनलाई हाल जोड्दै हुनुहुन्छ । पढाइको सहजताका लागि फर्पिङमा बस्दै आउनुभएकी उहाँ बिहानीको समय क्याम्पस जानुहुन्छ । समस्याहरु पनि नजन्मिएका होइनन तर अघि बढ्ने आत्मबलमा कमी भएन र लामा आज पनि प्रगतिको पथको यात्री बन्नुभएको छ । ‘समस्या छ भनेर बस्यो भने अघि बढ्न सकिन्न,’ उहाँ सुनाउनुहुन्छ, ‘करियर सँगै अध्ययनलाई पनि अघि बढाउँछु ।’

आखिर मनै त हो

संस्थालाई समय धेरै दिनुपर्ने हुन्छ । व्यवस्थापकीय जिम्मेवारी कम सजिलो पक्कै छैन । तर पनि परिवारको साथ समर्थन लामाले पाउनुभएको छ । ‘घरमा श्रीमान, २ सासू ससूरा, जेठाजु र जेठानी लगायत हुनुहुन्छ । उहाँहरुको पूर्ण साथ र सहयोग छ ।’ श्रीमान मार्बल व्यवसायी हुनुहुन्छ । यद्यपि, संस्थामा आइपर्ने विविध समस्या र चुनौतीका कारण अनि परिवारलाई समय दिन नसक्दा कहिलेकाही स्टार्फ नर्सको सपनाले नसताउने होइन  तर लामा भन्नुहुन्छ, ‘त्यो सोचाइ क्षणिक मात्र हो ।’

२०४८ साल असार २९ गते मकवानपुरको थाकेलस्थित साविकको वडा नं ७ (हाल इन्द्रसरोवर गाउँपालिका वडा नं ५) चखेलमा उहाँको जन्म भएको थियो । एसएलसीसम्मको शिक्षा गाउँमै लिनुभयो । मध्यम परिवारको माइतीमा बुबा आमा दाई २ दिदीहरु हुनुहुन्छ । सबै काममा लाग्नुभएको छ । सहकारीमा लागेर व्यक्तित्व विकास भएको लामा स्वीकार्नुहुन्छ । भन्नुहुन्छ, ‘स्टाफ नर्स नै बनेकी भएँ पनि आज सबिना भनेर कसले चिन्थ्यो त ? यति नाम कमाउन सक्दिनथे होला ? आज सहकारीको क्षेत्रमा लागेर नाम आर्जन गरेकी छु ।’

'सक्रिय' को सक्रियता

लामा प्रवेश गर्दा जम्मा ८३५ सदस्य रहेका साकोसमा हाल १६४० सदस्य छन् । बाल बचतकर्ता ९३८ छन् । करिब ५७ वटा लघु बचत समूहहरु छन् । सेयर पुँजी करिब १ करोड २१ लाख छ भने कुल कारोबार १२ करोड ६७ लाखको छ । मुख्य लगानी क्षेत्र कृषि हो । ‘५० प्रतिशत लगानी कृषि क्षेत्रमा छ’ व्यवस्थापक लामाले भन्नुभयो । साकोसको मुख्य चुनौती भाखा नाघेको ऋण, कार्यक्षेत्र बिस्तार र सदस्य वृद्धि हो । 

संस्थाको ३ तल्ले भवनको पहिलो तल्ला प्लान इन्टरनेशनले बनाइदिएको थियो । पछि २०७३ सालमा बाँकी तल्ला थपिएको हो । साविकको फाखेल गाविस हाल ४ र ५ नं वडा कार्यक्षेत्र रहेको साकोससँग एउटा सेवा केन्द्र छ । भौगोलिक हिसाबले सदस्यहरुलाई सेवा लिन टाढा पर्ने भएकाले साकोसले ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा इन्द्रसरोवर ५ चखेलमा सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । 

महिला हिंसा समाधानमा ‘सक्रिय’

विगतमा भन्दा सदस्यहरुमा बिस्तारै सहकारी मोह बढेको छ । नियमित सहकारी शिक्षाका कार्यक्रमहरुको प्रभाव पनि हो भन्नुहुन्छ लामा । वार्षिक योजनामै साकोसले मासिक सहकारी शिक्षा कार्यक्रम राखेको छ । प्रत्येक दुई महिनामा वित्तीय साक्षरता कक्षा पनि सञ्चालन गर्दै आएको छ ।

समूहको मासिक बैठकमा समेत साकोसका गतिविधि बारे छलफल हुन्छ । यसले पनि सदस्यहरुको अपेक्षा बारे अद्यावधिक हुने अवसर मिलेको छ । सदस्यहरुले संस्थालाई समुदायको अभिभावकीय निकाय मान्दै आएका छन् । महिला हिंसाका विषयहरुलाई साकोसमार्फत सम्बोधनको पहलको अपेक्षा सदस्यहरुले राख्ने गरेको व्यवस्थापक लामा सुनाउनुहुन्छ ।

‘महिला हिंसाका जुनसुकै समस्याको समाधान सक्रिय महिलाबाट होस् भन्ने अपेक्षा सदस्यहरुको छ,’ उहाँले भन्नभुयो, ‘महिला तथा बालवालिका कार्यालयबाट प्राप्त आर्थिक तथा कार्यक्रम सहयोगबाट थुप्रै कामहरु गर्दै आएको छ साकोसले ।

कार्यविधि बनाएरै प्रभावित महिला सहायता कोष भनेर हिंसा पिडित महिलाहरुलाई सहयोग गर्दै आएको व्यवस्थापक लामाले बताउनुभयो । तत्कालका सहयोगसँगै पालिकाको महिला तथा बालबालिका शाखासँगको समन्वयमा समाधानको प्रयास पनि साकोसले गर्दै आएको छ । त्यस्ता घटनाहरुमा सफलता मिलेका उदाहरणहरु संस्थामा थुप्रै छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानको समयमा कार्यक्रम गर्न पालिकाले सहयोग गर्दै आएको लामाले उल्लेख गर्नुभयो ।

अपेक्षा

संस्थागत रुपमा भन्नुपर्दा कार्यक्षेत्र बिस्तार, कारोबार वृद्धि गरेर एशियाली स्तरको एक्सेस कार्यक्रममा सामेल भई ब्राण्ड पाउने र व्यक्तिगत रुपमा क्षमता तिखार्दै उदाहरणीय सहकारी व्यवस्थापक बन्ने लक्ष्य लामाको छ ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप