एभरेष्ट साकोसको आयोजनामा साकोस सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एभरेष्ट साकोसको आयोजनामा साकोस सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

चितवन । एभरेष्ट साकोस, भरतपुर–३, नारायणगढको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा छैठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) पौष २३ गते  दियालो फुडल्याण्ड, भरतपुर २, चितवनको सभाहलमा सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५० जना को उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष बाल गोपाल चुेकेको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कून लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटा, चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको विशेष उपस्थिति, नेफ्स्कून फिल्ड कार्यालय चितवनको फिल्ड इन्चार्ज रिषभराज रेग्मीको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले सहकारी संस्थाहरुमा हाल तरलता जोखिमको अवस्थाहरुबाट गुज्रिरहेकोले सो व्यवस्थापनमा हर तरिकाले लाग्नुपर्ने जसमा अत्यावश्यक बाहेक तिर्नुपर्ने दायित्वहरुलाई पछि सार्ने, अनावश्यक खर्चहरु कमगर्ने, सम्पत्ती जोड्ने कार्य नगर्ने, सदस्यहरुको बचत जम्मा र फिर्ताको अनुपातहेरी दैनिक योजना तयार गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । 

सहकारी ऐन, २०७४ द्वारा स्थापित, बचत तथा ऋण सहकारी संस्थाको सुरक्षा कवजको रुपमा रहेको स्थिरीकरण कोषमा सहभागी भई कोष सञ्चालनमा सहकार्य गर्नुहुन साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्दै जोखिमबाट बची संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने बिषयमा प्रष्ट पार्नुभएको थियो । 

कार्यक्रमबाट चितवनमा रहेका सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै  नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा अथर्व साकोसका व्यवस्थापक प्रेम ढकाललाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाको उपाध्यक्ष तथा प्रोवेसन कार्यदल संयोजक शान्तालाल प्रधान र सञ्चालन कार्यक्रम एभरेष्ट साकोसका सचिव मदन प्रसाद पौडेलले गर्नु भएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप