एभरेष्ट साकोसको आयोजनामा साकोस सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एभरेष्ट साकोसको आयोजनामा साकोस सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

चितवन । एभरेष्ट साकोस, भरतपुर–३, नारायणगढको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा छैठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) पौष २३ गते  दियालो फुडल्याण्ड, भरतपुर २, चितवनको सभाहलमा सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५० जना को उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष बाल गोपाल चुेकेको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कून लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटा, चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको विशेष उपस्थिति, नेफ्स्कून फिल्ड कार्यालय चितवनको फिल्ड इन्चार्ज रिषभराज रेग्मीको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले सहकारी संस्थाहरुमा हाल तरलता जोखिमको अवस्थाहरुबाट गुज्रिरहेकोले सो व्यवस्थापनमा हर तरिकाले लाग्नुपर्ने जसमा अत्यावश्यक बाहेक तिर्नुपर्ने दायित्वहरुलाई पछि सार्ने, अनावश्यक खर्चहरु कमगर्ने, सम्पत्ती जोड्ने कार्य नगर्ने, सदस्यहरुको बचत जम्मा र फिर्ताको अनुपातहेरी दैनिक योजना तयार गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । 

सहकारी ऐन, २०७४ द्वारा स्थापित, बचत तथा ऋण सहकारी संस्थाको सुरक्षा कवजको रुपमा रहेको स्थिरीकरण कोषमा सहभागी भई कोष सञ्चालनमा सहकार्य गर्नुहुन साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्दै जोखिमबाट बची संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने बिषयमा प्रष्ट पार्नुभएको थियो । 

कार्यक्रमबाट चितवनमा रहेका सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै  नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा अथर्व साकोसका व्यवस्थापक प्रेम ढकाललाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाको उपाध्यक्ष तथा प्रोवेसन कार्यदल संयोजक शान्तालाल प्रधान र सञ्चालन कार्यक्रम एभरेष्ट साकोसका सचिव मदन प्रसाद पौडेलले गर्नु भएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप