“वर्तमान सहकारी अभियान” विषयक नगरस्तरीय गोष्ठी भक्तपुरमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“वर्तमान सहकारी अभियान” विषयक नगरस्तरीय गोष्ठी भक्तपुरमा सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को मध्यपुर थिमि नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “वर्तमान सहकारी अभियान” विषयक  नगरस्तरीय गोष्ठी ७ बुँदे घोषणा जारी गर्दै हिजो सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अतिथि नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले वर्तमान अवस्थामा सहकारी अभियानलाई एकिकृत गरी अभियानको समस्याको पहिचान र समाधानका लागि ऐक्यबद्धता कायम गराउन गोष्ठीले टेवा पुर्याएको विचार व्यक्त गर्नुभयो । उहाँले हाल वित्तीय बजारमा देखिएको तरलता समस्या संघमा नरहेकोले सदस्य संस्थालाई ढुक्क भएर कारोबार गर्न गोष्ठीले बल पुर्याएको बताउनु भयो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वर्तमान सहकारीको समस्या तथा समाधानका लागि संघको पहल विषयमा कार्यत्रपत्र प्रस्तुत गर्दै सहकारी संस्थामा तरलता संकट हुन सक्ने सम्भावनालाई ध्यानमा राखि सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समुदायमा आधारित र गैर समुदायमा आधारित सहकारीताको फरक बताउनुभयो । समुदायमा आधारित भई सुशासनमा सञ्चालन भएका सहकारी संस्थाहरुमा तरलताको समस्या कम हुने बताउदैं कानुन विपरित सञ्चालित बहुउद्देश्यीय सहकारीहरु सञ्चालनमा रोक लगाउनुपर्ने, एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने र मालपोतमा ३० लाखसम्मको रोक्का दस्तुर रु.५००। बाट रु.८०००। सम्म बृद्धि गरेकोमा विरोध जनाउनुभयो । उहाँले सहकारी संघसंस्थाको बीचको कारोबारमा अग्रिम व्याजकर १५ प्रतिशतको व्यवस्था व्यवहारिक नभएको बताउनुभयो । 

संघका उपाध्यक्ष हरि बल्लले हालको बर्तमान सहकारी अभियानका समस्या तथा चुनौती पहिचान गरी समाधानका लागि सबै एकजुट हुन गोष्ठी आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारी अभियानले देशको आर्थिक, सामाजिक र संस्कृतिक विकासमा यथोचित टेवा पुर्याइएको बताउनुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघका सेवा सुविधा र गतिविधिबारे प्रस्तुतीकरण गर्नुभयो ।

वहाँले हालको तरलता संकट राज्यबाट पुँजीगत खर्च नहुन, निर्यात भन्दा आयात बृद्धि हुनु, रेमिट्यान्स घट्नु, बैदेशिक सहयोग प्राप्त नहुनु र बैंक वित्तीय संस्थाको सीडि रेसियो बढ्नुका कारणले देखिएको बताउनुभयो । बैंकले ऋण दिन नसक्दा सहकारीमा ऋणको माग बढेको बताउदै सहकारीले पनि तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । संघले संस्थाको तरलता व्यवस्थापनका लागि ३ महिने र १ बर्षे तरलता व्यवस्थापन ऋणको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।

गोष्ठीका सभापति संघका कोषाध्यक्ष एवम् उपसमितिका संयोजक कान्छा भक्त घजुले गोष्ठीमा प्रस्तुत कार्यपत्रका आधारमा छलफलबाट प्राप्त निष्कर्ष बमोजिम ७ बुँदे घोषणा गर्नुभयो । गोष्ठीमा मध्यपुर थिमि नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ५४ जनाको सहभागिता रह्यो । गोष्ठीको सञ्चालन उपसमितिका सदस्य सुरेश साहु श्रेष्ठले गर्नुभयो ।

 भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को मध्यपुर थिमि नगर सहकारी समन्वय उपसमितिको आयोजनामा मिति २०७८ पुष २६ गते एभरेष्ट पार्टी प्यालेस, भक्तपुरमा सम्पन्न “वर्तमान सहकारी अभियान” विषयक गोष्ठीमा सहभागिहरुले सर्वसम्मत रुपमा पारित गरी निम्न अनुसार घोषणा गर्दछौं । 

७ बुँदे घोषणा

१. सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त र नेपालको संविधान २०७२ को धारा १७ को उपधारा २ बमोजिम प्रतिकूल रहेको ठहर गर्दै खारेज वा संशोधनका लागि माग गर्दछौं । 

२ .सहकारी ऐनमा भएको कालो सूचीको व्यवस्था, कर्जा सूचना केन्द्रको स्थापना र कर्जा असुली न्यायधिकरणको स्थापना कार्यान्वनमा ल्याउन सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दछौं ।

३. नगरपालिका क्षेत्रमा सहकारीको आयकर ५ प्रतिशत हुँदा पनि सहकारी संघ संस्थाको कारोबारमा व्याजमा अग्रिमकर १५ प्रतिशत नै कायम गर्नु न्योचित नभएको ठहर गर्दै सहकारी संघ संस्था विचको कारोबारमा अग्रिम व्याजकर हटाउनुपर्ने वा संशोधनका लागि सम्बन्धित निकायमा पहल गर्न प्रतिबद्ध छौं ।

४. प्रदेश सरकारले प्रदेशकै कानुन विपरित बहुउद्देश्यीय सहकारी दर्ता भएका संस्थामा रकम जम्मा नगर्न सदस्यरुलाई अनुरोध गर्नुको साथै कानुन विपरित नगर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने र स्थानीय तहसंग समन्वय गर्न प्रतिबद्ध छौं ।

५.    वर्तमान तरलता संकटको समाधान गर्न ठूलो लगानीलाई स्थगित गरी सानो ऋणलाई मात्र प्राथमिकताका आधारमा ऋण लगानी गर्न प्रतिबद्ध छौं ।

६. सहकारीमा तरलता संकट आउन नदिन सहकारीको पैसा सहकारीमा भन्ने नारा अनुसार सहकारी संस्थाहरुले जिल्ला बचत तथा ऋण सहकारी संघमा अन्तरलगानी कारोबार बढाउन प्रतिबद्ध छौं ।

७. सहकारी अभियानलाई जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न निरन्तर सहकारी शिक्षा संचालनमा प्रतिबद्ध छौं ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

पाठकबाट थप