सिजेएन सहकारी अभियानको महत्वपूर्ण साझेदारः नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिजेएन सहकारी अभियानको महत्वपूर्ण साझेदारः नेफ्स्कून

काठमाडौं । नेफ्स्कूनले सहकारी पत्रकारहरुको पेशागत छाता संगठन–नेपाल सहकारी पत्रकार समाज (सिजेएन) सहकारी अभियानको महत्वपूर्ण साझेदार भएको दाबी गर्दै सहयात्रा र सौहार्दपूर्ण सम्बन्ध थप घनिष्ठ बन्ने विश्वास व्यक्त गरेको छ । नेफ्स्कूनले आज केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आयोजना गरेको ‘सिजेएनको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम’ मा पत्रकारहरुको छाता संगठनसँगको सम्बन्ध थप प्रगाढता उन्मुख हुने दाबी गरेको हो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष एवम् सूचना तथा तथा प्रकाशन उपसमिति संयोजक चन्द्र प्रसाद ढकाल, सञ्चालक सदस्यहरु रिना आचार्य, न्हुछे नारायण श्रेष्ठ, मन्दरा मिश्र, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतको उपस्थितिमा सिजेएनको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाय सफलताको शुभकामना व्यक्त गरिएको हो । सिजेएनको गत पुस २३ गते काठमाडौंमा सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट सहकारी खबरका सम्पादक काजी श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । 

कार्यक्रममा नेफ्स्कून अध्यक्ष पौड्यालले सिजेएनको स्थापनाकालदेखि नै आफु संगठनसँग जोडिएको बताउनुभयो । उहाँले अभियानको मार्गप्रशस्त गर्ने भूमिका सिजेएनको भएकोले थप दायित्वबोधका साथ पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अभियानका सकारात्मक र सृजनात्मक कुराहरुमा पनि पत्रकार साथीहरुको ध्यान जानुपर्छ ।’ अध्यक्ष पौड्यालले अभियानका कमी कमजोरीहरुको खबरदारीसँगै सकारात्मक र सृजनात्मक कामहरुमा पनि पत्रकारहरुको ध्यान जानुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले सिजेएन कार्यसमितिलाई बचत ऋण सहकारी अभियानका असल अभ्यासहरु, मुल्य, मान्यता र सिद्धान्तहरु र नवप्रवर्तनहरु हस्तान्तरण र आन्तरिकीकरण गर्न एक दिने कार्यशाला छिट्टै आयोजना गरिने पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले अभियान र सञ्चार निर्विकल्प नभएको भन्दै दुबैबीच सहकार्य र सहयात्रामा जोड दिनुभयो । सिजेएन र नेफ्स्कूनबीच सम्बन्धहरुका नयाँ आयामहरु विकास गर्न सकिने सम्भावना पनि उहाँले औल्याउनुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले सहकारी अभियानको गुणात्मक प्रगतिको गतिमा उब्जिएका केही मसिना र अल्पकालीन उल्झनहरु व्यवस्थापन गर्ने हो भने राजमार्ग ‘क्लियर’ हुने दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘सिजेएनको नवनिर्वाचित कार्यसमितिसँग थप सहकार्य गर्दै सहकारी अभियानको विकास र प्रगतिका लागि अघि बढ्ने कुरामा नेफ्स्कून प्रतिबद्ध छ ।’ सहकारीमार्फत रुपान्तरणका समाचारहरुले स्थान पाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नभुयो, ‘अभियान कमजोर भए सञ्चार क्षेत्र बलियो हुँदैन ।’ उहाँले सहकारी क्षेत्रका कलमजीवीहरुले अभियानका कमीकमजोरीहरु औल्याउने र बाटो बिगारेमा खबरदारी गर्नेसँगै राम्रा कामहरुको उचित प्रचारप्रसार पनि गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सिजेएनका नवनिर्वाचित अध्यक्ष काजी श्रेष्ठले नेफ्स्कूनसँग सहकार्यका लागि सधै तयार रहने भन्दै संघका कामहरुको आधारमा पत्रकारहरुले वस्तुनिष्ठ समाचारहरु संप्रेषण गर्नेमा आश्वस्त तुल्याउनुभयो । उहाँले गुण र दोषका आधारमा आलोचनात्मक समर्थन रहने स्पष्ट पार्नुभयो । नेफ्स्कूनले गरेका राम्रा कामहरुले सञ्चारमाध्यममा उचित स्थान पाउन नसकेको बताउँदै सहकारी खबरका प्रधान सम्पादक समेत रहनुभएका सिजेएन अध्यक्ष श्रेष्ठले तिनका बारेमा पत्रकारहरुलाई जानकारी गराउने काम नगरिएको गुनासो गर्नुभयो । उहाँले कतिपय महत्वपूर्ण गतिविधि र कार्यक्रमहरुका बारेमा सञ्चारमाध्यमलाई थाहा नै नदिइएको बताउनुभयो । नेफ्स्कून उच्च व्यवस्थापन समेत सहभागी कार्यक्रमको सञ्चालन संघका प्रशासन तचा सामान्य सञ्चालन विभाग प्रमुख सञ्जयराज तिमिल्सिेनाले गर्नुभएको थियो । कार्यक्रममा सिजेएनका उपाध्यक्ष तुलसी सुवेदी, सचिव अर्जुन खतिवडा, कोषाध्यक्ष प्रयास श्रेष्ठ, सहसचिव भेषराज बेल्वासे र सदस्य सुधा देवकोटा सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप