पोखरा रोयल साकोसका सदस्यलाई सहकारी र स्वास्थ्य शिक्षा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसका सदस्यलाई सहकारी र स्वास्थ्य शिक्षा 

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका दुलेगौंडा सेवाकेन्द्र अन्तर्गत रहेका सदस्यहरुलाई लक्षित गरी दुलेगौंडा बजारमा पुस २६ गते एकदिने सहकारी र स्वास्थ्य सम्वन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अभिमूखीकरण गोष्ठीमा सहकारीको महत्व र फाईदा, सहकारीको वित्तीय स्वास्थ्य, पोखरा रोयल सहकारी नै किन रु भन्ने शिर्षकमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ र क्यान्सर तथा कोभिड सम्वन्धी रोगको लक्षण र उपचारको बारेमा संस्थाका सल्लाहकार वरिष्ठ चिकित्सक डा।कालु शर्मा सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा डा।सुवेदीले विशेषगरी महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट जोगिने विधी, कोरोना कालमा अपनाउनु पर्ने जीवनशैली र खानपानको बारेमा सहभागीहरुसंग सहजीकरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेम भुजेलले रोयल सहकारीको सहकार्यमा विगत एक वर्षदेखि क्यान्सर रोग सम्वन्धी सचेतना कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै निकट भविष्यमा रोयल सहकारीको सदस्यहरुबाट नै क्यान्सर रोग पहिचान सम्वन्धी परिक्षण कार्यक्रम समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

संस्थाको दुलेगौंडा सेवाकेन्द्रको आयोजनामा सञ्चालित कार्यक्रममा संस्थाका संचालक तथा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक एकबहादुर गुरुङले स्वागत तथा संस्थाका सुपरिवेक्षक अविनाश पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सेवाकेन्द्र अन्तर्गत आवद्ध १२५ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा अधिकांश महिला सदस्यहरुको उपस्थिति रहेको र निकट भविष्यमा नै सदस्य लक्षित अन्य सामाजिक कृयाकलापहरु सञ्चालन गर्दै लगिने संस्थाको कार्यक्रम रहेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप