सहकारी अभियानलाई सुशासित बनाउन महासंघको थप सक्रियता आवश्यक: मन्त्री श्रेष्ठ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानलाई सुशासित बनाउन महासंघको थप सक्रियता आवश्यक: मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी अभियानलाई मर्यादित र सुशासित बनाउन महासंघले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको २९ औं वार्षिक साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले सहकारी अभियानलाई सुशासित बनाउन महासंघको थप सक्रियताको अपेक्षा गर्नुभएको हो । उहाँले कोभिड १९ महामारीको कठिन परिस्थितिमा सहकारीले खेलेको भूमिको प्रशंसा समेत गर्नुभयो । ‘तीब्र आर्थिक बृद्धि हासिल गर्न, शोषण रहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले उत्पादन बृद्धि गर्दै मुल्य शृखलामा सहकारीको योगदान हुने देख्छु,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले कसैको निजी स्वार्थ पुरा गर्नका लागि मात्र सहकारी ऐन संशोधन नहुने स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले संविधानको मुल मर्म, भावना तथा सहकारी दर्शन, सिद्धान्त अनुसार ऐन छैन भने त्यसलाई संशोधन गर्न आफू तयार रहेको बताउनुभएको छ ।  उहाँले भन्नुभयो, ‘कुनै ऐन संविधानसँग बाँझिने खालको छ भनेर परिकल्पना गर्न सकिदैन । यदी त्यस्तो छ भने ऐन संशोधनका लागि म तयार छु ।’

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ५ प्रतिशत र वित्तिय क्षेत्रमा करिब १७ प्रतिशत भन्दा माथि रहेको बताउनुभयो । उहाँले ४ दर्जन बढी अन्तरसम्बन्धित ऐनहर संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी शुसासन र स्वनियममा केन्द्रीय संघहरुलाई समेत सचेत गराउनुपर्ने अवस्था रहेकाले महासंघको समेत भूमिका आवश्यक रहेको औल्याउनुभयो । उद्घाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशब बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले महासंघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वित्तिय अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो । साधारण सभाले १० बर्षे रणनीतिक योजना स्वीकृत गरेको छ । त्यसैगरी महासंघको विधान समेत संशोधन गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप