नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना

काठमाडौं । नेफ्स्कूनले काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संघ लि. को पुस १० गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई आज एक औपचारिक कार्यक्रम गरी बधाई तथा शुभकामना ज्ञापन गरेको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सञ्चालक सदस्य जिवसराज खड्का, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतको टोलीका तर्फबाट जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीसहितको १३ सदस्यीय सञ्चालक समिति र शिवप्रसाद आचार्यको संयोजकत्वको ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका सदस्यहरुलाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको हो । आज बनेपामा आयोजित एक कार्यक्रममा नेफ्स्कूनले काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई बधाई तथा शुभकामनासहित साकोस अभियानका समसामयिक विषयमा संक्षिप्त अन्तरक्रिया समेत गरेको थियो ।कार्यक्रममा संघका सल्लाहकारहरु इन्द्र प्रसाद अधिकारी, प्रदीप थापा, तीर्थमाया प्रधान, बागमती प्रोस्कूनका सदस्य प्रकाश बञ्जारा लगायतको उपस्थिति थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप