इफ्को अध्यक्षमा दिलिप सांघाई नियुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इफ्को अध्यक्षमा दिलिप सांघाई नियुक्त

एजेन्सी । इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) का अध्यक्षमा दिलिप सांघाई नियुक्त हुनुभएको छ । राजधानी नयाँ दिल्लीस्थित इफ्को सदनमा आज बसेको इफ्कोको सञ्चालक समितिको बैठकले राजनीति र सहकारीका विभिन्न निकायमा भूमिका निर्वाह गर्नुभएका बरिष्ठ सहकारीकर्मी सांघाईलाई अध्यक्ष नियुक्त गरेको हो । सांघाई भारतीय सहकारी अभियानको सर्वोच्च निकाय ‘भारतीय राष्ट्रिय सहकारी संघ–एनसीयूआईका अध्यक्ष समेत हुनुहुन्छ । इफ्को अध्यक्ष बलबिंदर सिंह नकईको सन् २०२१ को अक्टोबरमा भएको निधन पछि उक्त पद रिक्त थियो । इफ्को सञ्चालक समितिले संघका उपाध्यक्ष समेत रहेका सांघाईलाई अध्यक्ष नियुक्त गरेको हो ।

 ३ दशक भन्दा अघिदेखि सहकारी क्षेत्रमा सक्रिय भारतका बरिष्ठ सहकारीकर्मी सिंहको ८६ वर्षको उमेरमा निधन भएको थियो । इफ्को किसानहरुलाई आवश्यक मलको उत्पादन तथा बिक्रीमा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल विश्वकै ठूलो सहकारीको रुपमा प्रतिष्ठित छ । इफ्को आइसीएले पछिल्लो पटक सार्वजनिक गरेको विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा पहिलो नम्बरमा रहेको छ ।

भारतका ५७ वटा सहकारी समितिहरु मिलेर सन् १९६७, नोभेम्बर ३ मा स्थापना भएको इफ्कोमा हाल ३६ हजार सहकारीहरु आबद्ध छन् भने कुल कारोबार २७,८३७ करोड रहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको इफकोले भारतभर साढे ५ करोड किसानहरुमा सेवा प्रवाह गरिरहेको छ ।

किसानहरुलाई सहज, सुलभ र गुणस्तरीय युरिया मल उत्पादन तथा बिक्री वितरण गर्दै आएको इफ्कोले विभिन्न मुलुकका उद्योगसँग सहकार्य गरेर आफ्ना उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्दै आएको छ । पछिल्लो समय इफ्कोले तरल मल को पनि उत्पादन बजारमा ल्याएको छ ।

इफ्कोको परिकल्पना ‘भारतीय किसानहलाई सक्षम तथा समृद्ध बनाउनका लागि, आज र भविष्यमा’ रहेको छ भने ‘भारतीय किसानहरुलाई पर्यावरणीय दृष्टिकोणले अनुकूल तथा सही समयमा भरोसायोग्य तथा उच्चकोटीको कृषि उत्पादन तथा सेवाहरु प्रदान गरी उनीहरुलाई समृद्ध बनाउने तथा सँगै उनीहरुको कल्याणका लागि अन्य केही कार्यहरु गर्ने’ ध्येय रहेको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप