सहकारी क्षेत्रलाई अग्रपंक्तिमा राख्दै 'बुस्टर' खोप उपलब्ध गराइने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रलाई अग्रपंक्तिमा राख्दै 'बुस्टर' खोप उपलब्ध गराइने

काठमाडौं । स्वास्थ्य सेवा विभागले सहकारी क्षेत्रमा संलग्नहरुलाई पनि अग्रपंक्तिमा खटिने सेवा प्रदायकहरु सरह कोभिड १९ विरुद्धको 'बुस्टर' मात्रा खोप उपलब्ध गराउने भएको छ । त्यसका लागि विभागले आजै आफु मातहतका देशभरका सबै निकायहरुलाई निर्देशन सहितको पत्र जारी गरेको छ । नेफ्स्कूनको पहलमा आज टेकूस्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले ७ वटै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, ७ वटै प्रदेशका स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई परिपत्रमार्फत यस्तो निर्देशन जारी गरेको हो । नेफ्स्कूनको पहलकद्मीमा सहकारी क्षेत्रलाई पनि स्वास्थ्य सेवा विभागबाट अग्रपक्तिमा खटिने र सार्वजनिक क्षेत्र भित्रको समूहमा राखी देशैभर आजै परिपत्र गरिएको हो । 

यसैबीच, सहकारीहरुको नियामक निकाय सहकारी विभागले पनि बेलैमा सहकारी क्षेत्रलाई बुस्टर खोपको उपलब्धताका लागि प्राथमिकतामा राख्ने काममा नेफ्स्कूनले गरेको पहलको प्रशंसा गरेको छ । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीको संक्षिप्त प्रतिक्रिया थियो, ‘यो अन्यन्त राम्रो काम भयो । सहकारी क्षेत्र पनि बुस्टर खोपको प्राथमिकतामा पर्यो ।’

त्यसअघि, देशभरका बचत तथा ऋण सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कूनले सहकारी क्षेत्रमा संलग्न व्यक्तिहरुलाई बुस्टर खोप उपलब्ध गराउने कार्यमा सहजीकरणका लागि सहकारी विभागलाई पत्राचार गरेको थियो । सोही पत्रलाई आधार मानी विभागले हिजो स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको थियो । 

आज नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र प्रशासन तथा सामान्य सञ्चालन विभाग प्रमुख राधेश्याम श्रेष्ठले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंह तथा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाललाई भेट गरी सहकारी क्षेत्रलाई प्राथमिकताका साथ बुस्टर खोप उपलब्ध गराउन बिशेष आग्रह गर्नुभएको थियो । भटेमा महानिर्देशन सिंह तथा निर्देशक लालले देशभर ठूलो सञ्जाल भएको सहकारी क्षेत्र पनि अग्रपक्तिंमा रही सदस्यहरुसँग प्रत्यक्ष र निरन्तर खट्नुपर्ने भएकाले बुस्टर खोप उपलब्ध गराउने कुरामा विभाग अत्यन्त सकारात्मक रहेको भन्दै तत्काल पत्राचारको व्यवस्था गरिने बताउनुभएको थियो । 

देशभर कोभिडको नयाँ भेरियन्टको संक्रमण पुनः बढ्दै गएको परिप्रेक्ष्यमा सदस्यलाई प्रत्यक्ष कार्यालयमार्फत एवम् घर दैलोमा समेत वित्तीय लगायतका सेवा प्रवाह गर्दै आएको सहकारी क्षेत्रका अंग्रपक्तिका कर्मचारीहरु पनि प्रभावित हुने क्रम उकालो लाग्दैछ । परिस्थितिको गाम्भीर्यतालाई ध्यानमा राखी बचत ऋण सहकारीहरुको अभिभावक निकाय नेफ्स्कूनले नेतृत्व लिदैं बेलैमा पहल थालनी गरी स्वास्थ्य सेवा विभागबाट पत्र जारी गराउन सफल भएको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप