रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न

रुपन्देही । रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजन तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा ३ दिवसीय ‘पर्ल्स अनुगमन प्रणाली’ तालिम सम्पन्न भएको छ । तालिममा संघमा आवद्ध १८ संस्थाका २१ व्यवस्थापक एवम् संञ्चालकको सहभागिता थियो । हिजो तालिमको समापन सत्रको अध्यक्षता जिल्ला संघका संञ्चालक एवं तालिम शिक्षा उप समिति संयोजक भरत भुसालले गर्नुभएको थियो भने जिल्ला संघका उपाध्यक्ष कृष्ण चौहान क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमका अतिथिमा जिल्ला संघकी संञ्चालक निर्मला अधिकारी, नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का, फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला रहनु भएको थियो ।  प्रमुख अथिति क्षेत्रीले प्रतिकूल समयमा पनि तालिम प्रभावकारी रहेको भन्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नु पर्ने धारण राख्नुभयो । साथै उहाँले प्राविधिक तालिमहरु कम्तीमा पनि ५ दिनको हुनु पर्ने धारण राख्नु भयो ।

सभाका अध्यक्ष भुसालले तालिमको सैद्धान्तिक कक्षा मात्र समापन भएको र व्यावहारिक कक्षा संस्थामा गएर काम गर्न थाले पछि मात्र सुरु हुने भएकाले तालिमको प्रभावकारीताको लागि अभ्यास अनिवार्य भएको धारणा राख्नुभयो । तालिमका सहभागिहरुले महत्वपूर्ण विषयम तालिम आयोजना गरी पहिलो पटक पर्ल्सको विषयमा धेरै ज्ञान आर्जन गर्ने अवसर प्रर्दान गरेकोमा जिल्ला संघ र नेफ्स्कून प्रति आभार व्यक्त गर्नु भएको थियो । माघ ९ गते जिल्ला संघका अध्यक्ष प्रकाश भुसालको प्रमुख आथित्यतामा उदघाटन भएको तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नु भएको थियो भने, उदघाटन सत्रमा तालिमको उदेश्य सहित स्वागत मन्तव्य फिल्ड कार्यालय इन्चार्ज छत्र धमालाले राख्नुभएको थियो । कार्यक्रम संञ्चालन जिल्ला संघकी व्यवस्थापक शर्मिला भटराईले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप