एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया 

काठमाडौं । एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आज संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एक्सेस प्रथम व्याचमा आबद्ध ७ साकोसका अध्यक्ष, व्यवस्थापक, संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विभागीय प्रमुखहरु र उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । 

छलफलमा साकोस स्तरीकरण कार्यक्रम (एक्सेस, प्रोवेसन र कर्ब्स) को प्रभावकारिता अभिबृद्धि, स्थिरीकरण कोषमा आबद्धता, साकोस एकरुपता प्रणाली कार्यान्वयनमा तीब्रता, प्रविधिगत एकरुपता, समसायमयिक तरलता अभावको व्यवस्थापन लगायतका विषयमा छलफल केन्द्रीत थियो ।   

संघका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानका दुई प्रमुख स्तम्भ स्तरीकरण र स्थिरीकरण कोषमा साकोसहरुको आबद्धता सुनिश्चितताको विषयलाई लिएर मन्त्रालय र विभाग गम्भिर बनेको प्रष्ट पार्नुभयो । विषयगत मन्त्रालय र विभाग समक्ष नियमित दफाबार छलफल गरेर अन्तिम टुङ्गोमा पुग्दैछौं, विभाग पनि नेफ्स्कूनको स्तरीकरण कार्यक्रमका सन्दर्भमा अत्यन्त सकारात्मक रहको छ । उहाँले भन्नुभयो, “हामी कोभिड महामारीबाट अब न्यू नर्मलमा जाँदैछौं । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसको ब्राण्ड निरन्तरताका लागि पनि एशियाली ऋण महासंघसँगको छलफलबाट न्यू इनोभेसनको प्रक्रियामा अगाडि बढेका छौं ।” 

स्थिरीकरण कोष अभियानको कोष हो । स्तरीकरण विना स्थिरीकरण सम्भव छैन । उहाँले भन्नुभयो, “अभियानका सम्पूर्ण स्तरीकृत साकोसहरुको आवद्धता कोषमा अपरिहार्य रहेको छ,  कोषमा तत्काल योगदानका लागि स्तरीकरण कार्यक्रममा आबद्ध सम्पूर्ण साकोसहरुलाई  अनुरोध गर्दछु ।”   

संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले सहकारीको विकास र प्रवर्धनको पाटोमा नेफ्स्कूनले अगाडि बढाएको स्तरीकरण कार्यक्रमका सन्दर्भमा सहकारी विभाग सकारात्मक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सबै संस्थालाई स्तरीकरणमा लैजान र स्थिरीकरण कोषमा आबद्धता अभिबृद्धि गर्न तपाईहरु लाग्नुहोस्, के सहयोग गर्नुपर्छ हामी त्यसका लागि तयार छौं भन्ने अभिव्यक्ति विभागबाट पाएका छौं, त्यसकारण पनि अभियानमा स्तरीकरण र स्थिरीकरण कोषको विकल्प छैन ।”   

कार्यक्रममा सहभागी एक्सेस प्रथम व्याचमा आबद्ध साकोसका प्रतिनिधिहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्डिङ कार्यक्रमबाट नेफ्स्कूनले साकोसको संस्थागत सुधारको क्षेत्रमा र अभियानको छवि उच्च बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको भन्दै ब्राण्डिङ कार्यक्रमको प्रभावकारितामा जोड दिन अनुरोध गर्नुभएको थियो । कोभिड परिवेशका कारण पछिल्लो समय संस्थाको विशिष्टीकृत कार्यशैली र प्राविधिक अनुगमनमा देखिएका कमी कमजोरीमा पनि सुधार गर्दै नेफ्स्कूनले ब्राण्डिङ्ग कार्यक्रमको प्रभावकारिता लागि साकोसहरुलाई पुनः झक्झक्याउन अनुरोध गर्नुभएको थियो ।  

एक्सेस प्रथम व्याचमा दोलखाको जनसचेतन, काभ्रेका विन्धवासिनी, वुडोल सामुदायिक, सामुदायिक, भक्तपुरका उपकार, बाराही र सिद्धिगणेश गरी ७ वटा साकोस रहेका छन् । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप