'संस्थागत दिगोपनाका लागि स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रम' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'संस्थागत दिगोपनाका लागि स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रम' 

काठमाडौं । सुनसरीको इटहरीको आज ‘नेफ्स्कूनसँग साकोस’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख व्यक्तित्व रहनुभएको कार्यक्रम नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् इटहरी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा भएको थियो भने नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोखरेल अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको उद्घाटन नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अभियानलाई पूर्ण रुपमा विश्वास गरेर सदस्य संस्थाहरुले कारोबार गर्नुपर्ने बताउनुभयो । साकोसको समस्या अभियानको समस्या भएको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले आफ्ना सदस्यहरुलाई जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । बजारमा देखिएको तरलता संकुचततर्फ संकेत गर्दै उहाँले सञ्जाल सहकार्यमा विश्वास गरी अभियान भित्रबाटै निकास निकाल्नुपर्नेमा जोड दिनुभयो । साकोस अभियानको सुरक्षा कवच स्थिरीकरण कोषमा योगदान गर्न पनि उहाँले बिशेष आग्रह गर्नुभयो । त्यस्तै, नेफ्स्कूनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थालाई सुरक्षित, दिगो र विश्वासिलो बनाउन बरिष्ठ उपाध्यक्ष ढकालको अनुरोध थियो । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कून र सदस्य साकोसहरुबीच सदैव हार्दिकताको सम्बन्ध रहेको भन्दै संघका उत्पादन तथा सेवा सदैव सदस्य केन्द्रीत रहने विश्वास दिलाउनुभयो ।

साकोसका अध्यक्ष र व्यवस्थापक गरी २५ जना सहभागी अन्तरक्रियात्मक कार्यक्रममा अतिथि नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोखरेलले विषम परिस्थितमा आन्तरिक र बाह्य कारणले पुँजीगत खर्च नभएका कारण पनि वित्तीय संकुचन पैदा भएको बताउँदै यस्तो अवस्थामा साकोसहरुले बिशेष सावधानी पुर्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले सहकारीहरुले सदस्यहरुलाई फिर्ता गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन बचतको सही विश्लेषण गरेर पुँजी परिचालन गर्न सक्दा राम्रो हुने जानकारी गराउनुभयो । अभियानको ऐक्यबद्धता, नीति, विधिको परिपालना र सहकार्यले वित्तीय संकुचनको अवस्थाबाट पार पाउन सकिनेमा उहाँको पनि जोड थियो । 

स्वागत मन्तव्य राख्दै नेफ्स्कून सञ्चालक गोमा नेपालले छाता संघले सदस्य साकोसहरुको सहभागितामा अपेक्षा संकलनका लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले केन्द्रीय संघलाई चलाउने नै सदस्य साकोसहरु भएको बताउँदै सोही कारण सदस्य संस्थाहरुलाई नेफ्स्कूनले सदैव विशेष महत्व दिने गरेको उल्लेख गर्नुभयो । संघकी सञ्चालक नेपालले नेफ्स्कूनका लागि आवश्यक पृष्ठपोषण र अनुभवन आदान प्रदान गर्न कार्यक्रम राखिएको बताउनुभयो । तरलता चाप व्यवस्थापनका लागि सबैको सहयोग र सञ्जाल सहकार्यमा उहाँको पनि बिशेष जोड थियो । नेफ्स्कूनका व्यवसाय अधिकृत मुकेश दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा संघको विराटनगर सेवा केन्द्र इन्चार्ज विन्दा भट्राईसँगै इटहरी फिल्ड कार्यालयका कर्मचारीहरुको पनि व्यवस्थापन सहयोग रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पृष्ठपोषण प्रदान गर्नुका साथै संघसँगको अपेक्षाहरु पनि राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम लगत्तै इटहरी फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक पनि बसेको थियो । बैठकमा संयोजक गोमा नेपालसँगै सदस्यहरु शालिकराम ढकाल, अर्जुनराज अधिकारी र लक्ष्मी सापकोटा सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

८ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप