'संस्थागत दिगोपनाका लागि स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रम' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'संस्थागत दिगोपनाका लागि स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रम' 

काठमाडौं । सुनसरीको इटहरीको आज ‘नेफ्स्कूनसँग साकोस’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख व्यक्तित्व रहनुभएको कार्यक्रम नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् इटहरी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा भएको थियो भने नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोखरेल अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको उद्घाटन नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अभियानलाई पूर्ण रुपमा विश्वास गरेर सदस्य संस्थाहरुले कारोबार गर्नुपर्ने बताउनुभयो । साकोसको समस्या अभियानको समस्या भएको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले आफ्ना सदस्यहरुलाई जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । बजारमा देखिएको तरलता संकुचततर्फ संकेत गर्दै उहाँले सञ्जाल सहकार्यमा विश्वास गरी अभियान भित्रबाटै निकास निकाल्नुपर्नेमा जोड दिनुभयो । साकोस अभियानको सुरक्षा कवच स्थिरीकरण कोषमा योगदान गर्न पनि उहाँले बिशेष आग्रह गर्नुभयो । त्यस्तै, नेफ्स्कूनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थालाई सुरक्षित, दिगो र विश्वासिलो बनाउन बरिष्ठ उपाध्यक्ष ढकालको अनुरोध थियो । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कून र सदस्य साकोसहरुबीच सदैव हार्दिकताको सम्बन्ध रहेको भन्दै संघका उत्पादन तथा सेवा सदैव सदस्य केन्द्रीत रहने विश्वास दिलाउनुभयो ।

साकोसका अध्यक्ष र व्यवस्थापक गरी २५ जना सहभागी अन्तरक्रियात्मक कार्यक्रममा अतिथि नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोखरेलले विषम परिस्थितमा आन्तरिक र बाह्य कारणले पुँजीगत खर्च नभएका कारण पनि वित्तीय संकुचन पैदा भएको बताउँदै यस्तो अवस्थामा साकोसहरुले बिशेष सावधानी पुर्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले सहकारीहरुले सदस्यहरुलाई फिर्ता गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन बचतको सही विश्लेषण गरेर पुँजी परिचालन गर्न सक्दा राम्रो हुने जानकारी गराउनुभयो । अभियानको ऐक्यबद्धता, नीति, विधिको परिपालना र सहकार्यले वित्तीय संकुचनको अवस्थाबाट पार पाउन सकिनेमा उहाँको पनि जोड थियो । 

स्वागत मन्तव्य राख्दै नेफ्स्कून सञ्चालक गोमा नेपालले छाता संघले सदस्य साकोसहरुको सहभागितामा अपेक्षा संकलनका लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले केन्द्रीय संघलाई चलाउने नै सदस्य साकोसहरु भएको बताउँदै सोही कारण सदस्य संस्थाहरुलाई नेफ्स्कूनले सदैव विशेष महत्व दिने गरेको उल्लेख गर्नुभयो । संघकी सञ्चालक नेपालले नेफ्स्कूनका लागि आवश्यक पृष्ठपोषण र अनुभवन आदान प्रदान गर्न कार्यक्रम राखिएको बताउनुभयो । तरलता चाप व्यवस्थापनका लागि सबैको सहयोग र सञ्जाल सहकार्यमा उहाँको पनि बिशेष जोड थियो । नेफ्स्कूनका व्यवसाय अधिकृत मुकेश दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा संघको विराटनगर सेवा केन्द्र इन्चार्ज विन्दा भट्राईसँगै इटहरी फिल्ड कार्यालयका कर्मचारीहरुको पनि व्यवस्थापन सहयोग रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पृष्ठपोषण प्रदान गर्नुका साथै संघसँगको अपेक्षाहरु पनि राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम लगत्तै इटहरी फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक पनि बसेको थियो । बैठकमा संयोजक गोमा नेपालसँगै सदस्यहरु शालिकराम ढकाल, अर्जुनराज अधिकारी र लक्ष्मी सापकोटा सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप