गुल्मीको कालिगण्डकी गाउँपालिकासँग आधारशिला कार्यक्रममा सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुल्मीको कालिगण्डकी गाउँपालिकासँग आधारशिला कार्यक्रममा सम्झौता

जिल्लाका स्थानीय तहहरु नेफ्स्कूसँग उत्साहित

काठमाडौं । कालिगण्डकी गाउँपालिका गुल्मीले नेफ्स्कूनले संञ्चालन गरी रहेको आधारशिला कार्यक्रमको लागि कार्यान्वयन सम्झौता गरेको छ । माघ १८ गते पालिका अध्यक्ष बेद बहादुर थापा, उपाध्यक्ष तारा थापा, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली, शिक्षा शाखा प्रमुख अग्रिधर पराजुली, सहकारी शाखा प्रमुख ऋषि राना, नेफ्स्कूनका फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमला र कार्यक्रम अधिकृत रिता सुवेदीको उपस्थितिमा नगरपालिकाको कार्यलयमा आधारशिला कार्यक्रममा सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा संघको तर्फबाट फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले हस्ताक्षर गर्नु भएको थियो भने रोहबरमा पालिकका तर्फबाट प्रमुख र उप प्रमुख र संघको तर्फबाट कार्यक्रम अधिकृत सुवेदी बस्नु भएको थियो । ११ वटा सहकारी रहेको पालिका गुल्मी जिल्लाको सदरमुकाम भन्दा सबैभन्दा टाढाको दूरीमा अवस्थित छ । सम्झौता कार्यक्रममा पालिका अध्यक्ष थापाले सहकारीको विकास बिना आर्थिक र सामाजिक विकास सम्भव नभएको र पालिकाको सिमित जनशक्तिबाट सहकारी नियमन तथा प्रर्वद्धनका कामहरु प्रभावकारी हुन नसकेकोले सहकारी अभियानको अनुभवी संघ संगको सहकार्यले उक्त अभावले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सोहि दिन जिल्लाको गुल्मीदरबार गाँउपालिकाको आयोजनामा आधारशिला कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाका प्रमुख अथिति कार्य  बाहक पालिक अध्यक्ष मिना भण्डारी रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा गाउँ पालिकाको सामाजिक शाखा प्रमुख नवराज घिमिरे, सहकारी शाखा प्रमुख विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु र संघका फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र कार्यक्रम अधिकृत रिता सुवेदीको सहभागिता थियो । कार्यक्रममा आधारशिला कार्यक्रमको परिचात्म र प्रक्रियागत सहजिकरण फिल्ड इन्चार्ज र कार्यक्रम अधिकृतले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिति पालिका अध्यक्षले विभिन्न वित्तीय संस्थाहरुको अस्वस्थ प्रतिस्प्रर्धाले ग्रामिण क्षेत्रका महिलाहरु ऋणमा डुबी रहेको बिभिन्न घटनाहरु समेत घटिरहेकोले समुदायलाई वित्तीय रुपमा साक्षर बनाउन आवश्यक वित्तीय सेवा प्रर्दान गर्न उपयुक्त विकल्प सहकारी भएको धारणा राख्नु भयो ।

पालिकाले संघको प्राविधिक सहयोगमा सहकारीको क्षमता विकास गर्ने र सञ्चालनमा आउन नसक्ने संस्थाहरुलाई एकिकरण वा खारेजिको प्रकृयामा लाने धारण राख्नु भयो । प्रमुख प्रशासकिय अधिकृत पाण्डेले भौतीक विकासका साथै आर्थिक र सामाजिक विकास विना समग्र विकास अपूर्ण हुने भएकाले सहकारी मार्फत आर्थिक तथा सामाजिक विकास गर्न सकिने धारण राख्नु भयो । सहकारीको संस्थागत विकास र ऐनको परिपालना गर्ने सम्दर्भमा नेफ्स्कून हेल्पिङ ह्याण्डको रुपमा रहने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले आधारशिला असाध्यै राम्रो कार्यक्रम भएकोले पालिकाले छिटो समझौता गरी कार्यान्वयनमा जानु पर्ने सुझाव व्यत्त गर्नु भयो । प्रमुख प्रशासकिय अधिकृत र पालिका अध्यक्षले कार्यपालिकाको बैठकबाट निर्णय गरी सम्झौता गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको संञ्चालन सहकारी शाखा प्रमुखले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप