सहकारी विभागका रजिष्ट्रार पण्डितद्वारा पदबहाली
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागका रजिष्ट्रार पण्डितद्वारा पदबहाली

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले आजबाट पदबहाली गर्नुभएको छ ।
 
गृहमन्त्रालयमा कार्यरत पण्डित केही दिनअघिमात्र सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा आउनुभएको थियो । मन्त्रालयले विभागको रजिष्ट्रारमा पण्डितलाई पठाउने निर्णय आइतबार गरेको हो । आज विभागमा उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदबहाली पश्चात सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै रजिष्ट्रार पण्डितले सहकारी संस्था र सदस्यहरुको बृहत्तर हितका लागि प्रशिक्षण, नियमन, सुपरीवेक्षण र सुशासन प्रवर्धनको कार्यमा भूमिका रहने अभिव्यक्त गर्नुभएको छ । 

२०२५ साल पौष १९ गते प्यूठान जिल्लामा जन्मिनुभएका पण्डितको सरकारी सेवा प्रवेश तीन दशक भन्दा बढी भएको छ । २०४३ सालदेखि रजिष्ट्रार पण्डितको ललितपुर महानगरपालिका–२५, सैंवुस्थित स्थायी बसोबास रहेको छ । कुशल प्रशासकका रुपमाम चिनिनुभएका पण्डितले यस अघि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेर महिलाहरुद्वारा सञ्चालित सहकारी र सहकारीको योगदानको विषयमा जानकार रहेको साकोस आवाजसँगको कुराकानीका क्रममा बताउनुभएको छ । 

गत कार्तिक ८ गते विभागको रजिष्ट्रार नियुक्त हुनुभएका झलकराम अधिकारीको भने ४ महिनामात्रै विभागको जिम्मेवारी सम्हालेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा भएको हो ।
 
भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

३ दिन अगाडि

पाठकबाट थप