व्याजदर पुनराबलोकन सम्बन्धमा अभियानका शीर्ष निकायका प्रतिनिधिहरुद्वारा सहकारी मन्त्रीसमक्ष भेट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्याजदर पुनराबलोकन सम्बन्धमा अभियानका शीर्ष निकायका प्रतिनिधिहरुद्वारा सहकारी मन्त्रीसमक्ष भेट

काठमाडौं । सहकारीको व्याजदर पुनराबलोकन सम्बन्धमा अभियानका शीर्षस्थ निकायका प्रतिनिधिहरुले आज सहकारी मन्त्री शशी श्रेष्ठलाई भेट गर्नुभएको छ । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा मन्त्रालय पुगेको टोलिमा महासंघका प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिहरु, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कृषि केन्द्रीय सहकारी संघका प्रतिनिधिहरु सम्मिलित हुनुुहुन्थ्यो भने मन्त्रालयको तर्फबाट सचिव, सहसचिवहरु, सहकारी विभागका रजिष्ट्रार लगायत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो । 

छलफलमा महासंघका अध्यक्ष कडेलले बैंक वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज वृद्धि गरेसँगै सहकारीको पनि ब्याजमा तत्काल पुनरावलोकन गर्न अनुरोध गर्दै व्याजदर परिवर्तनको आवश्यकता सम्बन्धमा विविध सुझावहरु राख्नुभएको थियो । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीको व्याजदर पुनराबलोकनका सन्दर्भमा मन्त्रालय र विभाग संवेदनशील भई विद्यमान समस्याको निकासका लागि अनुरोध गर्नुभएको थियो । 

मन्त्री श्रेष्ठले अभियानबाट प्राप्त सुझावहरु मननयोग्य रहेको बताउँदै यसउपर सबै पक्षसँग छलफल गरेर तत्काल समस्या समाधानका लागि ठोस निकास निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

आजै महासंघका अध्यक्ष मीनराज कंडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेट गरेको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप