मेची सहकारीको रजत वर्षको अवसरमा प्रदेश १ स्तरीय कार्याशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मेची सहकारीको रजत वर्षको अवसरमा प्रदेश १ स्तरीय कार्याशाला सम्पन्न 

विराटनगर । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रजत वर्षको सन्दर्भमा प्रदेश  नं. १ स्तरीय कार्यशाला सम्पन्न भएको छ । 

फागुन ७ र ८ मा सम्पन्न दुई दिवसीय कार्यशाला गोष्ठीको पहिलो दिन दमक–६ स्थित संस्थाको भवनबाट प्रभातफेरि कार्यक्रमको आयोजना गरी दमकको नमुना बजार परिक्रमा गरिएको थियो । प्रभातफेरिमा नेपालका सहकारी अभियानका शीर्ष व्यक्ति तथा सहकारी अभियन्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।  कार्यक्रममा २५ जना अतिथिहरुको उपस्थितिमा २५ वटा दीप प्रज्वलन गरी सामूहिक रुपमा कार्यशाला गोष्ठीको उद्घाटन गरिएको थियो ।

गोष्ठिमा नेपालको दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुन जरुरी रहेको विज्ञ एवम् सहकारी अगुवाहरुले बताएका थिए । उनीहरुले सरकारको तीन खम्बे आर्थिक नीतिमा सहकारी समेत रहेको स्मरण गर्दै राज्यका तीनै ओटा खम्ब बलियो भए मात्र अर्थतन्त्र पनि बलियो हुनसक्ने धारणा राखेका थिए ।

पूर्वी नेपालकै बढि कारोबार गर्ने मध्येको एक मेची सहकारी संस्थाले सहकारी एकीकृत बस्तिको योजना समेत सञ्चालन गरिरहेको संस्थाका सचिव राजेन्द्र दाहालले बताउनुभयो । सदस्यलाई घर उपलब्ध गराउने कार्यक्रम अन्तर्गत संस्थाले नमुना आवास आयोजना संचालन गरेको छ । दमकमै अन्तर संस्था बहुउद्देश्यीय कृषि उद्योग केन्द्र स्थापना गरेको छ । १२ विगाहा जग्गामा संचालन सो उद्योगमा संस्थाको ४० प्रतिशत लगानी छ । संस्थाले सदस्यलाई उपचार खर्च, काजकिरिया खर्च, प्राकृतिक प्रकोप राहतलगायतका सेवा सुविधासमेत दिएको छ । हजारौ सहकारीकर्मीले सो सहकारीको अवलोकन भ्रमण समेत गर्दै आएका दाहालले बताउनु भयो ।

प्रदेश १ भरिका सहकारीका व्यवस्थापक, अध्यक्ष तथा जिल्ला संघ, दमक न.पा.का मेयर, उपमेयर, कमल गा.पा.का मेयर, उपमेयर तथा दमकका १० वटै वडाका वडाध्यक्षको सहभागिता रहेको कार्यक्रममा सहकारीका अभियानका विशिष्ट ३ जना, बाग्मती प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव र पूर्व अर्थमन्त्रीले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले शुभकामना मन्तव्य राख्दै सुरु भएको शनिबारको पहिलो चरणको कार्यक्रममा बाग्मती प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले “वर्तमान सहकारी ऐन कानुन र कार्यान्वयनका चुनौतीहरु” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिवबहादुर डाँगीले गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि सहकारी महासंघका पूर्व सञ्चालक रामचन्द्र उप्रेतीले टिप्पणी गर्नुभएको थियो ।

यस्तै सोही दिनको दोस्रो सत्रको कार्यक्रममा सहकारी महासंघकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङले “सहकारीको वर्तमान अवस्था, चुनौती र सम्भावना” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता साना किसान केन्द्रीय संघका अध्यक्ष खेम पाठकले गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सहकारी अभियन्ता तथा कार्यक्रमका प्रमुख वक्ता दीपकप्रकाश बाँस्कोटाले सहकारी र बैंक बीचको भिन्नता, सहकारी अभियान, सञ्चालकहरुले निभाउनुपर्ने भूमिका, कर्मचारीहरुको इमान्दारितालगायत बिषयमा चर्चा गर्नुभएको थियो ।

आइतबार सम्पन्न दोस्रो चरणको कार्यक्रममा सहकारी अभियन्ता केशवप्रसाद पोख्रेलले “सहकारीमा जोखिम, विश्लेषण र न्यूनिकरण” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले टिप्पणी गर्नुभएको थियो ।

त्यस्तै दोस्रो सत्रको कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले “सहकारीमा प्रविधिको प्रयोग र नव प्रवद्र्धन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गर्नुभएको थियो ।
राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका प्रमुख वक्ता केशव बडालले सहकारीहरुको सन्दर्भ ब्याज, सहकारीका मूल्य मान्यता, सहकारीको वर्तमान र भविष्यको चुनौती, सहकारीले उत्पादन केन्द्रित कारोबार गर्नुपर्ने र स्वनियममा सहकारी संस्था सञ्चालन गर्नुपर्ने बिषयमा चर्चा गर्नुभएको थियो ।

२०५४ सालमा २९ जनाबाट एक लाख ४५ हजार रुपैयाँबाट शुरु भएको संस्थामा हाल करिब ८ हजार सदस्य आवद्ध छन् भने करिब २८ करोड शेयर पुँजी पुगेको छ । संस्थाका अध्यक्ष नारायण भट्टराईले रजत बर्षको अवसर पारेर आफ्नो उपलब्धीलाई अभियानले स्वामित्व लिनेगरी मनाएको बताउनुभयो । सहकारी अभियानका महत्वपूर्ण व्यक्तित्वहरुको भेलापछि उत्साहित हुँदै अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हालसम्मको हाम्रो उपलब्धीलाई साक्षात्कार गराउन हामी सफल भएका छौं ।’

कार्यक्रमका कार्यपत्र प्रस्तोता, कार्यपत्रका अध्यक्ष तथा टिप्पणीकर्ताहरुलाई मायाको चिनो तथा साझेदार संस्थाहरु माइक्रो बैंकर नेपाल प्रा.लि., आरएमडीसी लघु वित्त वित्तीय संस्था, फस्र्ट माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप