सहकारीमा संरक्षित पुँजी फिर्ता कोषको महत्व र वितरण तरिका
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा संरक्षित पुँजी फिर्ता कोषको महत्व र वितरण तरिका

इ.सं.१८४४ डिसेम्बर २१ को दिन विश्व सहकारी इतिहासको औपचारिक थालनी भएको दिन हो । सोहि दिनमा उत्तरी बेलायतको ल्याङ्कसायरस्थित रोचडेल सहरको टोड लेन ३१ मा २८ जना अगुवा (रोचडेली अगुवाको नामले चिनिएका) हरुले पहिलो सहकारी उपभोक्ता पसल ‘रोचडेल पायोनियर्स स्टोर’ सञ्चालन गरी विश्वमा आधुनिक सहकारी अवधारणाको व्यावहारिक एवं विधिवत सुरुवात गरेका थिए ।

US Department of Agriculture का अनुसार सहकारी भनेको सेवा उपयोगकर्ताहरू मिली उनीहरूकै स्वामित्व र नियन्त्रणमा सञ्चालन गरिने व्यवसाय हो र यसबाट हुने लाभ सेवा उपयोगका अनुपातका आधारमा आपूmहरू बीच बाँडफाँड गर्दछन् । (A cooperative is a user-owned, user-controlled business that distributes benefits on the basis of use)। यसको मतलव सदस्यहरूले संस्थामा गरेको कारोवारको अनुपातमा प्रतिफल प्राप्त गर्नुपर्दछ भन्ने नै हो ।

“सहकारी ऐन, २०७४” ले दफा ६९ मा संरक्षित पुँजी फिर्ता कोष (१) सहकारी संस्थामा एक संरक्षित पुँजी फिर्ता कोष रहनेछ । (२) दफा ६८ वमोजिमको जगेडा कोषमा सो दफाको उपदफा (२) को खण्ड (क) बमोजिमको रकम छुट्याई बाँकी रहेको रकमको कम्तीमा पच्चीस प्रतिशत रकम उपदफा (१) बमोजिमको कोषमा वार्षिक रूपमा जम्मा गर्नुपर्नेछ । (३) उपदफा (१) बमोजिमको रकम सदस्यले गरेको तोकिए बमोजिमको वार्षिक कारोबारको आधारमा सम्बन्धित सदस्यलाई उपलब्ध गराउनुपर्नेछ । भनी उल्लेख गरेको छ ।

सहकारी संस्थाको व्यावसायिक कृयाकलापमा संलग्न सदस्यलेनै संस्थाको सेवा खरिद वा उपयोग गरी आम्दानी बढाउन र व्यवसायलाई बढाउन फष्टाउन सहयोग पुर्याइरहेका हुन्छन् । संस्थाको कारोबार बढाउन, फष्टाउन सहयोग पुर्याउने यी सदस्यहरू वास्तविक रूपमा संस्थाको संरक्षक हुन् र त्यस्ता सदस्यहरू संस्थाले आर्जन गरेको बचत (Surplus) रकमबाट बढीभन्दा बढी प्रतिफल पाउन योग्य हुन्छन् । यसमा शेयर पुँजीको जस्तो सीमित लाभांश नभई कारोबारको अनुपातमा असीमित प्रतिफल (लाभांश) दिनुपर्दछ भन्ने नियम रोचडेलीहरूले लगाएका थिए । त्यसैले सदस्यहरूलाई संस्थासँग गरेको कारोबारको अनुपातमा उनीहरूलाई लाभान्वित गराउन यो कोषको सृजना रोचडेलीहरूलेनै गरेका हुन् । रोचडेलीहरूले प्रारम्भमा सञ्चालनमा ल्याएको सहकारी उपभोक्ता भण्डारबाट हुने आयलाई शेयरको अनुपातमा असीमित लाभांश दिने नियम बनाएका थिए । यसको परिणति सदस्यहरूले लाभांश प्राप्त भै हाल्दछ भनी भण्डारबाट सामान खरिद नगरिदिंदा भण्डार बन्दहुने अवस्थामा पुग्यो र सदस्यहरूको चिन्तनले उनीहरूले शेयरवापतको सीमित व्याज र कारोबारको असीमित लाभांश प्रदान गर्दा सदस्यहरू संस्थाबाट सामान किन्न प्रोत्साहित हुन्छन् भन्ने तथ्य पत्ता लगाए । जुन पुँजीलाई श्रमको अधिनमा राख्ने सहकारी दर्शनको महत्वपूर्ण औजारसमेत थियो । यो कोषको शुरूवात भएबाट उनीहरूको उपभोक्ता भण्डारमा सदस्यहरूले सामान खरिद बढाए र संस्था असफल हुनबाट बच्यो । यसरी उपभोक्ता भण्डारको सफलताले युरोपभर सहकारीको विविधिकरण एवं विस्तारमा सहयोग पुग्यो । 

सहकारी ऐन २०७४ को दफा ६९ अनुसार सहकारी संस्थाले वार्षिक शुद्ध बचत रकमबाट जगेडा कोषमा छुट्याई बाँकी रहन आएको रकमलाई सय प्रतिशत मानि यो कोषमा कम्तिमा २५ प्रतिशत रकम छुट्याई सदस्यहरूलाई उनिहरूले गरेको वार्षिक कारोबारको गणना गरी लाभांश वितरण गर्नुपर्दछ । सदस्यले लाभांश प्राप्त गर्दा कारोवारको अनुपातमा संस्थाभित्र समता कायम हुनेगरी वा बढी कारोबार गर्नेले बढी र कम कारोबार गर्नेले कम प्राप्त गर्दछन् । कारोबार नगर्नेले प्राप्त गर्दैनन् । कुनै आर्थिक वर्षमा वितरण गरी बाँकी रहेको रकम सोही आर्थिक वर्षको अन्त्यमा जगेडा कोषमा सार्नु पर्ने हुन्छ ।

संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यलाई रकम, वितरण गर्दा सदस्यको वार्षिक कारोबारको आधारमा गरिने भएकाले कारोवार के हो भन्ने बुझ्न जरूरी छ ।

(क) उत्पादक संस्थामा सदस्यले संस्थालाई बिक्री गरेको उपजको खरिद मूल्य,
(ख) वित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र लिएको ऋण रकममा तिरेको ब्याज,
(ग) उपभोक्ता सम्बन्धी संस्थामा सदस्यले संस्थासँग खरिद गरेको वस्तु वा सेवाको मूल्य,
(घ) श्रमिक सम्बन्धी संस्थामा सदस्यले संस्थाबाट प्राप्त गरेको ज्याला, 
(ङ) बहुउद्देश्यीय संस्थामा खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित आधार ।

  •     उत्पादक संस्थाले सदस्यलाई आवश्यक सामग्री बिक्रीगरेकोमा त्यस्तो कारोबारलाई समेत गणना गर्न सकिनेछ ।
  •     ऋणको भाखा नघाएको सदस्यलाई त्यस्तो ऋणमा तिरेको ब्याजको आधारमा संरक्षित पुँजीफिर्ता दिइने छैन ।
  •     कोषको रकम वितरण गर्न बचत रकमको लागि चालीस प्रतिशत र ऋणमा तिरेको ब्याज रकमको लागि साठी प्रतिशत भार दिई गणना गरिनेछ ।

संरक्षित पुँजी फिर्ताकोषको रकम वितरण तरिका :

सूत्र

सदस्यले संरक्षित कोषबाट पाउने लाभांश =  

 

 

 

कारोबारको गणना

उत्पादक सहकारीमा

 सदस्यको कारोबार:  सदस्यले वर्षभरिमा संस्थालाई बेचेको सामान बापत प्राप्त गरेको मूल्यसंस्थाबाट सामान खरिद गर्दा तिरेको मूल्य ।
 संस्थाको  कारोबार:  संस्थाले वर्षभरिमा सदस्यहरूसँग खरिद गरेको ंसदस्यलाई बिक्री गरेको सामानको कूल मूल्य संस्थाको कूल कारोवार हो ।

सहकारी नियमावली, २०७५ ले उत्पादक संस्थाले सदस्यहरूलाई कुनै सामान बिक्री गरेको भए सोबाट समेत ंसंस्थाको आयमा सदस्य खरिदको योगदान हुने भएकाले कारोबारमा गणना गर्न सकिने भन्ने व्यवस्था गरेको छ । जस्तै दुग्ध उत्पादक सहकारी संस्थामा सदस्यहरूले पशु आहार, औषधी मुलो, घाँसको बिउ आदि खरिद गरेका हुन सक्दछ्न् । संस्थाले सदस्यको कारोबार गणना गर्दा संस्थाको सदस्य तर्फको बिक्री मूल्य गणना नगर्ने भन्ने नीति बनाउने हो भने संस्थाको कारोबारमा पनि सदस्य तर्फको बिक्रीलाई गणना गर्नुहुँदैन ।

उपभोक्ता सहकारीमा कारोबार

सदस्यले वर्षभरिमा संस्थाबाट कति रकमको सामान खरिद गर्यो त्यो सदस्यको कारोबार हो, 
संस्थाले आफ्ना सदस्यहरूलाई वर्ष भरिमा कति रकमको सामान बिक्री गर्यो त्यो संस्थाको कुल कारोबार हो ।

श्रमिक सहकारीमा

सदस्यले बर्षभरिमा संस्थाबाट प्राप्त गरेको कुल ज्याला रकम सदस्यको कारोबार हो ।
संस्थाले वर्षभरिमा सदस्यहरूलाई भुक्तानी गरेको ज्याला रकम संस्थाको कारोबार हो ।

वित्तीय कारोबार गर्ने सहकारीमा

सदस्यको कारोबार ः वर्षभरिमा सदस्यले बचतमा पाएको जम्मा व्याज रकम र ऋणमा तिरेको ब्याज रकम ।

संस्थाको कारोबार ः संस्थाले वर्षभरिमा सदस्यहरूको बचतमा तिरेको जम्मा ब्याज रकम र ऋणमा लिएको जम्मा ब्याज रकम ।

सहकारी नियमावली २०७५ को नियम २५ को उपनियम (ख) मा वित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र लिएको ऋण रकममा तिरेको ब्याजलाई आधार मान्नु पर्दछ भन्ने उल्लेख गरिएको छ । ऋणतर्पmको कारोबार गणना गर्दा संस्थाले प्राप्त गरेको ब्याजलाई आधार नमान्ने हो भने समयमा ब्याज नबुझाउने सदस्य समेत लाभान्वित हुन जान्छन् । त्यसो हुँदा ऋणतर्फ ब्याजको आधार बचत तर्पm पनि सदस्यले संस्थाबाट पाएको ब्याज रकमलाई नै आधार मान्नु पर्दछ । नियमावलीको मनसाय पनि यही हो । सहकारी नियमावलीमा भएको व्यवस्था अनुसार संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकमलाई ऋण तर्फको कारोवारका लागि ६० प्रतिशत र वचत तर्फको कारोवारका लागि ४० प्रतिशत छुट््याई अलग अलग हिसाब गर्नुपर्दछ ।

(क) बचत कारोवार तर्फकोः

 

 

 

(ख) ऋण कारोवार तर्फको ः 

 

 

 

अन्त्यमा, कोषको रकम साधारण सभाको स्वीकृति अनुसार सञ्चालक समितिले कार्यक्रम बनाई खर्च गर्दै जानु पर्दछ र खर्च नभएको रकम सोहि कोषमा सञ्चित गर्दै लैजानु पर्दछ । सहकारी संस्थाहरूमा यो कोषको व्यवस्थापन गर्नु भनेको संस्थाले सदस्यले प्राप्त गर्ने प्रतिफलमा कमी नआओस् भन्ने र किफायति रूपमा आर्जन गरेको रकमबाटै सोहि कार्यमा खर्चगर्ने परिपाटी बसाउनका लागि हो । अन्यथा सोझै खर्चलेख्ने परिपाटीले संस्थाको वार्षिक आयमा कमी आई सदस्यले प्रतिफल नपाउने वा कम पाउने तथा संस्थाको अविभाज्य कोषमा पनि रकम विभाजन कम हुने वा हुंदै नहुने अवस्था आउँदछ । सहकारीले किफायति खर्चगरी बचत गर्न सिकाउने भएकाले कोषमा रहेको रकमको यथोचित सदुपयोग गर्न र देखासिकी रूपमा खर्चको दिगो बन्दोबस्त नगरी सोझै खर्च लेख्ने परिपाटीलाई निरूत्साहित गर्नुपर्दछ । सदस्यले संरक्षित पुँजी फिर्ता कोष वाट लाभांश प्राप्त गर्दा कारोबारको अनुपातमा संस्थाभित्र समता कायम हुनेगरी वा बढी कारोवार गर्नेले बढी र कम कारोवार गर्नेले कम प्राप्त गर्दछन् । कारोबार नगर्नेले प्राप्त गर्दैनन् । कारोबारको आधारमा अतिरिक्त लाभ प्राप्त गर्ने यो पद्धती नै बैंक र सहकारी बीचको आधारभुत भिन्नता हो । सहकारीको अति सुन्दर पक्ष यहि नै हो । 


सन्दर्भ सामग्री ः
१. सहकारी ऐन, २०७४
२. नियमावली, २०७५
३. http://www.worldcat.org/oclc/17954408, Cobia, David.W (Ed). 1989. Co-operatives in Agriculture. Englewood Cliffs, New Jersey: Prentice Hall.
४. https://www.saccosaawaj.coop.np/news/1383
५. सहकारी दर्पण २०७६
 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप