कमलामाई नगरपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा कार्यशाला गोष्ठी सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कमलामाई नगरपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समीक्षा कार्यशाला गोष्ठी  सम्पन्न 

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाका सहकारी संस्थाहरुको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धि कार्यशाला गोष्ठी फागुन ११ गते सम्पन्न भएको छ । नेफ्स्कूनद्धारा प्रतिपादित कार्यक्रम आधारशिला अन्तर्गत नगरपालिका भर रहेका १२० वटा भन्दा बढी सहकारी संस्था मध्ये विगतमा ३२ वटा संस्थाहरुको सहकारी संस्थाहरुको स्थलगत रुपमा गरीएको अवस्था मापनको आधारमा उक्त कार्यशाला गोष्ठी संचालन गरीएको हो । उक्त कार्यक्रममा साकोसहरुको अवस्था, साकोसहरुले आगामी दिनमा गर्नुपर्ने थप कार्यहरु, संघ तथा नियामक निकायहरुले गर्नुपर्ने थप सहजिकरण तथा क्रियाकलापहरु लगायतका विषयहरुमा प्रस्तुतीकरण तथा छलफल भएको थियो । उक्त कार्यक्रमले आगामि दिनमा आधारशिला कार्यक्रमबाट प्राप्त नतिजाहरु सम्पुर्ण साकोसहरुले प्राप्त गर्न सके सुधार गर्दै लान थप सहज हुने कुरा सहभागीहरुले राख्नुभएको थियो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहाजुर खत्रीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका उप-प्रमुख मन्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत विशकशेन ढकाल, नगर शिक्षा अधिकारी शंकर राज लुइटेल, सामाजिक विकाश शाखा प्रमुख सत्यदेवी अधिकारी, सहकारी शाखा प्रमुख इन्दिरा थापा साथै जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत अन्य जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव नवराज कोइराला, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बालकुमारी श्रेष्ठ, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक कृष्णहरि  कोइराला लगायत जिल्ला स्तरका विषयगत संघ बाट अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख खड्ग बहादुर खत्रि र प्रमुख प्रशासकिय अधिकृत विशकशेन ढकालले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा उहाँहरुले सहकारीहरु निति, विधि र प्रविधिमा चल्नुपर्ने, सहकारी सिद्धान्तको परिपालना गर्नुपर्ने, सहकारीको विकासको लागी नगरपालिकाले आवश्यक तालिम तथा सहयोग गरीरहेको र आगामि दिनमा पनि आवश्यकता अनुसारको कार्यक्रमहरु संचालन गर्ने साथै अहिले नगरले सहकारीहरुको अनुगमनलाई पनि निरन्तरता दिइरहेको कुरा राख्नुहुदै यस आधारशिला कार्यक्रमले सहकारीहरुको अवस्था पहिचान गरी सहकारीहरुको समस्याहरु पत्ता लगाई आवश्यकता अनुसारको कार्यक्रमहरु तर्जुमा गर्न र सहकारी क्षेत्रको विकास गर्नको लागी थप सहयोग पुग्ने विश्वास राख्नुभएको थियो ।

कार्यक्रममा सहकारी संस्थाहरुको अवस्थाको प्रस्तुति नेफ्स्कून कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो भने कार्यक्रम संचालन तथा सहकारी विभागले जारी गरेको ८८ बुँदे निर्देर्शिकाको विषयमा नेफ्स्कून अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमा नेफ्स्कून सिन्धुली फिल्ड कार्यलय प्रमुख श्याम बुढाथोकिको पनि सहभागीता रहेको थियो । नगरपालिकाको सभा हलमा संचालित उक्त कार्यक्रममा ३२ वटा साकोसहरु बाट ३५ जनाको सहभागिता थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप