सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो

काठमाडौं । सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । आज बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको सन्दर्भ ब्याजदर निर्धारण समितिका सदस्य एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी गराउनुभयो । पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निस्कर्षमा पुग्न सकेको थिएन । सहकारीले अभियानले बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर र सहकारीमा क्यापिङको रुपमा रहेको १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरले गर्दा सम्पत्ती दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै दबावमूलक अभियान संचालन गरेको थियो । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले शुक्रबार आगामी फागुन १५ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो । 

आजको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकमा राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई समेत आमन्त्रण गरिएको थियो । सो बैठकले अब चार÷चार महिनामा नियमित रुपमा बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ । ‘बजारमा ब्याजदर बढ्दै गएमा फेरी तत्काल बैठक बसी निर्णय गर्ने समेत सहमति भएको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत तोकिएको थियो । यस अघि प्राविधिक उपसमितिको बैठक बसेको थियो । सहकारी संस्थाहरुका लागि तोकिने सन्दर्भ ब्याजदर सहकारी संस्थाहरका लागि निर्देशक ब्याजदरका रुपमा रहेन व्यवस्था छ । आज धेरै छलफल पछि सरकार र अभियानबीच १६ प्रतिशतमा सहमत भएको हो । 

शुक्रबार बिहानदेखि ब्याजदर अध्ययन गर्न प्राविधिक उप समितिमा छलफल भएको थियो । प्राविधिक समितिले पछिल्लो तथ्यांकका आधारमा छलफल गरी सहकारीको सन्दर्भ ब्याजदरको टुङ्गो लगाएको हो । प्राविधिक उपसमितिका सदस्य एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले समितिले प्राविधिक छलफलका लागि बल उपसमितिकै कोर्टमा उपलब्ध गराएको स्थितिमा आज बिहान थप छलफल भएको बताउनुभयो । उहाँले इन्फ्लेसन रेट, राष्ट बैंकले जारी गरेको निर्देशन, तरलताको स्थिति आदि कारणले ब्याजदर बढाउन आवश्यकता भएको निष्कर्ष उपसमितिको रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'बजारको आधारमा ब्याजदर स्वचालित निर्धारण हुने व्यवस्था कायम गरिनुपर्छ । आधार दर अनुसार ब्याजदर कायम गरिनुपर्छ ।'

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप