काठमाडौं । नेफ्स्कूनले आयोजनामा 'रणनीतिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम २०७८' आज अपरान्ह चितवनको सौराहामा सुरु भएको छ । नेफ्स्कूनले अवलम्बन गरेको रणनीति अन्तर्गत हालसम्म प्राप्त उपलब्धिहरुको समिक्षा सँगै संघमा कार्यरत मानव संशाधन (फिल्ड कार्यालयका प्रमुखहरु लक्षित) को क्षमता विकासका लागि आयोजित ३ दिने कार्यक्रमको संघका अध्यक्ष परितोष पौड्यालले एक समारोह बीच उद्घाटन गर्नुभयो ।