प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न 

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) को प्राविधिक सहयोगमा फागुन ७ गते बाट फागुन १३ गते सम्म पोखरा लेकसाइड स्थित माई होटलमा कास्की जिल्ला स्थित सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित सञ्चालित प्रशिक्षक प्रशिक्षण कार्यक्रम हिजो एक कार्यक्रमबीच समापन भएको छ ।

७ दिन सम्म आवासीय रुपमा सञ्चालित उक्त कार्यक्रमको समापन मन्तव्य राख्नु हुँदै क्वलका संस्थापक अध्यक्ष मीलन ढकालले कास्की जिल्लामा सञ्चालित प्रारम्भिक सहकारीहरुलाई सहकारी सम्बन्धी तालिम प्रदान गर्नको लागि जनशक्ति अभाव भै तालिम आयोजना गरिएकोमा अबका दिनमा केही हद सम्म पुरा हुने विश्वास व्यक्त गर्नु भयो । कुनै पनि तालिमको लागु गर्ने अवधि बढिमा ३० दिने हुने हुँदा सबै सहभागी साथीहरुले भोलिबाट नै यसलाई प्रयोगमा ल्याउनु हुन अनुरोध गर्नु भयो । तालिम लिनु र प्रमाण पत्र ग्रहण गर्नु कुनै ठुलो कुरा हैन यसलाई व्यवहारमा उतार्नु महत्वपुर्ण कुरा हो । यस्ता प्रकारका तालिमले गर्दा समग्र सहकारी अभियानको लागि फाइदा पुग्ने भएको हुँदा यो तालिम आयोजना गरेकोमा ऋःऋ कास्की र नेफ्स्कूनलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा सहभागिको तर्फबाट शंकर प्रसाद पौडेल र विद्याता श्रेष्ठले यस्ता खालका कार्यक्रमले व्यवस्थापकहरुलाई थप उर्जा प्रदान गरेको र आगामी दिनमा त्यसलाई व्यवहारमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । तालिम कार्यक्रममा नेफस्कूनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, प्राचार्य सञ्जय राज तिमिल्सेना, वरिष्ठ तालिम अधिकृत द्धय वल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेले प्रशिक्षण दिनु भएको थियो । तालिमको ७ दिन पुरा समय रहनु भएका प्रमुख प्रशिक्षक वल्लभ तिमिल्सिनाले सहभागीहरुले राम्रो संग शिक्षा लिन सक्नु भएको विश्वास गर्दै नेफस्कूनले आगामी दिनमा आयोजना गर्ने तालिममा यही जनशक्तिलाई नै सहभागि गराउदै लगिने जानकारी दिनु भयो ।

उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएका क्लबका अध्यक्ष अपिल कोईरालाले क्लबको परिकल्पना अनुसार आफु निर्वाचित हुने वेलामा गरेको प्रतिवद्धता आज पुरा भएको र यसलाई पुरा गर्नको लागि सहभागिता जनाउनु हुने व्यवस्थापक साथीहरु र प्राविधिक सहयोग गर्नु हुने नेफस्कुन परिवार प्रति आभार व्यक्त गर्नु भयो । हामीले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाएर लग्ने छौ र नेफस्कून संगको सहकार्यलाई निरन्तरता दिने कुरा समेत व्यक्त गर्नु भयो । सिएमसि कास्की एउटा क्वालिटी सर्कलको रुपमा रहेको र यसले सहकारीमा कार्यरत कर्मचारीहरुलाई दक्ष बनाई गुणस्तरिय संस्था निर्माण गर्ने अभियानमा रहेको जानकारी समेत अध्यक्ष कोइरालाले व्यक्त गर्नु भयो । तालिम शुरु हुँदा १८ जना सहभागि रहेको प्राविधिक समस्याले गर्दा विचमा २ जना साथीहरुले तालिम छोडनु परेको हुँदा १६ जना व्यवस्थापक साथीहरु आज बाट प्रशिक्षकको रुपमा तयारी हुनु भएको कुरा समेत व्यक्त गर्नु भयो । उक्त समापन कार्यक्रमको सञ्चालन सचिव मोहन प्रसाद अधिकारीले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप