चन्द्रागिरि साकोसको ‘भर्चुअल टुर’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको ‘भर्चुअल टुर’ सम्पन्न

काठमाडौं । एसियाली ऋण महासंघ (अकू) एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज काठमाडौंको थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को अभौतिक भ्रमण (भर्चुअल टुर) सम्पन्न भएको छ । जुममार्फत आज बिहान आयोजित उक्त कार्यक्रममा एसिया भरका १ सय बढी क्रेडिट युनियनकर्मीहरुका साथै थाइल्याण्डस्थित क्रेडिट युनियन नियामक निकायहरु Cooperative Promotion Department and Cooperative Auditing Department को समेत उपस्थिति थियो ।

कार्यक्रममा अकूकातर्फबाट संस्थापक अध्यक्ष एन्ड्रिय सो, प्रमुख कार्यकारी अधिकृत एलेनिता भि स्यान रुके (लेनी), चीफ टेक्निकल अफिसर रञ्जित हिताराची, नेफ्स्कूनका तर्फबाट अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल तथा चन्द्रागिरी साकोसका तर्फबाट अध्यक्ष योगेन्द्र कुँवर र प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठको सहभागिता थियो । कार्यक्रममा चन्द्रागिरि साकोसको सञ्चालक तथा लेखासमितिका पदाधिकारीहरुको समेत भर्चुअल सहभागिता थियो ।

कार्यक्रममा अकूका संस्थापक अध्यक्ष सोले अकूले आयोजना गरेको भर्चुअल टुरबाट एसिया प्रशान्त क्षेत्रीय साकोसहरुलाई सिक्ने अवसर मिलेको भन्दै नेपालको चन्द्रागिरि साकोसले पाएको सफलताको प्रशंसा गर्नुभयो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले अन्तर्राष्ट्रिय प्लेटफर्ममा चन्द्रागिरी साकोसको सफलता प्रस्तुत गर्ने अवसर साकोसको कडा परिश्रम र मिहेनतको बलमा प्राप्त भएको बताउनुभयो । उहाँले यो अवसर सम्पूर्ण नेपाली साकोस अभियानको लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो । अध्यक्ष पौड्यालले समुदायमा आधारित चन्द्रागिरी साकोस नेफ्स्कूनको विगत लामो समयदेखिको सदस्य भएको र संघका मार्गनिर्देशनहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरेको उल्लेख गर्नुभयो । उहाँले चन्द्रागिरिको सफलता एसिया प्रशान्त क्षेत्रका अन्य साकोसहरुका लागि पनि प्रेरणा हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा, अकूकी प्रमुख कार्यकारी अधिकृत लेनीले दक्षिण एसियाली सुन्दर मुलक नेपालका बारेमा १० रोचक जानकारीहरु प्रस्तुत गर्दै नेपाल भ्रमण गर्नुपर्ने १५ वटा गन्तव्य बारे समेत रोचक प्रस्तुति गर्नुभएको थियो । यसैगरी, उहाँले अकूको ‘सपोर्ट मेम्बर’ चन्द्रागिरी साकोसले काठमाडौं शहरमा रहेर सहकारीको असल अनि अनुकरणीय अभ्यास गरेको धारणा राख्नुभयो । कोभिडका बाबजूद समुदायमा गरेको सेवा प्रवाहसँगै संस्थाको वित्तीय अवस्थामा पुगेको असरलाई जस्ताको तस्तै प्रस्तुत गर्न सक्ने साकोसको सीईओको गुणको पनि उच्च प्रशंसा गर्नुभएको थियो ।

चन्द्रागिरी साकोसका अध्यक्ष योगेन्द्र कुँवरले सहभागीहरुलाई स्वागत गर्दै संस्थाको इतिहास, वस्तुस्थितिसँगै आजको कार्यक्रममा संस्थाका तर्फबाट गरिने प्रस्तुतिहरुका बारे सबैलाई अवगत गराउनुभएको थियो । उक्त भर्चुअल टुरमा चन्द्रागिरी साकोसको सेवाका सम्बन्धमा सदस्यहरुको पृष्ठपोषण, संस्थाको गतिविधि समेटिएको वृत्तचित्रसँगै पावर पोइन्ट प्रस्तुतिकरणको तयारी रहेको अध्यक्ष कुँवरले जानकारी गराउनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप