महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । चितवन जिल्ला बचत संघले रजत महोत्सवको अवसर पारेर ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता” भन्ने राष्ट्रिय नारा सहितको व्यानरमा “स्तन र पाठेघरको क्यांसर सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम” फागुन १२ गते सम्पन्न गरेको छ । 

जिल्ला बचत संघ महिला सशक्तिकरण उप–समितिको संयोजनमा संघमा आवद्ध सदस्य साकोसका महिला सहकारीकर्मीहरू लक्षित सो कार्यक्रम बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा भएको थियो । 

कार्यक्रम चितवन जिल्ला बचत संघकी सह–सचिव एवं महिला सशक्तिकरण उप–समितिकी संयोजक इश्वरी शर्मा ढ़कालको अध्यक्षता र नेफÞस्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विशेष अतिथि जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी, संघकी उपाध्यक्ष एवम् नेफ्स्कूनकी सञ्चाालन विद्या कोइराला, सचिव रामराज पौडेल, सञ्चालक रितु गिरी, किशोर गुरुङ, रुकु अधिकारी, व्यवस्थापक अनिता न्यौपाने लगायत स्थानीय सहकारीकर्मी र सदस्यहरुको उपस्थिति थियो ।  

क्यान्सर रोग नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी प्रशिक्षण कार्यक्रममा बीपी कोईराला क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम एवं नियन्त्रण विभाग प्रमुख डा. कृष्ण प्रसाद सुबेदी, प्रशिक्षक मञ्जु शर्मा र तारा दवाड़ीले पुरुष र महिलामा हुने क्यान्सर र क्यान्सर रोगका कारणहरु, महिलाको स्तन र पाठेघरमा हुने क्यान्सर रोगका कारण, लक्षण, रोकथाम र उपचारका बारेमा विभिन्न श्रव्य दृश्य सामाग्रीहरु मार्फत प्रशिक्षण गराउनु भएको थियो । प्रशिक्षण पश्चात ओपिडि ब्लकमा गरिएको क्यान्सर रोग परीक्षणमा बिभिन्न सहकारी संस्थाहरुबाट आउनुभएका ६५ जना महिलाहरुको स्तन र पाठेघरको क्यान्सर परीक्षण गरिएको थियो ।

बचत संघले यस बर्षलाई रजतमहोत्सव बर्षको रुपमा मनाउने घोषणा गरेसँगै फागुन ६ गतेदेखि विविध सामाजिक क्रियाकलापहरु आयोजना गरिरहेको छ । जसअन्तर्गत संघको आयोजनामा विभिन्न ठाउँमा खुल्ला रक्तदान कार्यक्रम, भलिवल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी प्रशिक्षण तथा परीक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गरेको छ । संघको रजत महोत्सव कार्यक्रम सम्बन्धी विशेष समारोह यहि फागुन २९ गते हुँदैछ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप