ब्रान्डिङ कार्यक्रमले क्रेडिट युनियन ‘कल्चर’ विकास गरेको छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्रान्डिङ कार्यक्रमले क्रेडिट युनियन ‘कल्चर’ विकास गरेको छ

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले संघले सञ्चालन गरेका ब्रान्डिङ कार्यक्रमले क्रेडिट युनियन ‘कल्चर’ विकास गरेको दाबी गर्नुभएको छ । स्तरीकरण कार्यक्रम संस्थागत विकास र सुशासनका लागि भएको बताउदै दुबै आयाममार्फत बैशिष्ट्य क्रेडिट युनियन कल्चर विकास हुने उहाँले बताउनुभयो । फागुन २० गते प्रोवेसन बागमती क्लष्टर दोस्रोको १७ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशालामा बोल्दै प्रमुख अतिथि पौड्यालले अहिलेको युग प्रविधिको भएकोले नेफ्स्कूनले साकोसहरुलाई प्रविधियुक्त बनाउन योजनाबद्ध प्रविधि विकासमा लागिरहेको र साकोसहरुले छिट्टै नतिजा पाउने खुलासा गर्नुभयो । उहाँले साकोसहरुले वित्तीय अवसर र पहुँच सिर्जनालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । ज्ञानज्योति महिला उत्थान साकोस, शंखमुल काठमाण्डौंको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोग रहेको कार्यशालाको अध्यक्षता आयोजक साकोसकी अध्यक्ष बिना बुधाचार्यले गर्नुभएको थियो ।

कार्यशालाका अतिथि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेलले अब साकोसहरुले प्रविधिमा जानुपर्ने र त्यसका लागि नेफ्स्कूनले प्लेटफर्म बनाउने कार्य गरिरहेको बताउनुभयो । उहाँले व्यवस्थापन र संचालक समितिको आ–आफ्नै भूमिका र जिम्मेवारी रहेको हुँदा सोही बमोजिम कार्य गर्नुपर्ने बताउनुभयो । संस्थाहरुले योजनाबद्ध तरिकाले आफ्नो कार्यहरु गर्नुपर्ने भन्दै उहाँले अप्रत्यासित बाधहरुमा पनि सेवा निरन्तरताको लागि सेवा निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । प्रमुख कार्यकारी अधिकृत पोख्रेलले संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा आउँदै गर्दा ‘फिट एण्ड प्रपर टेष्ट’ गर्ने व्यवस्था गरेर जानुपर्नेमा जोड दिनुभयो ।

काभ्रे, काठमाण्डौं, भक्तपुर र ललितपुरका १० ओटा साकोसका ४० जना सहभागी कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना र सहजकर्ता कार्यक्रम अधिकृत कोमल राज अधिकारीको पनि उपस्थिति थियो ।  कार्यशालामा १० ओटा साकोसहरुले गरिरहेको अभ्यासहरु आदन प्रदान गर्नुका साथै संस्थागत विकास, गुणस्तरीय सेवा, सुशासन र सदस्यमैत्री सेवा संचालनका विषयमा विविध निर्णयहरु गर्दै आगामी १८ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला ०७९ वैशाख २३ गते ठेचो महिला जागरण साकोस ललितपुरको आयोजना र नेफ्स्कूनको प्राविधि सहयोगमा गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप