नेफ्स्कूनको आयोजनामा कैलालीमा 'वस्तु तथा सेवा निर्माण तालिम'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा कैलालीमा 'वस्तु तथा सेवा निर्माण तालिम'

कैलाली । नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयको आयोजनामा वस्तु तथा सेवा निमार्ण तालिम फागुन २० गतेबाट कैलालीमा सुरु भएको छ । कर्णाली चिसापानीमा आयोजित उक्त तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि महासचिव अधिकारीले नेफ्स्कूनका सेवा व्यवसायको चर्चा गर्दै संघमा आबद्ध भई यसका सेवा व्यवसायमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । उहाँले नेफ्स्कूनले सदस्य संस्थाहरुलाई सदैब केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमहरु तय गर्ने र आवश्यक मुद्दाहरुमा सघन बहसपैरवी गर्ने भन्दै सञ्जाल सहकार्यलाई सबै साकोसहरुले प्राथमिकतामा राख्नुपर्नेमा बिशेष जोड दिनुभयो ।

तालिममा सुर्खेत, बाँके कैलाली र कन्चनपुरका बचत तथा ऋण सहकारीका २५ जनाको सहभागिता छ ।  नेफ्स्कूनले  साकोसका व्यवसायलाई लक्षित गरी व्यवस्थापक र शाखा प्रमुखहरुको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो । तालिम सहजकर्ता नेफ्स्कूनका प्राचार्य सन्जयराज तिमिल्सिना रहनुभएको छ ।  उहाँले तालिमको उद्देश्य र यसबाट प्राप्त हुने लाभका बारेमा उद्घाटन कार्यक्रममा जानकारी गराउनुभएको थियो । तालिम व्यवस्थापन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय इन्चार्ज मदन कुमार चन्दले गर्नुभएको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप