‘ज्येष्ठ सदस्यहरुको आशिर्वादले सुयोग्य साकोसलाई थप सफलता दिलाउँछ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ज्येष्ठ सदस्यहरुको आशिर्वादले सुयोग्य साकोसलाई थप सफलता दिलाउँछ’ 

सन्दर्भः सुयोग्य साकोसको १५ औं स्थापना दिवस

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १५ औं स्थापना दिवस ज्येष्ठ सदस्यहरुलाई सम्मान गरी मनाएको छ । कोटेश्वरमा आयोजित एक कार्यक्रममा प्रमुख आकर्षण सुयोग्य साकोसकी निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार चित्रा कुमारी थाम्सुहाङ तथा अध्यक्ष पम्फा न्यौपानेले संयुक्त रुपमा उमेर र अनुभवले ज्येष्ठ सदस्यहरुलाई नगद, थर्मस, दोसल्ला र प्रमाण पत्रसहित सम्मानित गर्नुभएको हो । पुरुष सदस्यहरु मध्ये उमेरले ज्येष्ठ ८७ वर्षीय कमल बहादुर पौडेल र महिलाहरुमध्ये ८१ वर्षीया वृद्ध कुमारी सापकोटासहित ७५ वर्षभन्दा माथिका र ज्येष्ठ बचत खाता खोल्ने सदस्यहरु गरी २१ जनालाई सुयोग्या साकोसले आज सम्मानित गरेको हो । स्वास्थ्य समस्या तथा राजधानी बाहिर भई कार्यक्रममा अनुपस्थित ज्येष्ठ सदस्यकातर्फबाट उहाँहरुका प्रतिनिधिहरुले सम्मान ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण संस्थाकी निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक थाम्सुहाङले सुयोग्य साकोसको आजको कार्यक्रमले प्रदान गरेको व्यक्तिगत खुसीको प्रसङ्ग कोट्याउनुभयो । ‘आज दुई वटा खुसी एक साथ उपलब्ध भएको छ, उहाँले भन्नभुयो, ‘१५ औं स्थापना दिवस मनाउनु एउटा खुसी हो भने ज्येष्ठ सदस्यहरुको मुहारमा छचल्एिको प्रसन्नता र सन्तुष्टिको भाव अर्को खुसी हो ।’ यी जोडी खुसी संस्थाको अमुल्य निधि भएको सुयोग्य साकोसकी प्रमुख सल्लाहकार थाम्सुहाङले बताउनुभयो ।

स्थापना दिवस यस्तो अवसर हो जसले हिजोको स्थापनाकालको सकस, असहजता र अवरोधहरु आजको पिढीलाई जानकारी गराउँदै सहकारिता, सहभागिता र समन्वयको एकताबद्ध आधारशिलामा भोलिको सफलताको मार्ग प्रशस्त गर्दछ । सुयोग्य साकोसको २०७८ फागुन २१ को १५ औं स्थापना दिवस समारोहमा पनि त्यो माहाले बन्यो । संस्थाकी संस्थापक अध्यक्ष समेत रहनुभएकी थाम्सुहाङले त्यही सहकारितालाई थप प्रबल बनाउन विनम्र अनुरोध गर्दै भन्नुभयो, ‘सुयोग्यलाई सबल, अब्बल र नमूनायोग्य बनाउन ज्येष्ठ सदस्यहरुको आर्शिवाद चाहिएको छ जसले संस्थाको उद्देश्य, ध्येय र परिकल्पनाहरुलाई साकार बनाउनेछ ।’

अग्रजहरुलाई सम्मान गर्ने असल पूर्वीय संस्कारको चर्चा गर्दै उहाँले पश्चिमाहरुको सिको गर्दै सम्मानको संस्कृति ओझेलमा परेको वर्तमान परिप्रेक्ष्यमा सुयोग्यले अनुभवी मस्तिष्कहरुलाई सम्झने काम गरेकोमा प्रसन्न्ता व्यक्त गर्नुभयो । ‘सहकारीले खाली अर्थको कुरा मात्र गर्दैन,’ प्रमुख सल्लाहकार थाम्सुहाङले भन्नुभयो, ‘सामाजिक, धार्मिक, सांस्कृतिक कुरा ग्रहण गर्न सिकाउँछ । आज सुयोग्यले त्यही काम गरेको छ ।’ अघिल्लो र भावी पुस्तालाई जोड्ने माध्यम सहकारी बन्नुपर्छ भन्दै उहाँले ज्येष्ठ सदस्यहरुको सम्मानको संस्कृतिलाई भुल्न दिनु नुहनेमा जोड दिनुभयो ।

अग्रजहरुको आशिर्वादले थप सफलता मिल्ने भन्दै संस्थापक अध्यक्ष थाम्सुहाङले सदस्यहरुको विश्वासलाई संस्थाको सबैभन्दा ठूलो पुँजी भएको बताउनुभयो । सुयोग्यले जे काम गर्छ उत्कृष्ट गर्छ भन्ने मान्यता र विश्वास स्थापित गर्न कारोबारको आकार भन्दा त्यसले पार्ने दीर्घकालिन प्रभावलाई ध्यानमा राखेर काम गर्दै आएको जानकारी उहाँले गराउनुभयो । सोही कारण हाल विभिन्न सहकारीहरुमा तरलता संकट हुँदा पनि सुयोग्यमा बचत वृद्धि भएको उहाँको दाबी थियो । प्रमुख सल्लाहकार थाम्सुहाङले सुयोग्यका संस्थापकहरुको स्मरण गर्दै दिगो सहकारीको आधार सहकार्य, सद्भाव र विश्वास भएको धारणा राख्नुभयो ।

संस्थाकी अध्यक्ष पम्फा न्यौपानेले हिजोको संघर्षहरुको चर्चा गर्दै सञ्चालक समिति र व्यवस्थापनको इमान्दारी र मिहेनतले सुयोग्य आज ‘सबैको सुयोग्य साकोस’ बनेको बताउनुभयो । ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्दै उहाँले ठूलो भन्दा गुणस्तरीय संस्था बनाउनेतर्फ सबैको जोड रहेको बताउनुभयो । रणनीतिक योजनामार्फत संस्थालाई थप सशक्त अनि विधि र प्रविधियुक्त बनाउन सबै लागेको भन्दै अध्यक्ष न्यौपानेले आगामी दिनमा पनि सबै सदस्यहरुको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

आज सम्मानित ज्येष्ठ सदस्यहरुमध्येबाट डम्बर बहादुर तुम्बाहाम्फेले संस्थाको सफलतामा सञ्चालक समिति र व्यवस्थापनको उचित तालमेल, इमान्दारी, सुशासनको हात रहेको अनुभव सुनाउँदै आज सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

अतिथि एवम् सदस्यहरुलाई प्रमुख कार्यकारी अधिकृत खड्ग प्रसाद सुब्बाले स्वागत गर्दै सहकारीमार्फत समुदायको उत्थानका लागि केही गर्नुपर्छ भन्ने संस्थाकी प्रमुख सल्लाहकार थामसुहाङको अवधारणालाई मुर्त रुप दिन सुयोग्य साकोस स्थापना भएको इतिहास स्मरण गर्नुभयो । उहाँले सदस्यको नासो अर्थात् बचत संरक्षण गर्न कुनै कसर बाँकी नराखिने भन्दै स्थापनाकालमा संकलित रकम राख्न बैंक जाँदाको घटना सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘सदस्यको सम्पत्ति सुयोग्यले रत्तिभर लापरवाही गरेको छैन, बरु सुरक्षित लगानी गरी उचित प्रतिफल प्रदान गरेका छौं, आवश्यक सदस्यहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराएका छौं ।’ प्रमुख कार्यकारी अधिकृत सुब्बाले ज्येष्ठ सदस्यहरुप्रति सम्मानको संस्कार विकास गर्न कार्यक्रम आयोजना गरिएको प्रष्ट पार्नुभयो । 

संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाकी प्रमुख सल्लाहकार र अध्यक्षले संयुक्त रुपमा केक समेत काट्नुभएको थियो । कार्यक्रम सञ्चालन साकोसका नायव प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले गर्नुभएको थियो ।

सुयोग्य साकोसको वर्तमान अवस्था

२०६४ साल फागुन २१ गते २७ जना सेयर सदस्यहरुबाट प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले कुल २ लाख ७० हजार पुँजी जोहो गरी स्थापना भएको साकोसमा हाल झण्डै १४ सय सदस्यलाई ९ कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् । २७ करोड रुपैयाँ कुल सम्पत्ति रहेको साकोसको २० करोड ऋण लगानी गरेको छ भने साढे २ करोड सेयर पुँजी छ । सुयोग्य साकोसले २०७५ सालदेखि आफ्नै भवनबाट सेवा दिदैं आएको छ । संस्थासँग हाल १२ प्रकारका बचत तथा ९ प्रकारका ऋण सेवाहरु उपलब्ध छन् । २०७८ असोज २१ गते सम्पन्न साकोसको १४ औं वार्षिक साधारण सभाबाट पम्फा न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । साकोसले हाल ४ वर्षे रणनीतिक योजनामार्फत सेवा प्रवाहलाई व्यावसायिक, सदस्य मैत्री र नवीनतम स्वरुप प्रदान गर्दै आएको छ । सुयोग्यको अबको योजना भनेको सदस्यता वृद्धि, कार्यक्षेत्र विस्तार र प्रविधिकरण रहेको प्रमुख कार्यकारी अधिकृत सुब्बा र नायब प्रमुख कार्यकारी अधिकृत कार्कीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१ दिन अगाडि

Notice
Notice

१२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप