सिटौलाको सिकाइयोग्य सीप 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिटौलाको सिकाइयोग्य सीप 

मोरङ उर्लाबारी ४ की ५० बर्षीय निर्मला सिटौलाको १७ बर्षको उमेरमा विवाह भयो । मकवानपुरको हेटौडामा जन्मिएर प्राथमिक विद्यालयसम्म पुगेकी सिटौलाको जीवन विवाहसँगै दुःखको दुष्चक्रमा रुमलियो । मोरङ उर्लाबारीका अमृत बहादुर जीवनसाथी त बने तर जीवनभरका साथी बन्न सकेनन् । छोरी जन्मिइन् । श्रीमान सँग मन विचार मिलेन । इज्जतको डरले घर छोडेर हिड्न पनि सकिनन्, घरबाट भने सँधै शंका र हिंसा भोग्नुपर्यो । पैसाको अभाव, दुई चार सयको लागि पनि श्रीमानसँग हात थाप्नुपर्ने बाध्यता उहाँ माथी पर्यो । त्यसलाई चिरेर अगाडि बढ्ने अठोटका साथ सिटौलाले सुरु गरेको झोल साबुन बनाउने उद्योग र कृषि कार्यले जीवनको मोड बदलिदियो । 

सहकारी साइनो

२०६३ सालमा निर्मला सिटौला नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्य बन्नुभयो । नियमित मासिक बचत गर्ने र सहकारीका हरेक कार्यक्रमहरुमा सहभागी हुने सिटौला सहकारीकर्म प्रति निकै क्रियाशिल सदस्यको रुपमा रहनुभयो । उहाँ २०६५ सालबाट २ कार्यकाल सम्म सञ्चालक समिति सदस्य समेत रहनुभयो । 

जीवनको जस्तोसुकै संकटपूर्ण घडीमा पनि हरेष नखाइ अगाडि बढ्ने सिटौलाका लागि नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता कार्कीसँगको भेट ढुंङ्गा खोज्दा देउता मिलेजस्तै भयो । अध्यक्ष सीता दिदीले हरेष खानुहुन्न, सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भनि दिएको हौसला र सहकारीबाट प्राप्त सीपले मेरो जीवनमा परिवर्तन ल्याइदियो, उहाँले सुनाउनुभयो । 

उद्योगको शुरुवात

नारी संकल्प साकोसबाट महिलाहरुका लागि लघु उद्यम तालिम आयोजना गरेको अवसरमा उहाँले पनि झोल साबुन, हरपिक, फिनेल बनाउने सीप प्राप्त गर्नुभयो । उहाँले तयार गरेका घरायसी सरसफाईमा प्रयोग हुने सामग्रीहरु स्थानीय स्तरमै विक्रि भए । त्यसले उद्यमी सिटौलालाई अझै अगाडि बढ्ने उर्जा प्राप्त भयो ।  केही समयपछि, उहाँले काठमाडौं गई झोल सावुन, फिनेल गरी विभिन्न ५ आइटमका लागि विशेष तालिम लिनुभयो । ५० हजार खर्चेर लिनुभएको तालिमबाट आज उहाँले सफल उद्यमीको मार्ग तयार पार्नुभएको छ ।

तालिमका लागि राम्रै लगानी खर्चेकी सिटौलालाई प्राप्त सीपले अगाडि बढ्न थप उर्जा प्राप्त भयो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा महिलाहरुका लागि तालिम सञ्चालन हुँदा आफ्नो उपस्थितिलाई सकारात्मक उर्जाका साथ सीप हस्तान्तरणमा अगाडि बढेकी छु ।” आमाभन्दा बढी माया ममता र दुःखमा साथ दिने अध्यक्ष सीता दिदी र नारी संकल्प बचत तथा ऋण सहकारी संस्था नै मेरो जीवनको सफलताका सहयात्री हुन् । 

झोल सावुन तथा सरसफाई सामाग्री उद्योग सानो लगानीमा गर्न सकिने उद्योग भित्र पर्दछ ।  ३० देखि ६० हजार मूल्यसम्म मेनुअल लिक्विड फिलिङ मेसिन नेपाली बजारमा पाईन्छ भने आवश्यक कच्चा पदार्थ आफूले उत्पादन गर्ने मात्राको आधारमा सलर मूल्यमै खरिद गर्न सकिन्छ । म्यानुअल मेसिनको लागि विजुलीको आवश्यकता समेत पर्दैन । अलि ठूलो स्केलमा गर्न चाहनेहरुका लागि पनि रु. १ लाख ५० हजारसम्ममा अटोमेटिक लिक्विड फिलिङ मेसिन पाइन्छ । झोल साबुनका लागि केही फर्मूला महत्वपूर्ण हुन्छ, त्यसका लागि केही दिनको तालिम आवश्यक पर्छ । उद्यमी सिटौलाले पनि ५० हजार मूल्यको मेनुअल लिक्विड फिलिङ मेसिन काठमाडौंबाट मगाउने तयारी गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “झोल साबुनको मार्केटिङ पनि गर्दैछु र माग बमोजिमको सामान समयमै पुर्याउन मेसिन खरिद को प्रक्रियामा पनि लागेकी छु ।”

दुःखका क्षण

भाइ बहिनी स्याहार गर्नुपर्ने, पढ्ने अवसर पाइएन । सानै उमेरमा विवाह भयो । घरको दुःख र श्रीमानसँगको विचारमा विमेल भएसँगै घर समस्या बन्न थाल्यो । घरमा बस्न कहिल्यै मन रमाएन । तर छोडेर जान पनि सकिएन । श्रीमान पनि वेरोजगार, आर्थिक अभाव बढ्दै गयो । छोरी जन्मिइन, खर्च बढ्यो, छोरी पढाउनुपर्ने जिम्मेवारी थपियो । उहाँ भन्नुहुन्छ, “श्रीमानसँग अलग बसेर दुःख जिलो गर्दै अगाडि बढें । २०६४/०६५ तिर विरामी परेँ । ढाडको नसा च्यापिएर लामो समय दुःख पाएँ । विभिन्न ठाउँमा देखाउँदा थुप्रै पैसा खर्च भयोे रोग निको भएन । ढाडको अपरेसन गरेँ, लामो समय घाउले दुःख दियो पछि निको भयो । अहिले त आफ्नो दुःख गर्न सक्ने भएकी छु ।”  छोरीहरु पढाउँदा विरामी पर्दा कहिले कता श्रीमानबाट स सानो आर्थिक सहयोग त भयो तर त्यसमा निरन्तरता रहेन । विदेशमा गएका थिए, तर ४/५ बर्ष भयो सम्पर्कमै छैनन् । 

दुःख पछिका सुख

जीवन रहे दुःख सुख दुवै भोग्न पाईन्छ । उद्यमी सिटौलाले दुः ख होइन अब सुखका दिनहरु पनि चाखिसक्नुभएको छ । सीप सिकेर आफ्नै लघु उद्यम गरी आत्मनिर्भर बन्नुभएकी सिटौलाले व्यावसायिक कृषिमा पनि हात हाल्नुभएको छ । मोरङ उर्लाबारीमा दश कट्ठा जमिन भाडामा लिएर गत बर्षदेखि खरबुजा खेती सुरु गर्नुभएको छ । एक सिजन खरबुजा र अर्को सिजन फुलखेती गरी बर्षमै दुई उत्पादन विक्रि गर्न सफल हुनुभएको छ ।  

व्यावसायिक उद्यममा उहाँले आफ्नै भाई बुहारीको पनि साथ लिनुभएको छ । बुहारीकै नामबाट उद्योग दर्ता गरी झोल साबुन बनाउने तालिम दिइसक्नुभएको छ । ‘देविका सिटौला सरसफाई सामाग्री उद्योग’ मा अहिले बुहारी देविका हरपल खटिरहनुहुन्छ ।

उद्यमी सिटौलाले ‘सूर्यचन्द्र कृषि समूह’ दर्तागरी खरबुजा र फूलखेती पनि सुरु गर्नुभएको छ । खरबुजा खेतीका लागि नगरपालिका बाट मल बिउ बिजन र अन्य सहयोग पाइरहनुभएको छ । १० कट्ठामा खरबुजाको विरुवा रोप्दा करिब ७० हजार ज्याला मात्रै लाग्छ । एक लटबाट करिब २ लाख आम्दानी हुन्छ । माघको अन्तिम साता रोपेको खरबुजा चैत्रमा विक्रिका लागि तयार हुन्छ । छोटो अवधिमा राम्रो व्यावसायिक खेतिको रुपमा चिनिने खरबुजाको व्यापार पछिल्लो समयमै निकै फस्टाउँदो व्यापारको रुपमा चिनिन्छ । 

उहाँका दुइ छोरीमध्ये ठूली छोरी विवाह भएर विदेशमा छिन्, नाति नातिना पनि छन् । सानी छोरी पनि स्टाफ नर्सको अध्ययन पुरा गरी रोजगारीका लागि तयार छिन् । अब उद्यमी सिटौलाको जीवन दुःखीबाट सुखी र खुसीमा रमाएको छ । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप