उद्यमी एवं जेष्ठ सदस्य सम्मान सहित टुगा आस्था विकासको महिला भेला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमी एवं जेष्ठ सदस्य सम्मान सहित टुगा आस्था विकासको महिला भेला सम्पन्न

रुपन्देही । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतियाको आयोजना र महिला उपसमितिको संयोजनमा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सदस्य भेला तिलोत्तमा–१५ कोटिहवास्थित मगर भवनमा मंगलबार सम्पन्न भएको छ ।

सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ मार्च ८ का दिन मनाइएको ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित महिला भेला महिला उपसमिति संयोजक तथा सञ्चालक लक्ष्मी देवी के.सी.को अध्यक्षता, लुम्बिनी प्रदेश बचत संघकी सञ्चालक तथा महिला उद्यमी फुल कुमारी गिरि (सीमा) को प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष डी.बी.थापा एवम् नारी विकास संघ ओमसतियाकी अध्यक्ष शिव कुमारी मल्लको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलामा संस्थाका सफल व्यवसायी महिला सदस्यहरु अनिता शर्मा (शुभओम इम्पोरियम कोटिहवा), मनिता गुरुङ (मनिता ब्युटीपार्लर कोटिहवा), धनमाया ढेंगा (ढेंगा जनरल स्टोर ठुटीपिपल), सरिता छेत्री (समा ब्युटीपार्लर ठुटीपिपल) र धनसरा गुरुङ (न्युस्टार ब्युटी ट्रेनिंग सेन्टर ठुटीपिपल) लाई सम्मान गरिएको थियो ।

३३ जना जेष्ठ नागरिक महिला सदस्यलाई सम्मान पेन्सन सहित मह उपहार वितरण गरिएको उक्त कार्यक्रममा ४० जना उत्कृष्ट नारी बचतकर्ता महिला सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अध्यक्ष थापाले संस्थाको संक्षिप्त परिचय सहित संस्थाले सदस्य लक्षित निरन्तर कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा यो महिला दिवसको अवसरमा महिला सदस्य केन्द्रित विशेष कार्यक्रम आयोजना गरेको बताउदै हामी सबैले सुनेर हेरेर आफ्नो जीवनमा व्यवहारमा ल्याउन सकियो भने नारी दिवसको सार्थकता हुने विचार व्यक्त गर्नुभएको थियो । 

प्रमुख अतिथि गिरिले नेपालमा महिला वर्गको लागि दुइ किसिमको बिधि बिधानले महिलाहरु प्रभावित भएको बताउदै कानूनले थुप्रै अधिकारको ग्यारेन्टी गरेता पनि परम्परागत विधि, संस्कारले महिला सशक्तीकरणमा बाधा पारेको बताउनु भयो । हाम्रो समाजमा बाबुआमाले सानै देखि छोरा र छोरीमा गरिने व्यवहारले नै विभेदकारी मानसिकता बोकाउने संस्कार भएकोले महिला पछाडी पर्ने गर्छन भन्ने विचार राख्दै अब महिलाले आफ्नै घरबाट छोरीलाइ सशक्त बनाउदै लैजानु पर्ने बताउनुभयो । 

महिला वर्ग अब चुलोचौकोमा मात्र सिमित नभई उद्यम गर्ने सोचको विकास गर्न आव्हान गर्नुभयो । कुनै पनि काम सानोठुलो नहुने र आफुले गरेको सानै काम पनि व्यावसायिक सोचका साथ गर्न सके सफल भइने उदाहरण प्रस्तुत गर्दै कुनै पनि उद्यम गर्न अरु वित्तीय संस्थाभन्दा सहकारी उपयुक्त रहेको उल्लेख गर्नुभएको थियो । 

कार्यक्रममा साकोसका प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, सल्लाहकार धनमाया गुरुङ, उपाध्यक्ष परसुराम बाँस्तोला, संचालक शशीकला गुरुङ, रानुका भण्डारी, कमला भण्डारी लगायतले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा महिला उपसमिति सदस्य रेखा खनालले स्वागत मन्तव्य र उपसमिति सदस्य चन्द्रावती रायमाझीको सञ्चालन रहेको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

पाठकबाट थप