उद्यमी एवं जेष्ठ सदस्य सम्मान सहित टुगा आस्था विकासको महिला भेला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमी एवं जेष्ठ सदस्य सम्मान सहित टुगा आस्था विकासको महिला भेला सम्पन्न

रुपन्देही । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतियाको आयोजना र महिला उपसमितिको संयोजनमा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सदस्य भेला तिलोत्तमा–१५ कोटिहवास्थित मगर भवनमा मंगलबार सम्पन्न भएको छ ।

सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ मार्च ८ का दिन मनाइएको ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित महिला भेला महिला उपसमिति संयोजक तथा सञ्चालक लक्ष्मी देवी के.सी.को अध्यक्षता, लुम्बिनी प्रदेश बचत संघकी सञ्चालक तथा महिला उद्यमी फुल कुमारी गिरि (सीमा) को प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष डी.बी.थापा एवम् नारी विकास संघ ओमसतियाकी अध्यक्ष शिव कुमारी मल्लको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलामा संस्थाका सफल व्यवसायी महिला सदस्यहरु अनिता शर्मा (शुभओम इम्पोरियम कोटिहवा), मनिता गुरुङ (मनिता ब्युटीपार्लर कोटिहवा), धनमाया ढेंगा (ढेंगा जनरल स्टोर ठुटीपिपल), सरिता छेत्री (समा ब्युटीपार्लर ठुटीपिपल) र धनसरा गुरुङ (न्युस्टार ब्युटी ट्रेनिंग सेन्टर ठुटीपिपल) लाई सम्मान गरिएको थियो ।

३३ जना जेष्ठ नागरिक महिला सदस्यलाई सम्मान पेन्सन सहित मह उपहार वितरण गरिएको उक्त कार्यक्रममा ४० जना उत्कृष्ट नारी बचतकर्ता महिला सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अध्यक्ष थापाले संस्थाको संक्षिप्त परिचय सहित संस्थाले सदस्य लक्षित निरन्तर कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा यो महिला दिवसको अवसरमा महिला सदस्य केन्द्रित विशेष कार्यक्रम आयोजना गरेको बताउदै हामी सबैले सुनेर हेरेर आफ्नो जीवनमा व्यवहारमा ल्याउन सकियो भने नारी दिवसको सार्थकता हुने विचार व्यक्त गर्नुभएको थियो । 

प्रमुख अतिथि गिरिले नेपालमा महिला वर्गको लागि दुइ किसिमको बिधि बिधानले महिलाहरु प्रभावित भएको बताउदै कानूनले थुप्रै अधिकारको ग्यारेन्टी गरेता पनि परम्परागत विधि, संस्कारले महिला सशक्तीकरणमा बाधा पारेको बताउनु भयो । हाम्रो समाजमा बाबुआमाले सानै देखि छोरा र छोरीमा गरिने व्यवहारले नै विभेदकारी मानसिकता बोकाउने संस्कार भएकोले महिला पछाडी पर्ने गर्छन भन्ने विचार राख्दै अब महिलाले आफ्नै घरबाट छोरीलाइ सशक्त बनाउदै लैजानु पर्ने बताउनुभयो । 

महिला वर्ग अब चुलोचौकोमा मात्र सिमित नभई उद्यम गर्ने सोचको विकास गर्न आव्हान गर्नुभयो । कुनै पनि काम सानोठुलो नहुने र आफुले गरेको सानै काम पनि व्यावसायिक सोचका साथ गर्न सके सफल भइने उदाहरण प्रस्तुत गर्दै कुनै पनि उद्यम गर्न अरु वित्तीय संस्थाभन्दा सहकारी उपयुक्त रहेको उल्लेख गर्नुभएको थियो । 

कार्यक्रममा साकोसका प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, सल्लाहकार धनमाया गुरुङ, उपाध्यक्ष परसुराम बाँस्तोला, संचालक शशीकला गुरुङ, रानुका भण्डारी, कमला भण्डारी लगायतले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा महिला उपसमिति सदस्य रेखा खनालले स्वागत मन्तव्य र उपसमिति सदस्य चन्द्रावती रायमाझीको सञ्चालन रहेको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप