श्री मनकामना साकोसको संस्थागत विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री मनकामना साकोसको संस्थागत विकास तालिम सम्पन्न

सौराहा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ५ को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा फागुन २१ गते देखि २३ गते सम्म सञ्चालन भएको संस्थागत विकास तालिम चितवनको सौराहामा सम्पन्न भएको छ । 

संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न तालिम समारोहमा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना, तालिम अधिकृत सुमनराज घिमिरे, चितवन फिल्ड इन्चार्ज रिशभराज रेग्मी, मनकामना साकोसका लेखा समिति संयोजक मोट प्रसाद सापकोटा, संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल सहभागी हुनुहुन्थ्यो । 

समापन कार्यक्रममा संस्थागत विकास तालिमको तीन दिने बसाईको समिक्षा संस्थाका कोषाध्यक्ष विदुर प्रसाद घिमिरे तथा लेखा संयोजक मोट प्रसाद सापकोटाले गर्नुभएको थियो भने समापन कार्यक्रम संस्थाका सचिव होमनाथ ढुंगेलले सञ्चालन गर्नुभएको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले तालिममा सिकेका विषयवस्तुहरु साकोसमा लागु गरी सुशासित र सबल संस्था निर्माणमा लाग्न शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले साकोसको संस्थागत विकासका क्रममा परेका अप्ठ्यारा समाधान गर्न नेफ्स्कूनको साथ सहयोग रहने बचनबद्धता सहित सो का लागि आवश्यक समन्वय गर्न आव्हान गर्नुभएको थियो ।  
समापन समारोहका विशेष अतिथि गणेश प्रसाद तिमल्सिनाले तालिमबाट प्राप्त ज्ञान सीप साकोस व्यवहारमा लागु गर्न र व्यावसायिक कार्ययोजना सहित कार्यान्वयनमा लाग्न सहभागी प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको थियो ।

तालिममा सहभागी सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, व्यवस्थापन तथा उपसमिति गरी २० जना सहभागिहरुलाई प्रमुख अतिथिले प्रमाण पत्र प्रदान गर्नुभएको थियो भने संस्थाको तर्फवाट प्रमुख अतिथि विशेष अतिथि तथा अतिथि महानुभावहरुलाई मायाको चिनो वितरण गरी कार्यक्रमका सभापति गोपाल प्रसाद घिमिरेले धन्यवाद सहित कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप