बनेपामा एघार साकोसहरुबीच असल सिकाई आदानप्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बनेपामा एघार साकोसहरुबीच असल सिकाई आदानप्रदान 

काठमाडौं । नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–४, काभ्रेको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत १२औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

साकोसकी अध्यक्ष देवकी दाहालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

प्रमुख अतिथि पौड्यालले संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमबारे जानकारी गराउँदै संस्थागत विकास र सुशासनमा स्तरीकरण कार्यक्रमको उपादेयतामाथि चर्चा गर्नुभयो । उहाँले साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम गरिरहेको बताउनुभयो । साकोसहरुले संस्थागत क्षमता विकास, मानव संशाधन विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा पिपुल्स साकोस, यस साकोस, हिमकाली समाजसेवा साकोस, उग्रतिर्थ साकोस, जनमैत्री साकोस, दुमो साकोस, नागरिक विकास साकोस, एकिकृत साकोस, उद्यम विकास साकोस, जागृत कुसादेवी साकोस, हाम्रो साहारा साकोसका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा सहभागी प्रतिनिधिहरुबाट संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप