ब्राण्डिङ कार्यक्रमबारे सञ्चालक तथा कर्मचारीहरूलाई अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्राण्डिङ कार्यक्रमबारे सञ्चालक तथा कर्मचारीहरूलाई अभिमुखीकरण

काठमाडौं । काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा एक्सेस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

साकोसको २१ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समीति ,लेखा सुपरीवेक्षण समिति र तत्पश्चात नियुक्त उपसमिति सहित नयाँ कर्मचारीहरुलाई एक्सेस कार्यक्रमबारे जानकारी गराउने उद्देश्यसहित अभिमुखीकरण आयोजना गरिएको साकोसले जनाएको छ ।  एक्सेस कार्यक्रमका सम्बन्धमा ज्ञान तथा धारणा विकास गर्ने र पुराना समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुलाई समेत पूर्नताजगी प्रदान गरी साकोसको गुणस्तर अभिवृद्धिमा थप उर्जा थपिने विश्वास लिइएको साकोसका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलले जानकारी गराउनुभयो । 

११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रम शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक भुर्तेलको सभापतित्व र साकोसका अध्यक्ष कैलाश के.सी.को प्रमुख आतिथ्यतामा भएको थियो । अभिमुखीकरण सहजकर्ता नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल हुनुहुन्थ्यो ।

कार्यक्रममा सहजकर्ता दुर्गाप्रसाद ढकालले एक्सेसका ८६ वटै सूचकहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै सहकारी संस्था सञ्चालनमा सुरक्षित र गुणस्तरीय सेवा प्रवाहको संस्कार मार्फत सदस्यहरुको सन्तुष्टीलाई प्राथमिकतामा राखी बचत तथा ऋण सहकारी अभियानको गुणस्तरी छवि सुनिश्चित गराउने कार्यक्रमको सोच रहेको जानकारी गराउनुभएको थियो ।

एसियाली ऋण महासंघ (अकु) को प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले २०६३ देखि एक्सेस कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । एक्सेस कार्यक्रम बचत तथा ऋण सहकारीहरुमा स्वः नियमनमार्फत गुणस्तर कायम गर्न अकुद्वारा विकास गरिएको गुणस्तर सुनिश्चितता एवं अन्तर्राष्ट्रिय प्रतिकीकरण ( एक्सेस ब्राण्डिङ) कार्यक्रम हो । निरन्तर ब्राण्डिङ कार्यक्रममा आबद्ध बुडोल सामुदायिक एक्सेस ब्राण्ड प्राप्त गर्न समेत सफल साकोस हो । 

कार्यक्रम सञ्चालन साकोसका प्रमुख कार्यकारी अधिकृत रामृष्ण रायक्षेत्रीले गर्नुभएको थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप