प्रदेश सहकारी ऐन संशोधनका लागि वागमती प्रदेशमा निवेदन दर्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश सहकारी ऐन संशोधनका लागि वागमती प्रदेशमा निवेदन दर्ता

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड भक्तपुरले प्रदेश सहकारी ऐन संशोधनको माग सहित बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष निवेदन पेश गरेको छ । फागुन २२ गते आइतबार बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको नेतृत्वमा गएको टोलीले प्रदेश सहकारी ऐन २०७६ मा रहेको एक व्यक्ति एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने व्यवस्था संशोधनका लागि सभामुख समक्ष निवेदन बुझाएको हो । 

प्रदेश सभा नियमावलीमा भएको व्यवस्था अनुरुप सहकारीका सचेत नागरिक तथा सहकारीकर्मीहरुले सहकारी ऐन संशोधनको विषमा उठाएका सवालहरुलाई नियमावलीमा उल्लेखित विधि तथा प्रक्रिया अनुरुप अगाडि बढाइने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बनाएका सबै ऐन कानुनहरु जनताको अनुकुलमा हुदैंनन्, जनतालाई प्रतिकुल भएका विषयहरु सडकमा आन्दोलन गरी, सभा समारोहमा बोलेर संशोधन हुने पनि होइन । त्यसका लागि प्रक्रियागत ढंगबाट ती विषयहरु सरकारमा उठाउन तीन जना प्रतिनिधि सभाका सदस्यको दस्तखत र सय जना नेपाली नागरिकको दस्तखत सहीतको निवेदन माफर्त प्राइभेट विलको रुपमा प्रदेश सभामा छलफलको विषय बन्ने प्रावधान छ ।”

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कानुनमा व्यवस्था भए अनुसार प्रदेश सभा सदस्य माननीय शंशी जंग थापा, माननीय प्रतिमा श्रेष्ठ र माननीय सृजना सैंजु सहित एक सय जना नेपाली नागरिकको दस्तखतमा सहकारी ऐन संशोधनका लागि निवेदनको दर्ता गरिएको बताउनुभयो । 

नेपालको संविधानमा उल्लेखित मौलिक हक र अन्र्तराष्ट्रिय सहकारी सिद्धान्तको पहिलो सिद्धान्त स्वेच्छिक तथा खुल्ला सिद्धान्त विपरित एक व्यक्ति एक सहकारीको व्यवस्था रहेको बताउदैं तत्काल संशोधन गरी सहकारी व्यवसाय संचालनमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

संघका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिका सदस्यहरु र कर्मचारीहरु गरी २४ जनाको टोली उक्त निवेदन दर्ताका क्रममा प्रदेश सभा सचिवालय पुगेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप