साकोस व्यवस्थापकहरुको सम्मेलन–२०७८, चितवन सम्पन्न, १५ बुँदे सामुहिक प्रतिबद्धता जारी  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस व्यवस्थापकहरुको सम्मेलन–२०७८, चितवन सम्पन्न, १५ बुँदे सामुहिक प्रतिबद्धता जारी  

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना तथा चितवन जिल्ला बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (चिस्कून) को संयोजनमा आयोजित साकोस व्यवस्थापकहरुको सम्मेलन–२०७८, चितवन १५ बुँदे सामुहिक प्रतिबद्धतासहित भरतपुरमा समापन भएको छ ।

नेफ्स्कून अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित सम्मेलनको उद्घाटन बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले गर्नुभयो । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (चिस्कून) को रजत महोत्सवको अवसर पारेर नेफ्स्कूनको आयोजना तथा चिस्कूनको समन्वयमा साकोसका व्यवस्थापकहरुको एक दिवसीय भव्य सम्मेलन आयोजना गरिएको हो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, बागमती प्रदेश भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली बिशिष्ट अतिथि रहनुभएको सम्मेलनमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेफ्स्कून उपाध्यक्ष, शान्ती अधिकारी, नेफ्स्कून महासचिव, दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समित संयोजक, नवराज सापकोटा, सञ्चालक सदस्य, बिद्या कोइराला, जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिशचन्द्र सुवेदी, प्रदेश बचत संघका सञ्चालकहरु, जिल्ला बचत संघका पदाधिकारीहरु तथा सञ्चालकहरु, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, साकोस म्यानेजर्स क्लव चितवनका पदाधिकारीहरु, नियोसिस प्रालिका प्रमूख कार्यकारी अधिकृत डा भोजराज घिमिरे नेफ्स्कून तथा जिल्ला बचत संघका व्यवस्थापनका टिम आदिको सहभागिता थियो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पौडेलले नेफ्स्कूनले जिल्ला बचत संघ चितवनको समन्वयमा आयोजना गरेको कार्यक्रममा ऐक्यबद्धता जारी गर्न आफु उपस्थित भएको बताउनुभयो । नेफ्स्कूनले जिल्ला बचत संघ चितवनको रजत महोत्सवको अवसरमा व्यवस्थापकहरुको सम्मेलन गरी क्षमता अभिवृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । सहकारीले उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने बताउँदै मन्त्री पौडेलले सहकारी क्षेत्रलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेपनि स्रोत साधनको अल्पतारहेको बताउनुभयो । मन्त्री पौडेलेले सरकार र सहकारी अभियान मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले सहकारीका माध्यमबाट जिवनस्तर परिवर्तन गर्न सकिने बताउँदै समुदायमा आधारित सहकारीको खाँचो रहेको बताउनुभयो । उहाँले सहकारीको मुल्य मान्यता र सिद्धान्तका आधारमा रही सञ्चालन हुनुपर्ने भन्दै सुशासनको विषयलाई महत्वका साथ उठाउनुभयो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले प्रविधिकरणको महत्वमा बिशेष चर्चा गर्नुभयो । अबको युग प्रविधिकरणको भएको बताउँदै उहाँले सर्भिस विद् सफ्टवेयरको लागि नेफ्स्कूनले काम गरिरहेको चर्चा गर्नुभयो । अध्यक्ष पौड्यालले नेफ्स्कूनले सहकारीमा दक्ष मानव जनशक्ति विकासका लागि पोखरा विश्व विद्यालयसँग सम्झौता भएको र त्यसले स्नातक तथा स्नातकोत्तर तहमा सहकारी विषयको पाठ्यक्रम तयारी हुने जानकारी गराउनुभयो । व्यवस्थापकहरु स्मार्ट हुनुपर्नेमा जोड दिदै उहाँले स्मार्ट ब्यवस्थापकले मात्र स्मार्ट साकोस बनाउन सक्ने उहाँले बताउनुभयो । अध्यक्ष पौड्यालले साकोस अभियानका दुई महत्वपूर्ण स्तम्भहरु स्तरीकरण र स्थिरीकरण कोषका सम्बन्धमा पछिल्लो समयमा भएका उपलब्धिहरु चर्चा गराउँदै चैत मसान्तसम्म कोष पूर्ण सञ्चालनमा ल्याउने गरी तयारी गरिएको उल्लेख गर्नुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले चितवन जिल्ला बचत संघको रजत महोत्सवको अवसरमा हार्दिक बधाई दिदैं संघको थप उन्नयनको कामना गर्नुभयो । उहाँले जिल्ला संघहरुलाई नेफ्स्कूनले आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै सहकार्य र समन्वयका आधारमा साकोस अभियानको दिशाबोध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारीको इतिहासमा चितवन जिल्लाको बिशिष्ट पहिचान रहेको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कून र जिल्ला संघको सम्बन्ध आजको सम्मेलन जस्ता कार्यक्रमले थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले व्यवस्थापकहरु बलियो हुँदा संस्था बलियो हुने भन्दै नेफ्स्कूनले आयोजना गरेको कार्यक्रमले ब्यबस्थापकहरु बीच सिकाइ आदानप्रदान हुने मौका मिल्ने र सिकाई महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ब्यवस्थापकहरुले क्षमता अभिवृद्धि भएमा नियामक निकायहरु संस्था अनुगमनमा जानुपर्ने वातावरण नआउने उल्लेख गर्नुभयो ।

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले व्यवस्थापकहरु सहकारी संस्थाको मियो भएको बताउँदै व्यवस्थापकहरु क्षमतावान हुँदा संस्था क्षमतावान हुने धारणा राख्नुभयो । चितवन जिल्ला सहकारीको जननी भएको बताउँदै उहाँले आजको सम्मेलन आयोजनाबाट जिल्लाका साकोस व्यबस्थापकहरुले धेरै भन्दा धेरै लाभ लिनुपर्नेमा बिशेष जोड दिनुभयो । सम्मेलनको पूर्ण सफलताको कामना नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजकले गर्नुभयो ।

सम्मेलनमा चिस्कूनका अध्यक्ष हरिशचन्द्र सुवेदीले स्वागत मन्तव्य राख्दै नेफ्स्कूनले जिल्ला संघको रजत महोत्सवको अवसर पारेर भव्य सम्मेलन आयोजना गरेको भन्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले चितवन जिल्लाको सहकारी अभियानलाई समृद्ध बनाउन नेफ्स्कूनले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै साझेदारीमा भैरहेका कार्यक्रमबारे पनि सम्मेलनमा जानकारी गराउनुभयो ।

नेफ्स्कून चितवन फिल्ड व्यवस्थापन उपसमिति सदस्य तथा बागमी प्रदेश बचत संघका सञ्चालक सदस्य तेजेन्द्र बहादुर खड्काले सहकारी पहिचान बनाएको जिल्ला चितवनमा व्यवस्थापक सम्मेलन आयोजना गएिको भन्दै यसले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी ऐन र नियमावली कार्यान्वयनमा चुनौतीहरुको रहेको उहाँले बताउनुभयो ।

साकोस म्यानेजर्स क्लब चितवनका अध्यक्ष मघेनाथ लामिछानेले नेपालको साकोस अभियान चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै नेफ्स्कूनले आयोजना गरेको व्यवस्थापकहरुको क्षमता अभिवृद्धिको कार्यक्रमले यस्ता चुनौतीहरुको सामना गर्ने सामथ्र्य विकास गर्न सक्ने उल्लेख गर्नुभयो । उहाँले सम्मेलनमा स्वागत सँगै अभियानले खेल्नुपर्ने भूमिकाका बारे चितवनका व्यवस्थापकहरुको तर्फबाट सुझाव पनि प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनको दोस्रो सत्रमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले सहकारी कानूनहरुको सन्दर्भ विषयमा, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले साकोस व्यवस्थापनका समसामयिक व्यवस्थापनका पक्षहरु विषयमा, नियोसिस प्रा. लिका प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले नेफ्स्कूनले विकास गर्न लागेको इआरपीमा आधारित रही बचत तथा ऋण सहकारीहरुमा प्रबिधि व्यवस्थापन विषयमा र जनकल्याण साकोस धादिङका प्रमुख कार्यकारी अधिकृत डा.कृष्णकान्त मिश्रले बचत तथा ऋण सहकारीहरुमा मानव संशाधन व्यवस्थापन विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा चितवन जिल्लाका १ सय बढी साकोस व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१५ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप