एन एफ आर एस तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एन एफ आर एस तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा नेपाल वित्तीय प्रतिवेदन मान–एनएफआरएस (Nepal Financial Reporting Standard) तालिम भक्तपुरको नगरकोटमा आज सम्पन्न भएको छ ।

तालिमको सहजीकरण सि.ए. प्रबिन बरालले गर्नुभएको थियो । सहजकर्ता बरालले संस्थाहरुले दीर्घकालमा भुक्तानी गर्नुपर्ने विभिन्न दायित्वहरु जस्तै उपदान, सञ्चित बिदाको लेखांकन गर्दा Acturial Science को माध्यमबाट विश्लेषण गर्नुपर्ने, हाल अभ्यासमा रहेको लेखामान बाट एनएफआरएस  मा जानुपर्ने वैज्ञानिक कारणहरु, ऋणमा ब्याज आम्दानी एवं सेवा शुल्कमा Effective  Interest Rate मा गणना गर्नुपर्ने,  स्थगन कर लेखांकन हुने आधारहरु, सम्पत्ति एवं ह्रासकट्टिका आधारहरु, कर लेखांकन र एनएफआरएस बमोजिमको प्रतिवेदनमा फरक पर्ने क्षेत्रहरु लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 

वैशाख १९ देखि २१ गतेसम्म सञ्चालित उक्त तालिमको सञ्चालन सहजीकरण नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो । तालिममा विभिन्न जिल्लाबाट  एनएफआरएस लागु गर्ने मापदण्ड अनुरुप ठूला, मझौला तथा साना बचत तथा ऋण सहकारी संस्थाका गरी ३१ जना व्यवस्थापकहरुको सहभागिता रहेको थियो । तालिममा एनएफआरएस कार्यान्वयनमा लैजाने सन्दर्भमा हाल प्रचलनमा रहेको सहकारी लेखामान र एनएफआरएस मा देखिएका फरकहरुको बारेमा सिकाई एवं अभ्यासकार्य समेत भएको थियो । 

तालिम पश्चात सहभागीको तर्फबाट मुकुन्दहरि ज्ञवाली र यमुना फुँयालले तालिम अत्यन्त राम्रो भएको र अहिलेसम्म लिएका तालिम भन्दा फरक अनुभूति भएको प्रतिक्रिया दिनुभएको थियो । तालिममा सहभागी ज्ञवाली रजिष्ट्रर लेखापरिक्षक समेत हुनुहुन्छ । 

सहकारी ऐन–२०७४ को परिच्छेद १२ मा लेखा र लेखापरीक्षण अन्तर्गत दफा ७४ मा सहकारी संस्थाको कारोबारको लेखा दोहोरो लेखा प्रणालीमा आधारित र कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा देखिने गरी प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिङ स्टयाण्डर्ड) र यस ऐन बमोजिमपालना गर्नु पर्ने अन्य शर्त तथा व्यवस्था बमोजिम राख्नु पर्नेछ भनि उल्लेख गरेको छ ।

लेखामान बोर्डले नेपालको लेखा प्रणाली एनएफआरएस अनुसार राख्नको लागि अवधारणा बिकास गरिसकेको छ भने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लागु गर्न उत्प्रेरित गरेको छ । अब सहकारी संस्थाहरुले आफ्नो कारोबार आकारका आधारमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनिवार्य रुपमा लागु गर्नुपर्ने भएको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप