अग्रभागका कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अग्रभागका कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर । भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सूर्यविनायक रिर्सोट, भक्तपुरमा अग्रभागका कर्मचारीको क्षमता अभिबृद्धि सम्बन्धी एक दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघको मुख्य काम अन्तरलगानी, तालिम शिक्षा र लविङ्ग भएकोले यसलाई जोड दिदैं संघले संदस्य संस्थाका संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि हुने तालिम संचालन गर्दै आएको बताउनुभयो । हालको तरलता अभावमा पनि संघले सदस्यलाई तरलता व्यवस्थापन ऋण प्रदान गरी संस्थाको तरलता व्यवस्थापन कार्यमा टेवा पुर्याएको, एक व्यक्ति एक सहकारीको व्यवस्था अव्यवहारिक रहेकोले सो व्यवस्था संशोधनका लागि बागमती प्रदेश सभा निवेदन दर्ता र मालपोत रोक्का दस्तुर, अग्रिम व्याजकर, कानुनी प्रक्रिया नपुर्याई दर्ता गरेका बहुउद्देश्यीय सहकारी लगाएतका विषयमा भुमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयमा ध्यानआकर्षण गराइएको उहाँले बताउनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले संस्थाका कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिन अनुरोध गर्नुभयो । संघका सञ्चालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका अग्रभागका कर्मचारीहरुको क्षमता अभिवृद्धिबाटै संस्थाको सेवा प्रवाह सहज गुणस्तरीय बन्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको बताउनुभयो । उपसमितिका सदस्य तुल्सी हरि प्रजापतिले स्वागत मन्तव्य राख्दै संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षता अभिबृद्धिले संस्थाको उद्देश्य प्राप्तीमा टेवा पुग्ने वताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत सुमनराज घिमिरेको सहजिकरणमा तालिम सम्पन्न भएको थियो । तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थामा कर्मचारी नियुक्ति गर्दा सहकारीको सैद्धान्तिक पक्ष र काम कर्तव्यको विषयमा अभिमुखिकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

तालिममा सहभागीहरुले कर्मचारीको तह अनुसार छुटा छुट्टै तालिमको आयोजना गरी क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा खुसी व्यक्त गर्दे तालिमबाट सहकारीका सिद्धान्त, सहकारी र बैंक तथा अन्य व्यवसायको फरक, सहायता कक्षका कर्मचारीको काम कर्तव्य र भूमिका, सञ्चार सीप र सदस्य सम्बन्धका विषयहरु सिकेको बताउनुभयो । तालिममा संस्थाका अग्रभागमा कार्यरत ५६ जना कर्मचारीको सहभागिता रहेको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप