सञ्चालक तथा उपसमिति सदस्यका लागि डिजिटल सेवासम्बन्धी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 सञ्चालक तथा उपसमिति सदस्यका लागि डिजिटल सेवासम्बन्धी अभिमुखीकरण 

रुपन्देही । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना, शिक्षा उपसमितिको संयोजनमा डिजिटल सेवा, प्रतिबेदन अध्ययन तथा उपसमिति कार्यविधि अभिमुखीकरण कार्यक्रम भैरहवा स्थित ग्रान्ड किचन सभाहलमा शनिवार सम्पन्न भएको छ ।

शिक्षा उपसमिति संयोजक तथा संचालक गोकुल पोखरेलको अध्यक्षता तथा संस्था अध्यक्ष डी.बी. थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बिशिष्ट आथित्यता वरिष्ठ सल्लाहकार भीम बहादुर पुनको रहेको थियो । सञ्चालक, लेखा र उपसमितिका पदाधिकारी  लक्षित उक्त कार्यक्रममा इन्फो डेभलपर्स प्रा.लि. बुटवल प्रमुख रमेश पाण्डेयबाट डिजिटल सेवा (मोबाइल बैंकिंग) सम्वन्धी, उपसमिति कार्यविधि सम्वन्धी सचिव जित बहादुर रास्कोटी र मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले प्रतिबेदन अध्ययन सम्वन्धी अभिमुखीकरण गराउनु भएको थियो ।

प्रमुख अतिथि थापाले साकोसलाई नीति, विधि र प्रविधिबाट सञ्चालन गरिरहेको सन्दर्भमा थप मद्दत पुर्याउन कार्यक्रम आयोजना गरिएको बताउदै सहभागीलाई संस्थाको भए गरेको क्रियाकलाप बारे संक्षेपमा जानकारी गराउनुभएको थियो । संस्थाले उच्चतम प्रविधिको डिजिटल सेवा सदस्यलाई उपलव्ध गराइरहेको हुँदा सहभागीले सिकेर सदस्यमाझ चेतना फैलाउनु पर्ने बताउनु भयो ।

सचिव रास्कोटीले साकोसले निर्माण गरेको उपसमितिको गठन, सञ्चालन र कार्यबिबरण सम्वन्धी आन्तरिक कार्यविधि सम्वन्धी जानकारी गराउदै स्थाई रुपमा गठन हुने र पटके रुपमा गठन हुने उपसमितिको काम, कर्तव्य र जिम्मेवारी बारे अभिमुखीकरण गराउनु भएको थियो ।

मुख्य प्रवन्धक थापाले पदाधिकारीले प्रतिबेदन पढ्नेमात्र भन्दा पनि बुझ्ने क्षमता राख्नु पर्ने बताउदै त्यस्ता पदाधिकारी संस्थाको गहना हुने विचार राख्दै प्रतिबेदन बुझाइको सीप सम्वन्धी सहजीकरण गर्नु भएको थियो ।

स्वागत मन्तव्य शिक्षा उपसमिति सदस्य प्रकाश कोइरालाको र कार्यक्रम सञ्चालन सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाको रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप